सम्पूर्ण पुस्तक  पढ्न को लागि पुस्तक को नाम मा क्लिक गर्नु होस्! 

कर्म फलको सुनिश्चित सिद्धान्त

निःसदेह कर्मको गति बडो बलशाली हुन्छ । धर्मात्मालाई दुख, पापीलाई सुख, अल्छीलाई सफलता, उद्योगशीललाई असफलता, विवेकी माथी विपत्ति, मूर्खलाई सम्पत्ति , घमण्डीलाई प्रतिष्ठा र सत्यनिष्ठलाई तिरस्कार प्राप्तभैरहेको अनेक उदाहरण यो संसारमा हेर्न सकिन्छ । कोहि जन्मले नै बैभव लिएर जन्मेको हुन्छ र कसै कसैलाई जीवनभरी दुखनै भोग्नु परि रहेको हुन्छ । सुख र सफलताका जे नियमहरु निर्धारित छन ती सर्वांंश पुरा हुदैनन् ।

यी सवै कुरालाई हेरेर भाग्य ईश्वरको इच्छा र कर्मको गतिका सम्वन्धमा नानाथरीका प्रश्न र संदेहको ताँती लागी हाल्छ । यी संदेश र प्रश्नको जुन समाधान प्राचीन प्रस्तक हरुमा पाईन्छ, त्यसबाट आजको तर्कशील युगमा समुचित समाधान हुन सकिरहेको छैन । फलस्वरुप नयाँ पुस्ता ती पश्चिमी सिद्धान्त्तहरु तिर ढल्की रहेको छ । जसले ईश्वर र धर्मलाई पाखण्ड र मानिसलाई पंचतत्वद्धारा निर्मित बताईन्छ तथा आत्माको अस्तीत्व देखि इनकार गरिन्छ । कर्मफल दिने शक्ति राज्यशक्तिका अतिरिक्त अन्य कसैमा छैन । ईश्वर र भाग्य कुनै तथ्य होइनन आदि नास्तीक बिचार हाम्रो नयाँ पीढीमा वस्दै गएका छन ।

यो पुस्तकमा वैज्ञानिक र आधुनिक दृष्टिकोणबाट कर्मको गहन गतिमा बिचार गरिएको छ र यो बताईएको छ कि जो जति फल प्राप्त हुन्छ, त्यो आफनो कर्मको कारण नै हुन्छ । मेरो विचारमा यो पुस्तकले कर्मफल सम्वन्धी जिज्ञासाहरुलाई केहि मात्रामा भए पनि समाधान अवश्य गर्ने छ ।