संस्कृत बिना संस्कृतिको रक्षण

संस्कृत बिना संस्कृतिको रक्षण
— अयोध्या प्रसाद श्रीवास्तव
मैले नेपाली को विकास र समृद्धिकोलागि ज्ञान को भण्डार तर्फ पुनराकर्षित गर्न लेखन र बोल्न थालेको कैयों वर्ष भै सक्यो , तर यस्तो लाग्दछ अधिकांश नेतृत्व र बुद्धिजीवी वर्ग ले नेपालीकोलागी केही नगर्ने र पराश्रित रहने संकल्प नै गरेका छन्। हाम्रो विकास को एकमात्र सूत्र छ – “संस्कृत, संस्कृत, संस्कृत ” यसको आधुनिकता संग समन्वय र अनुसन्धान।
हामीले मोटो बुद्धि ले के सोचौं भने दुनियामा तुलनात्मक रूपमा अन्य सभ्यताहरू भन्दा न्यायपूर्ण सामाजिक जीवन शैली र विकास का प्रतिमानहरुको स्थापना गर्ने आर्य सभ्यता नै हो र यो सभ्यता का सूत्रहरू बोक्ने सब भन्दा पुराना ग्रन्थहरु वेद हुन् । यो कुरा आजका उत्कृष्ट हरूले पनि स्वीकार गर्दछन। यी वेद अर्थात ज्ञान का भंडारहरु संस्कृतमा छन् र वेद का अतिरिक्त अति विशाल संस्कृत वाङ्गमय छ जसको अनुसन्धान र प्रयोगले अङ्ग्रेजहरु संसार का भाग्य विधाता बन्न सफल भएका छन् र यो भाषा को अध्ययन अनुसन्धान मा निकै जोड दीई रहेका छन्। तर नेपालमा प्रजातन्त्र को नाम मा नवसामन्त हरुले देशमा आफ्नो मनपरी शासन गर्न सजिलो हुने अभिप्रायले सर्वसाधारण जनतालाई ज्ञानको पुञ्ज देखि टाढा राख्नकोलागि संस्कृतको व्यापक विरोध गरेर यसका अनुयायीहरुको हर सम्भव दमनमा लागिपरेका छन्। शिक्षा र उद्योग दुवै क्षेत्र को विकास कि त अवरुद्ध गरिएको छ कि त जानी जानी विपरीत दिशा मा प्रवाहित गराइएको छ। परिणामस्वरूप विद्या आर्जन र श्रम बेच्ने युवा वर्ग लाई विदेशिन बाध्य गरिएको छ। यहाँ तिनको दुर्गति पट्टि न जाउँ र तिनको अधिकार को कुरा न गरौँ।
हुन् त के कसरी हो ? नेपाली त जसो बोले लेखे पनि चल्छ भनेर पंचायत काल मै प्रचारित गरिएकोले कतिपयले त आफ्नो नाम नै शुद्ध लेखन जानेनन भने त्यस्ता मध्ये का शिक्षकका आजका विद्यार्थी त विचरा नै हुन्। तर माओवादी को उदय पछि त उर्दू, अरबी, अँग्रेजी जे पढे पनि वास्ता नहुने तर संस्कृत भाषा, साहित्य को पठन पाठन मा रोक, आतंक,दन्ड ,दुरुत्साहन र उपेक्षाले गर्दा आज नेपाली भाषा शुद्ध बोल्ने, लेख्ने र पढने को नितान्त अभाव भै सकेको छ भने विकासका अन्य कुरा के गर्नु ? तर अब अँग्रेजी समेतका कतिपय शिक्षक – प्रोफेसर समेतले षडयंत्रको गन्ध पाएर हो या के हो , संस्कृतका पुस्तक घरमा ल्याएर अध्ययन गर्न थालेका छन् र ” नेपाली भाषा संरक्षण अभियान ” जस्ता कार्यक्रमहरु आउन थालेकाले आशा को नया किरण देखा परेको हुँदा पुस्तकालय बाट केही सामग्री खोजेर पुनः लेखने प्रयाश गरेको छु।
नेपाली जनता मा आपसी वैमनुश्यता फैलाउने उद्देश्यले होला, “वाहुनवाद” भनेर दुश्प्रचारित गरिएको छ। तर म त कथित वाहुनवादमा बुद्धिवाद या विज्ञानवाद लुकेको भनिरहेको छु। संस्कृत विद्या को शक्तिबाट नै बुद्धिमान र वैज्ञानिक बनेको वर्गलाई नै ” व्राह्मण ” भनिएको कुरा अध्ययन बाट प्रस्टिन्छ। व्राह्मण जाति होइन,” गुण ” हो [ यसलाई ” वर्ण ” त भनिएकै छ ] त्यसो हुनाले कम बुद्धिमानले बुद्धिमान संग घृणा गर्ने कि उसको बाटो समातेर आफुपनि अघि बढ्ने ? उसले गुण प्राप्त गर्न लाई टुपी बाधेर पढेको श्रम देखि डराएर ‘ अंगूर खट्टे हैं ” भनेर भाग्ने कि आफुले पनि श्रम गर्ने हिम्मत जुटाउने ? अहिले म पढीरहेको सैन्फ्रान्सिसको कलेजमा एउटा यस्तो प्रोग्राम छ जस्कोलागी विद्यार्थीले एक वर्ष सम्म पुस्तक, कम्प्युटर र यदा कदा शिक्षकलाई भेट्ने बाहेक कोइ व्यक्ति संग भेट गर्न पाइदैन, नितान्त एक्लो,दिन रात एक गरेर अध्ययन गर्ने बाहेक अरु केहि गर्नु छैन। यस्तो पढेर जान्ने बुझ्ने बनेको अंग्रेजसंग बुद्धिवाद, सामन्तवाद,हैकमवाद या वाहुनवाद भनेर इर्श्या गर्ने कि उसको बाटो हिड्ने ?
पारम्परिक संस्कृत अध्ययन पनि यस्तै त हो। नेपाली जनताले राजनीतिक दलहरु संग आफ्नो स्वार्थ सिद्ध गर्नकोलागि दासता मा जुटिरहने प्रवृत्ति नत्यागे सम्म , र परिश्रम को पूजा मा नजुटे सम्म कल्याण हुन् सक्दैन। देश बनाउने नेता र बुद्धिजीवीहरुले नै हो। बुद्धिजीवीमा प्रमुख्तया कर्मचारी शिक्षक र पत्रकार हो। तर चैतन्यतामा शिक्षक र पत्रकार को भूमिका अग्रणी हुन्छ। यसले यदि स्वयम निरन्तर परिश्रम गर्दछ, राजनीतिक दासता मा खर्च गर्ने श्रम र समय अध्ययन ,अनुसन्धान र पुस्तकालयमा खर्च गर्दछ भने पनि देश को ठूलो सेवा हुन्छ।
संस्कृत वाङ्गमय : भण्डार र उपयोग
भाषा र साहित्य :-
संस्कृत विद्यामा यस्तो संजीवनी शक्ति छ जसले मृतप्राय शरीरलाई जीवन्त गर्न सक्दछ। हाम्रा ऋषि महर्षि हरुको अथक र अनवरत परिश्रम को फल संस्कृतमा भरिभराउ छ र यदि हामीले यस्को महत्व बुझन सकेको भए आज हामीहरु विदेशी का सामुन्ने याचक भएर उभिनु पर्ने थिएन। आज संस्कृत भाषा को प्रयोग ज्ञान र खोज को क्षेत्र मा होइन, धार्मिक अभ्यासमा मात्र हुने गरेकोले हामीले यसको महत्व बुझ्दैनौं र श्रद्धा पनि गर्दैनौं .
संसार का सबै विद्वानले वेदको प्राचीनता र महत्व स्वीकार गरे कै छन्। भारत मा अँग्रेजी राज्य कायम भएपछि पहिले देखि नै संस्कृत ग्रन्थ को महत्व बुझेका गवर्नर वारेन हेस्टिङ्ग्स को समयमा येशियाटिक सोसायटी अफ बङ्गाल बन्यो र सर विलियम जोन्स जस्ता विद्वानहरुले संस्कृत भण्डार लाइ मन्थन गर्न थाले। जर्मनी, फ्रान्स र रूस पनि अघि बढे. तिनको अध्ययन अनुसन्धानले के के निस्क्यो त्यसको गाथा यहाँ सम्भव छैन। ।
ऋषि हरुले भाषा को विकास का नियम हरुको गहन अध्ययन गरेर यसलाई भाषा बनाए र ती नियमहरुलाई व्याकरण को रुप दिए जसबाट आज पनि यसको नियन्त्रण हुन्छ। यद्दपि लगभग सबै साहित्य मा वर्णमाला छ तर संस्कृतको वर्णमाला भाषा विज्ञान को हिसाबले परिपूर्ण र अद्भुत छ। यो भाषामा यति शक्ति छ कि पुरानो भन्दा पुरानो र जस्तो सुकै नयाँ शव्द, विचार र भावलाइ सजिलै संग व्यक्त गर्न सक्दछ। यसमा स्वर को अभ्यास को स्तर र वैज्ञानिकता उत्कृष्ट छ जसलाई अन्य कुनै पनि साहित्य ले भेट्दैन। हाम्रो बोलचाल मा जति किसिम का ध्वनि हुन् आवश्यक हुन्छ, सबै को लागि वर्ण (अक्षर) हुनु पर्दछ र एक ध्वनिकोलागी एक अक्षर हुनु पर्दछ यो गुण केवल संस्कृत वर्णमालामा मात्र छ यो एक चमत्कार हो।
विकासका तीनवटा मुख्य स्थान बताइन्छ जस मध्ये आर्याव्रत एक हो। यस भूखण्ड मा संस्कृतको लिपि र अंक को आविष्कार र प्रचार वैदिक काल मा भएको हो तर यसको प्रारम्भ कहिले भयो ? थाह छैन। जहाँ देखि हामीलाई उपलव्ध छ त्यहाँ देखि आज सम्मको ग्रन्थहरुको केवल नाम सूची बनाउन पनि बहुतै कठिन छ। सैन्फ्रान्सिसको को विशाल र भव्य पब्लिक पुस्तकालय मा रहेको भारतीय प्रथम राष्ट्रपति डा. राजेन्द्र प्रसाद को “संस्कृत और संसकृति ” बाट साभार धेरै कुराहरु यसमा ग्रहण गरेको छु । यजुर्वेद संहिता( वाज्सनेयी), तैतारीय संहिता, साम्वेद्को पंचविशं,र शतपथ ब्राह्मणमा वेदका छन्दको पंक्तिको संख्या र समयको विभाजन गरिएको छ जसमा समयको सब भन्दा इकाई ” प्राण ” एक सेकेन्ड को १/१७ हुन्छ। यसरि लिपि, अंक र वर्णमाला भाषा विज्ञान र व्याकरण वैदिक काल मा नै उन्नत अवस्था मा थियो। यस पुस्तक का अनुसार, वेद, ब्राह्मण,अरन्यक, उपनिषद, वेदाङ्ग, दर्शन, व्याकरण, ज्योतिष, स्मृति, नीतिग्रन्थ, वैद्यक ,रसायन शास्त्र, ललितकला, काव्य, इतिहास,पुराण इत्यादि विभिन्न भाग को कुनै एक को अध्ययन मा मात्र जीवन बित्न सक्दछ। यसमा वर्णित अन्य विषय वस्तु निम्नवत रहेका छन् ।
काव्य र कथा साहित्य :-
वेद, पुराण, उपनिषद् , १५२ वटा स्मृति मध्ये हाल उपलव्ध मनु र याज्ञवल्क्य स्मृति, व्यासकृत महाभारत र वाल्मीकिको आदि काव्य – रामायण, भवभूतिको उत्तर रामचरित, कालिदास को शाकुन्तल, विशाखा दत्त को मुद्रा राक्षस ,भट्टनारायणको वेणीसंहार ,हर्ष देव को रत्नावाली, दर्शनमा सांख्य योग,न्याय, वैशेषिक न्याय( नव्य न्याय) पूर्व मीमांसा, उत्तर मीमांसा, वात्स्यायन भाष्य, अद्वेत्वाद का प्रवर्तक शंकराचार्य र पछि का भाष्यकार रामानुज, माधवाचार्य,विष्णु स्वामी र वल्लभ। आत्मा र परमात्मामा विश्वास नगर्ने नास्तिक दार्शनिक चार्वाकका साथै बौद्ध जेनी हरुको विशाल साहित्य भण्डार संस्कृत कै पृष्ठ भूमि मा उभिएका छन्।
संस्कृतमा पंच तन्त्र को अद्भुत स्थान छ। यसको प्रथम अनुवाद छैठौं शताव्दी मा अरबी राजा अनौ शेर्वान को दर्बारका हकीम बुर्जोई ले पहलवी भाषामा गरे र त्यसको अनुवाद वुद ले सीरियाई भाषा मा र सन् ७५० मा अव्दुल्ला इबन अल मोकफ्फा ले अरबी मा गरे यसमा महाभारत र बौद्ध का जातक कथाहरु पनि थप हुँदै गए । अरबीबाट स्पेनिश, डच, इटालियन,फ्रेन्च र तमाम यूरोपीय भाषा मा अनुवाद भयो। ये बि कीथ को हिस्ट्री अफ संस्कृत लिटरेचर र विन्टर नीत्सको सम प्राव्लम अफ इन्डियन लिटरेचर मा यसका विवरण छन्। यस पछि शुक सप्तति ,वेताल पंचविसेतिका ( वैताल पच्चीसी ) कनक मन्जरी,महाभारतका शकुन्तला,ययाति , नहुष,नल दमयन्ती, कच्,देवयानी, विदुला, सावित्री सत्यवान र वृहद्कथा हरु अरब हुँदै पश्चिम पुगेका थिए भने चीनी यात्री ह्वेनसांग र फाहियान द्वारा लगिएका तथा चीनमा गएर बसेका संस्कृतका आचार्य हरु बाट वेद, पुराण ,लगायत लामो सूची भएका पुस्तकहरू को ईशा पूर्व देखि छैठौं सताव्दी सम्म चीनमा अनुवाद भएको थियो र यो साहित्य उत्तर पूर्व र जापान, थाईलैंड , बर्मा, मलाया,हिन्द चीन, बोर्नियो, फिलिपीन, जावा, कम्बोडिया, श्रीलंका,पुगेर चीनी, तिव्वती, अरबी, फारसी र ग्रीक भाषा साहित्य लाइ प्रभावित गरे को हो ।
मुसलमान र यहूदीका बीचमा भएका धर्म युद्ध हरुले संस्कृतका कथाहरुलाइ यूरोप र दक्षिणी अमेरिका सम्म पुर्याएका थिए। जर्मन विद्वान वाग्नर वाज्ने र वेनाफे ले विश्वमा प्रचलित अद्भुत कथाहरूकोमूल सस्कृत साहित्य लाइ नै मानेका छन् /
अंकगणित :-
संस्कृत वांगमयमा विज्ञान भरिएको छ। प्राचीन कालमा मिश्र, यूनान र फिनियायी हरुले अंकको निर्माण गरेपनि, यूरोपले १५/ १६ शताब्दीमा दशमलवको आविष्कार गरेपनि पातान्जल योग सूत्रका भाश्यकार व्यास ( लगभग ३०० ई ) इन साइक्लोपीडिय ब्रिटानिका ( सं ११ जि १९ पृ ८६७ ) आदि प्रमाण हरुले सुव्यवस्थित गणित र ज्योतिष संस्कृत को देन भनेका छन्। अंकगणित को जोड, घटाउ, गुणा,भाग, वर्ग, घन,वर्गमूल, घंमूल, वटा पद्धति को आविष्कार , भिन्न, लाघुत्तम र महत्तम, भाज्य्हार, श्रेणी गणित, चितिघन, ( स्तूप र पिरामिड को इट्टा को हिसाब) व्यस्त विधि, त्रेराशिक, स्वासानुबंध, इस्ट कर्म,द्विस्ट कर्म, क्षेत्र व्यवहार, अंक पाश, येकाधिभेद, (combination) कोठामा हावा को आवश्यकता अनुसार को झ्याल राखने नाप, ),आदि।
वीज गणित :-
सन् ४००, पटना निवासी आचार्य आर्य भट्ट वीज गणित का संसथापक मानिन्छन। कुल २३ वर्ष को जीवन जिएका इनले गणित र ज्योतिषमा गरेको आविष्कारले विज्ञान जगतमा ठूलो क्रान्ति गर्यो। जर्मन गणितज्ञ हानिकेल ले वीज गणित को आविष्कार को श्रेय हिन्दू हरू लाइ दिए का छन्। यूरोप मा न्यूटन ले १७ औं शताव्दी मा differential calculus को सिद्धान्त प्रतिपादन गर्नु भन्दा ५०० वर्ष पहिले नै भाष्कराचार्य ले तत्कालिकी गति प्रतिपादन गरिसकेका थिए।
रेखा गणित :
रेखा गणितको ग्यान हिन्दुहरुलाइ वैदिक काल देखि नै थियो। वर्ग, वृत्त, आयात, त्रिभुज, त्रिज्या, त्रिकोण मिति आदि थुप्रै विषयको आविष्कार र विकास संस्कृत साहित्यमा भरिपूर्ण छ।
ज्योतिष :-
ज्योतिष त हिन्दूहरु को वैदिक कालीन चिन्तन हुँदै हो। अन्तरिक्षका घटनाहरुको काव्यात्मक शैलीमा वेद मै उल्लेख छ। आज का मानिस ले थुप्रै कुरा बुझन बाँकी नै छ। यसमा सूर्यलाइ दिन र रात को कारक, र ऐतरीय ब्राह्मणमा सूर्य उदय र अस्त हुदैन भनेको छ। उत्तरायण र दक्षिणायणको प्रभाव, काल गणना, वर्षको मान, ऋतुको विश्लेषण,,गर्ग संहिता, वाराह मिहिर को पंचसिद्धान्तिका, आर्य भट्टको आर्य भाटीय , पृथ्वी को परिधि २५००० माइल ,सूर्य को दूरी(युग सहश्त्र योजन), ग्रहण, सौर्य र चन्द्र मास, ग्रह,को गति, स्थिति,वृत्त,को कल्पना, अयानाश, सौर्य राशि मण्डल पृथ्वीको दैनिक र वार्षिक गति र अपेक्षित परिणाम ( जसको बारेमा यूरोपियन हरू ले धेरै पछी मात्र थाह पाए ) आदि। खलीफा हारुल रसीद र अलमामूनले संस्कृतका विद्वानहरुलाइ आफ्नो दर्बारमा राखेर थुप्रै अनुवाद गराएका थिए जसलाई सिंद हिन्द भनियो।

फिजिक्स :-
हिन्दू दर्शनले मात्र सूर्यलाई सबै शक्ति को श्रोत भनेको छ प्रकाश किरण को प्रवर्तन अप्रावर्तन, कम्पन द्वारा शब्द उत्पत्ति र ध्वनि तरङ्ग को सिद्धान्त, स्वर, अंश, चुम्बकत्व, प्रेशर,इम्पैक्ट , मोशन, मोमेन्टम , र डाइनामिक्स का बिउ संस्कृत साहित्यमा छन्, न्यूटन र गैलेलियो ले धेरै पछि यसमा विचार गरे का हुन्।
आयुर्वेद :-
वैदिक साहित्य शरीर विज्ञानको उच्च श्रोत हो। यसलाई त आयुको वेद नै भनिए को छ। अथर्व वेद, चरक संहिता, कनिष्कका राज वैद्य सुश्रुत, वाग्भट , हारित, आत्रेय, ,आश्विन, का ग्रन्थ हरु प्रशिद्ध छन्। यी ग्रन्थ हरु इशा पूर्व नै असीरिया र बेबिलोन सम्म पुगे का थिए। अशोक ले इरान यूनान र लीबिया सम्म आयुर्वेदिक अस्पताल खोलायेका थिए। आयुर्वेदमा आजको येलोपैथी जस्तै अप्रेशन पनि हुन्थ्यो। पतंजलीको योग विज्ञान र लोह शास्त्र र १४ औं शताब्दिका रत्न रस समुच्चय जस्ता ग्रन्थ ले धातु र रत्न को पहिचान, शोधन र प्रयोग बताएका छन्।
वन र वनस्पति :-
हिन्दू हरूले ई पू सातौ शताव्दी भन्दा पहिलेदेखि वन , वनस्पति, कृषि, वागवानी, जाने का थिए यसलाई भेषज विद्या भन्दथे। अग्नि पुराण र वृहद संहिता ले वृक्षलाइ पनि जीवधारी भन्दथे। इनीहरुलाइ,भोक, रोग, निद्रा, सुख दुख आदि अनुभूति पनि हुने भनिएको छ। इनको उपचार, कलम,एक बोट मा अर्को चीज फलाउने, , हाइ ब्रीड, पशुचर्या,र एग्रोटेकनालोजी को ठूलो श्रोत संस्कृत हो।
कला र संगीत :-
संस्कृत वांगमयमा मूर्ति कला, स्थाप्य कला, चित्रकला, ऋग्वेद , वात्स्यायन को कामसूत्र,समरान्गन सूत्रधार र प्रवर्तक मा थुप्रै ऋषि हरु को नाम उल्लेख छ अजन्ता र येलोरा का कलाक्र्ती उदाहरणीय छन्। संगीत, नृत्य( तन्ड मुनिको नाम को ताण्डव र लास्य दुवै नृत्य ) नाट्यकला, भरत को नाट्य शास्त्र, नन्दिकेषर को अभिनय दर्पण , महाभारत, रामायण र बौद्ध साहित्य मा वर्णित वैदिक वाद्य यन्त्र , लय , स्वर ताल को वैज्ञानिक विश्लेषण भरिपूर्ण छ।
उपसंहार :-
प्राचीन काल देखि, पूर्बमा- आज को विहारमा नालन्दा र पश्चिममा आज को पाकिस्तानमा तक्षशिला विश्व विद्यालय तथा बीच मा रहेको काशी ज्ञान का अद्भुत केन्द्र थिए। जहाँ चीन , मंगोलिया, अफगानिस्तान, अरब , इसराइल र टाढा टाढा का विद्यार्थी / अध्येताहरु ज्ञान को खोजी मा आउंथे। काशी नेपालीहरुको ज्ञान , धर्म संसकृति र राजनीतिक शिक्षण समेत को पावन स्थल रहेको थियो। अब आफ्नै देशका संस्कृतका विद्यापीठ र आश्रमहरुलाई जुन घृणा ,द्वेष र उपेक्षा भै रहेको छ त्यो नेपालीको उन्नतिमा बाधक बनि रहेको कुरा शुरु मै लेखी सकिएको छ। नेपाली को ज्ञान माथिको यो प्रहार र केवल संस्कृत र हिन्दु संसकृति लाइ मात्र निशाना बनाइएकोले निश्चय पनि विदेशी षडयन्त्र चलिरहेको कुरा देखि इन्कार गर्न सकिदैन। नेपालीलाई नेपाल मा नै आकर्षक, गुणकारी, र अनुसन्धानात्मक प्रवृत्ति देखि अलग राखिने दुषचक्र ले गर्दा युवा पुस्ता विदेशिए को छ र जता गएको छ त्यही बस्न बाध्य छ। श्रम शक्ति विदेशिए को छ। देश मा बाँकी जनसंख्या को अधिकांश भाग कि त अनुत्पादक या कम उत्पादक छ, कि तस्वार्थी तत्व को अधिपत्य छ यसमा पनि झन् प्रतिउत्पादक बाहिरी जनसंख्या दिनहु अनियन्त्रित प्रवेश भै रहेको छ। के संस्कृत बिना नेपाली संस्कृतिको रक्षा हुन् सक्दछ ? देशमा संस्कृत माथि दुर्व्यवहार गरिने ठोस कारण के हो ? बुद्धिजीवी वर्ग अब पनि जागदैन भने उस माथि आउने आरोप देखि ऊ बचन सक्दैन /

If you have enjoyed reading my books and want to contribute to the project of establishing a senior citizens living center, please donate.