चुनावका जनता : एक संस्मरण र  आगामी निर्वाचन 

                 मेरो लाइब्रेरी टाइममा मोबाइलमा एक मित्र को सानो स्टेटस पढें . धोकेबाज नेता गुरु र नेपाली राजनीति . मेरो अध्ययन को विषय यहि भएकोले यसको पुस्तक मेरो अगाडी खुला थियो . यसै को समाधानमा त यतिका वर्ष बितेका छन् . आज चश्मा लगाएर विदेशी पुस्तकालय र गुरुहरु संग किताब का पाना पल्टाउदै छु .
     शिक्षक लाइ यो कुरा भनें , हाँसो भयो , उनले लेखनुस न त भने . लेखदैछु नि त , भन्दा पुरै आलेख तयार हुन् टाइम लाग्ला , अहिले समय को मांग अनुसार केहि  अंश मात्रै भए पनि त लेखे ठीक होला  भने . मैले सोचन थालें, २०७४ को स्थानीय चुनाव को स्मृति  दिमागमा ताजा हुन् थाल्यो .
        स्थानीय चुनाव को घोषणा भएपछी कतिपय राजनीति शास्त्री र प्राध्यापक साथीहरुले यस्तै एउटा सुझाव दिएकाथिए .  समस्या को जरो पत्ता लगाउन अनुसन्धान त गर्ने पर्दछ, कोइ न कोइ ले त समुद्र मा हाम फाल्ने पर्दछ . प्रत्यक्ष प्रयोग गर्ने यस भन्दा राम्रो अवसर कहाँ पाइन्छ ? राजनीतिशास्त्री   को प्रयोगशाला त पुरा संसार का राजनीतिक परिस्थति र  घटनाहरु नै त हुन् . कोइ एक जना को प्रयोग र अनुभव बाट नै त समाज ले निष्कर्ष पाएको हुन्छ . तर राजनीति, हजारौं लाखौँ मानिसहरुको सोंच, विचार र भावना हरुको आँधी मा हाम फाल्नु र पौडी खेल्नु हो . सुशिक्षित र सुस्थापित व्यक्ति का लागि त यो बहुतै साहस को कदम हो ,.
 म  राजनीतिशास्त्रीको प्राध्यापक, अध्येता र विद्यार्थी हु. ( शायद आजीवन विद्यार्थी रहने छु ) तर मेरो व्यवहारिक राजनीति मा किञ्चित पनि संलग्नता थिएन  , अद्यापि छैन पनि . राजनीति को दुनियामा प्रकाश को एउटा दियो को रूपमा उदित हुन् लागेको मेरो पुस्तकलाई नितान्त प्रायोगिक, आधिकारिक, प्रमाणिक निश्कर्शहरु प्राप्त हुने दुर्लभ अवसर उपस्थित थियो . मैले गुलरिया नगरपालिकाको मेयर को प्रत्याशी हुने मन बनाएँ . र कुरा बुझन गाउँ घर मा हिडें . मैले साथि, सहयोगी र बुद्धिजीवीहरु को राय मागें , गुलरिया ले सब भन्दा योग्य उम्मेदवार पाउने भयो भन्दै धेरै ले खुशियाली जनाए, र फोहरी राजनीतिका खेलाडी हरु देखि आजिज सामान्य जनता ले निकै हौसला दिए. राम्रो अनुभवी र मलाइ एकदम माया गर्ने मद्ध्ये का  कोइ कोइ ले राजनीति मा पस्दै नपस्नुस पनि भने, कोइ कोइ ले कथम कदाचित जीत नभएपनि सम्मानजनक हार हुन्छ भने मात्र तयारि गर्ने भने . १४४ गाउँ मध्ध्ये केहीमा घुमें . प्रत्येक गाउँ मा राम्रै चिनजान र आफ़न्तेपन तथा शिक्षक विद्यार्थी सबैले उत्साहित गराए . कोइ कोइ ले पार्टी समात्ने भने . कुनै कुनै पार्टी ले विचार गर्ने, कसैले त हाम्रो पार्टी को टिकट मा लड़नुस भनेर  उल्टै अफर पनि गरे  तर मेरो लक्ष्यमा सहयोगी प्राज्ञहरुले अनुसन्धान नै प्रमुख उद्देश्य बनाउने र स्वतन्त्र नै लड्ने भने पछि पार्टी समाउने कुरा हरायो . मलाइ दबाव दी रहेका दुइटा राजनीतिक पकड भएका पार्टीहरु निराश भएर आफ्नो बाटो लागे . मैले जीत मा प्रशन्नता र हार मा दुख नमानेर निरपेक्ष लडने भएँ , बिल्कुलै गीता को अर्जुन सरह . यो कुरा निकै राम्रो मानियो . मैले अन्य पार्टी बाट लड्ने मेरा आफ़न्तेहरुलाई कुरा स्पष्ट पार्न लाई एक ठाउँ मा बस्न पटक पटक आग्रह गरे .  तर गीता को निष्काम कर्मयोग महान हस्ती ले बुझन त गाह्रो हुन्छ भने मैले बोलाएका हरुलाई हृदयंगम गराउने कसले ?. कोइ कोइ त आए तर आफनो बिग्रन लागे पछि सुधार को लागि म बसी दिनु पर्ने भनेर आए .
     जनताको, माझमा जान मलाइ कसैको सोर्स र् परिचय गराउने को खाँचो थिएन , आफ्नो चरित्र र गुण को बखान गर्नलाई भाट हरु चाहियेथियेनन .पत्रकार जगत ले निकटता देखायो .  मेरो कुरा राखन लाइ भरपूर समय दिए . मेरो लागि त्यहि सहयोग नै  ठूलो बन्यो . मेरो प्रचार प्रसार शुरु भयो, सामाजिक संजाल को भरपूर उपयोगले धेरै सहयोग गर्यो . १२ वार्ड को नगरपालिका मा १४४ गाउँ  टोल मा प्रतेक घरमा  एउटा पम्पलेट पुर्याउने हिसाब ले पम्पलेट छपाइयो  .आफ्नो कार र एक मोटरसाइकलबाट पम्पलेट सहित घर दैलो सम्पर्क गर्न लागें, मेरो चुनाव प्रचारमा घर कै छोरा भाइ भतीज र तीन जना मित्र हरु थिए. सहानुभूति का स्वर निकाली दिने हरू बेला बखतमा साथ्मा आए, तर भाडा का मानिस मैले राखिन . निरपेक्ष लडाई  त्यस्तो गर्नु पर्ने ,जीवन मरण को प्रश्न थिएन .
         बहुदलीय संसदीय व्यवस्था भएका  सभ्य देशहरुमा स्थापित भएको नीति रीति अनुसार स्थानीय चुनाव पार्टीगत आधार मा लड़िदैन . कदाचित पार्टीले उम्मेदवार उठाए पनि पार्टी पर्दा पछाडी रहन्छ  . यदि कुनै देश मा निर्वाचन मा पार्टीको संलग्नता देखिन्छ भने पनि चुनाव चिन्ह पार्टी को हुँदैन . उम्मेदवार सबै जना स्वतन्त्र जस्तै हुन्छन र उम्मेद्वारी दर्ता भै सके पछी स्वतन्त्र र दलगत सबै उम्मेदवारले एकै दिन एकै साथ् स्वतन्त्र निर्वाचन चिन्ह पाउन्छन  र प्रचार प्रसार गर्छन . तर हामि कहाँ निर्वाचन आयोग ले सिद्धान्त र प्रचलन विपरीत काम गर्यो . संबिधान को स्वतन्त्रता शव्द को मान राख्न  को लागि स्वतन्त्र उम्मेदवारीमा रोक त लगाएन तर राजनीतिक दल हरुलाई उनीहरु ले प्रयोग गर्दै आएको र जनता को मन मस्तिष्क मा छापी रहेको निर्वाचन चिन्ह नै प्रयोग गर्न दिने भन्यो . उनीहरु पार्टी को झण्डा,  पार्टीको चिन्ह , संगीत ,बाजा गाजा का साथ् मानिस को हुल लिएर महिनौं पहिले देखि गाउँ मा पसे भने स्वतन्त्र उम्मेदवार को बिना चुनाव चिन्ह, खालि हात, दुइ चार जना साथि र अधिकांश अनपढ र राजनीति को ग्यान नभएको जनता मा पम्पलेट  र घोषणा पत्र   वितरण गर्दै बिना तडक भडक खालि भेटघाटले चुनावी माहौल कसरि बन्न सक्दथ्यो ?
     मैले  सबै उम्मेदवारलाई समानता को आधारमा  एक खेलमा सम्मिलित हुने खेलाडी एक साथ् मैदान मा उत्रिनु पर्ने र सबै खेलाडी लाइ खेल को  नियम समान लागु हुनु पर्ने र सबै जना ले य़ेऊटई नियम को पालन गर्नु पर्ने, कोइ ले फुटबल  कोइ ले बालिबाल कोइ ले क्रिकेट र कोइ ले कपर्दी खेल को नियम मान्ने अधिकार न पाउने भन्ने समानता को नियम पालन हुनु पर्ने भन्ने आधार मा सर्वोच्चा अदालत मा रिट गर्न पठाएको त वकिल साथीहरुले बाबुराम भट्टराइ हरु  जस्ता को   रिट  त अदालत ले आदेश नगरेर सिरानी  मुनि राखी छोडेको छ भने तपाइँ को रिट को के होला ? भने . मैले पत्रकार सम्मेलन, रेडियो एफ एम र पत्रिका हरुमा निर्वाचन आयोग को अनियमितता बारे कुरा राखें. प्रजातान्त्रिक र न्यायिक सिद्धान्त को कुरा गरें तर ”नक्कारखाने मे तूती कि आवाज ” बाहेक के हुन् सक्थ्यो ?
       आषाढ १४ गते मतदान तोकिएको  २ गते  उम्मेदवारी दर्ता भयो र स्वतन्त्र उम्मेदवार लाइ ६ गते मात्र चुनाव चिन्ह दियो . ११ गते को मध्ये रात पछी प्रचार प्रसार बन्द हुने भएकोले  छापाखाना को लाइन मा पालो कुरेर सौभाग्यवश २४ घण्टा मा प्रचार सामग्री छपाउन सक्नेले  ८ गते देखि ११ गते सम्म ४ दिन मात्र  प्रचार को समय पायो .  त्यति धेरै १४४  गाउँ टोल र मतदाता लाई  विशाल र भूल भुलैया  बुद्धि को मतपत्र मा  चुनाव चिन्ह देखाउन  कुरा बुझाउन र प्रचार सामग्री टास्न  कुनै हालत मा सम्भव हुन् सक्दैन . स्वतन्त्र  उम्मेदवार लाइ  निर्वाचन आयोग ले प्रतिष्पर्धी नै मानेन .समानता  सिद्धान्त  को धज्जी  उड़ायो . जनता मा स्वतन्त्रले कुरा राख्ने समय दिइयेना , उसको समझमा राजनीतिक दल बाहेक व्यक्ति संग स्वतन्त्रता हुदैन . जनता लाइ पनि त स्वतन्त्र मानिएन . राजनीतिक दल कै उम्मेदवार लाइ मत  दिन बाध्य गराइयो . राजनीतिक दल हरुले कक्षा ३/४ मा पढ्ने विद्यार्ही समेत लाइ स्कूल को ड्रेस मा ट्राक्टर र त्रोली मा हालेर जुलूस को अंग बनाए . रक्सि मासु भोज भतेर टिशर्ट  र पैसा का गिफ्ट चले . मतदाता लाइ खसी भेडा को मासु खुवाएर तिनलाई नै खसी भेडा बनाए . खरीद बिक्री मा परे . मतदाता र जाली फटाहाहरुले पैसा कमाउने वातावरण पाए . मैले पटक पटक ठूलो मानवीय सहयोग गरेका कतिपय व्यक्तिले र य़ेऊटा पार्टी को एक जना नितान्त सक्रिय व्यक्ति ले धेरै मत दिलाई दिन्छु भनेर खुल्ला पैसा मागे . चुनाव पछी हामि लाइ कोले वास्ता गर्ला र भने . मैले किन पैसा दिन्थे र ? अरुहरुले पैसा बाडेका खबर आइ रह्यो . सुन्ने बाहेक उपाय के नै थियो ?  अचानक मेरा  सहयोगी  बन्न आएकाहरु ले अचानक साथ् छाडे अन्तै देखा परे . मेरा निकटतम साथि अन्य ठुला  पद का स्वतन्त्र उम्मेदवार हरु अरु पार्टी ले किन्यो, कोइ लाइ लोभ लालच मा पारेर उम्मेद्वारी फिर्ता को कुरा भयो  भने कोहीलाई साना तिना पद मा प्रतिष्ठा दिने भन्यो , र कोइ कोइ लाइ त थाहै न दी आफ्नो   पार्टी को वार्ड सदस्य पद मा उम्मेदवार बनाइ दिए . होर्डिंग बोर्ड लगाए पछी आफ्नो फोटो देखे  पछि बल्ल थाह पाए . जुन सुकै पार्टी बाट जो जिते जितोस तर स्वतन्त्र न आओस भनेर  सबैले मलाइ नै प्रतिष्पर्धी ठानेका थिए .  चौतर्फा म माथि नै प्रहार भयो . पत्रकारहरु द्वारा आयोजित कार्यक्रम हरुमा म जहां हुन्थें, ठुला बडा पार्टी का कतिपय  उम्मेदवार ले मुख नै देखायेंनन . 
     मतदाता को कुरा गर्ने हो भने त्यही चार दिन को अवधिमा साम, दान, दण्ड  र भेद सबै नीति को प्रयोग भयो , मथुराह्रिद्वार र खैरापुर साइड का कैयो मतदाता ले मनाइ फोन गरे, गाउमा बोलाय, हाम्रो गाइ, भैसी र बाख्रा भारतीय जंगल मा जान न पाउने र हाम्रो घास दौरा नै बन्द हुने भयो, कि त भारतीय वनपाले लाइ गाउँ मा ल्याएर वचनवद्धता गराउनुस नभए हामीले  तपाइँ लाइ  मत कसरी दिन सक्छौं  भने ? थुप्रै गाउँ हरुबाट यस्तो कुरा आयो, कुरा सुन्न लाइ मेरो दौडादौड भयो . मैले विदेशी वनपाले ले घास दौरा र चरण गर्न दिन्छु भन्न किन आउला र ? भनें . मतदाता चुप लागे . तिनको लोभ, चलाकी या त्रास जे थियो , मैले मेटाउन सक्ने अवस्था थिएन .
    एउटा  (राम्रै  ?)पार्टी को प्रमुख कार्यकर्ता ले मेरो पार्टी बाट टिकेट लिएर लड़नुस  भन्दै आएका थिए . मेरो जीत हार भन्दा पनि आगामी संसदीय र प्रादेशिक चुनाव मा तिनको उम्मेद्व्वारी हुदा  तिनी मेरो सहयोग पाउने आशा मा रहेको भन्ने मेरो बुझाइ थियो . तर म स्वतन्त्र लड्ने भएपछि तिनल देशी समुदाय बाट यस्तै सामाजिक पकड भएको मानिस खोज्दै जाँदा एक जना सीधा साधा नवयुवक लाइ  मेयर को टिकेट दिएर उठाएका  थिए  . यस उम्मेदवारको यद्दपी  जित्ने त कुनै सम्भावना न भए पनि जातीय आधार मा एक मानसिकता मा खस्ने  मत ले पूर्ण रुप मा मेरै क्षति  हुने स्पष्ट थियो . यस्तै कुरा हरु त मेरा विश्लेषण को  अंग हुन् भन्न विचार ले रमाइलो नै माने .
निम्न वर्गीय मधेशी दलितहरुमा मेरो पहिले देखि को सहयोग  र प्रभाव लाइ हेरेर एउटा पार्टीले दलित हरु मध्यका र यहाँ सम्म कि मेरा गाउले नाता का नितान्त आफंतेहरुलाई स साना पद हरु मा उठाई दिए . अरु पार्टी ले पनि यस्तै गरे .  मतपत्र को ढांचा अनुसार मतदान मा तिनलाई मोहरा बनाएर तेर्सो लाइन मा सबै लाइ मत हाल्दा मलाइ पर्न जाने क्षति को ति बिचरा साधारण ग्रामीण ले कसरि अनुमान गर्न सक्थे ?
सब भन्दा अशोभनीय र र मतदाता को स्वतन्त्रता को हनन गरियो मतपत्र को बनावट बाट . पंचायती चुनाव मा प्रधान उप प्रधान  र वार्ड अध्यक्ष तथा ६ वटा वर्गीय संगठन को समेत चुनाव हुदा र २०४६ पछि का चुनावमा समेत विभिन्न पद को  छुट्टा  छुट्टै मतपत्र थियो , जसमा मतदाता लाइ मतदान गर्न सरल थियो . तर यो चुनाव मा पार्टीगत आधारमा  मतपत्र मा मेयर/ उपमेयर, अध्यक्ष देखि सबै सदस्य  लाइ एकै लाइन मा एक साथ् राखिएकोले मतदाताले आफ्नो मन पर्ने उम्मेदवार लाइ छान्न कठिन हुने गराइयो भने मतदाताले आफुले मन पर्ने कुनै एक सदस्यलाइ पनि मत दिन चाह्यो भने उसले त्यो पार्टी लाइन को मेयर सम्म  सातै जना लाइ  छाप लागाई दिन सजिलो मान्ने गराइयो . यो धूर्तता ले गर्दा  राम्रो व्यक्ति को छनौट भन्दा पार्टी लाइ छान्नु पर्ने विवशता पैदा गरियो . बिचरा मत दाता, सार्वभौम जनता ? त्यति विशाल मतपत्र लिएर उभिएको मतदाता ले आफ्नो बुद्धि को प्रयोग ले असल उम्मेदवार छानी छानी मत हाल्दा मतपत्र बदर हुन् सक्ने डर ले गर्दा एउटा मा छाप लगाए पछि पुरै लाइन मा छाप लगाउनु मतदाता को नीयति मा आयो . यी सबै कारण ले गर्दा मैले प्रेस बाट उठाएको प्रचार सामग्री मतदाता मा वितरण गरि रह आवश्यक ठानिन, सब घरमा थन्क्याए जो आज  पनि छदैछ . मैले व्यवहारिक राजनीति बुझी सकेका थिएँ, पाउन खोजेको राजनीतिक कुरा पाई सकेको थिएँ . अब मतदान को नाटक र  कसैको जीत हार को मतगंती हेर्न मात्र बाँकी थियो .
         यो हार को फायदा के ? भन्ने प्रश्न उठाउनेहरु पनि होलान, तर यो ” बे वक्त को शहनाई ” होइन . यस अनुभव ले निम्न तथ्य  देखा पर्दछ . 
     (क) तत्कालीन परिणाम :-
                 (१)  सबै उम्मेद्वारहरु मद्ध्ये सर्वाधिक शैक्षिक योग्यता , कानून र विकाश प्रशासन को सर्वाधिक व्यवहारिक ग्यान, भएको व्यक्ति लाइ जनता ले मन न पराएको हो  ?
                 (२)  यदि स्वतन्त्र उम्मेदवार लाइ जनता ले मन परौदैन भने उचस्तरीय राम्रो शिक्षा दीक्षा कर्मठ, योग्य, उत्साही र लगनशील युवक  र पार्टीको शक्ति भएको ये माओवादीको  र संघीय समाजवादी   को
                       उम्मेदवार पनि थिए .
                 (३)  एमाले बाट  व्यवहारिक राजनीति को अनुभवी  पनि थिए .
                 (४)  रा. प्रा . पा.बाट  आर्थिक सम्पन्नता र उच्च पारिवारिक अवस्था का शालीन व्यक्ति थिए .
                                तसर्थ
                 ( 1)  नेपालि जनता लाइ शैक्षिक योग्यता , प्रशासकीय कार्य क्षमता, विकास, पार्टीको शक्ति, उम्मेदवार को शालीनता,शिष्टता, पदीय अनुभव, पार्टीमा उच्च हैसियत र
                        राजनीतिक अनुभव, जस्ता कुनै  कुरा नचाहिने  रहेछ  .
                  (2)  आकाशे कुरा सुन्न जनता बढी मन पराउछ .
                  (3)  जनता लाइ लोभ लालचा का कुरा गरेर, भय देखाएर ( विगत मा माओवादी ले यसै बाट सफलता पाएको थियो ) स्वार्थ सिद्ध गर्न सकिन्छ .
                  (4)  कुनै पार्टी या उम्मेदवार को  नीति अथवा घोषणा पत्र  संग जनता को खासै मतलब हुदैन . बढी भन्दा बढी गफ हाक्न सक्नु पर्दछ .
                  (5)  पुलिश प्रशासन लाइ जनता लाइ सुनाएर , अघि पछी  बेसरी गालि गर्न सक्नु पर्दछ. र पुलिश को साथ संगत र साठ गाठ जरूरी हुन्छ . सीमा नजीक का ले
                         भारतीय पुलिश प्रशासन  संग पनि नजीक भै  रहनु पर्दछ .
                  (6)  ग्रामीण, गरीब, अशिक्षित,र साधारण जनता को भावना को दोहन  – लोभ लालच र भय बाट गर्न सजिलो छ .
                  (7)  बर्दिया मा पहाडी समुदाय को बस्ति बाहेक अन्य ग्रामीण इलाकामा जनता को भावना को भित्रि तह सम्म कांग्रेसी अगुवाहरुको पहुँच  छ .
                  (8)  जनता लाइ  लगातार चुनावी जुलूस, आकर्षक र चटके नारा ,बाजा गाजा, हो हल्ला र पर्चा  पोस्टर को अधिकता बाट प्रभावित गर्न सजिलो छ .
                  (9)  उम्मेदवार र मतदाता को एक समान जातियता, भाषा र संसक्र्तिले मतदाता लाइ आकर्षित गर्दछ .
       (ख)  समग्र  दलीय  व्यवहार र परिणाम :-
                          राजनीतिक दलहरुले :-
                  (१)  सामान्यतया  बढी  मतदाताको जातिको उम्मेद्वार लाइ  टिकट दिने गर्दछन .
                  (२)  उच्छ्रिङ्खल, बदनाम, सनकी, दलाल र अपराधीले पनि पार्टी को निकटता, संरक्षण र चुनावी टिकेट लिन सफल हुने गरेका उदाहरण पाइन्छन .
                  (३)  विकास को काम गर्न सकने भन्दा पार्टी र कार्यकर्तालाई पालन सक्ने ले प्राय:  टिकट पाउने गरेको देखिन्छ .
                  (४)  निर्वाचन मा धनबल, जनबल, प्रशासन को बल, भय त्रास लोभ सबै अस्त्र को प्रयोग हुन्छ . जनता को स्वतन्त्रता समानता र विधि को शासन को द्र्गति छ .
                  (५)  देशमा लोकतन्त्र को नाम लिएर कांग्रेस, एमाले र माओबादि को पारस्परिक शहमतीमा देश को शक्ति, सत्ता , र  सम्पत्ति को भाग बण्डाले  बैधता पाएको छ . प्रजातान्त्रिक निरङ्कुश शासन व्यवस्था छ . लोकतन्त्रात्मक शक्ति, इकाई र संरक्षक  सत्ता                          माथि त्रिदलीय पकड छ  “ त्रिपक्षीय सहमति  नै न्याय  ” भएको छ .
                 (६)   कांग्रेस ले आफ्नो नीति परित्याग गरि माओवादी संग गएकोले उसको छवि बिग्रेको छ . माओवादीलाई कसैले इतिहास को बदला लिंछ कि ? अन्तररास्ट्रीय  अदालत मा उभ्याउछ कि ? भन्ने आशंका ले पिरोली रहेकोले जथाभावी अवसरवादी व्यवहार गरि                         रहेको छ  . एमाले को स्थिति बलियो  देखिन्छ .
                .(७)   निर्वाचन आयोग ले आगामी संसदीय र प्रादेशिक निर्वाचन एक साथ् गराउन गइ रहेकोले स्वतन्त्र उम्मेदवार र पार्टीगठबन्धन  मा मतदाता लाइ मतदान गर्न कठिन हुने छ . गठबन्धन्मा मतदाताले उम्मेदवार न भएको तर आफुले मतदान गर्दै आएको चिन्ह मा                           मतदान गरेर मतपत्र बदर को संख्या बढने सम्भावना छ .
                 (८)   मधेशी जनताले मधेशी नेता या अगुवा, जति सुकै सक्षम भए पनि उस लाइ आफु जस्तै शोषित पीडित, निर्बल , असहाय, सत्ता मा पराधीन र असुरक्षित ठान्दछ . यस कारण मधेशी नेतृत्वलाई सोझै सहयोग गर्नु भन्दा पहाडी समुदाय को कमजोर, कमसल                                र  अपरिचित भए पनि नेपालि भाषा मा  हावादारी कुरा गर्न सक्ने नेता या अगुवा को बोलि बचन मा बढी  भरोसा गर्दछन .
                 (९ ) अनुभव को आकांक्षी प्रतेक ले जीवनमा कमसेकम एकपटक वीतारागी भएर निर्वाचन लडन आवश्यक देखिन्छ
                                                                                                                       ( लेखक राजनीतिशास्त्र का प्राध्यापक, अधिवक्ता र अमेरिका मा अध्ययनरत , राजनीतिक विश्लेषक हुन् )
If you have enjoyed reading my books and want to contribute to the project of establishing a senior citizens living center, please donate.