सम्पूर्ण पुस्तक  पढ्न को लागि पुस्तक को नाम मा क्लिक गर्नु होस्!

कर्मकाण्ड भास्कर

अयोध्या प्रसाद श्रीवास्तव
गायत्री प्रज्ञा अभियान, वर्दिया, नेपाल ।

।। प्रस्तुत संस्करणको सन्दर्भमा ।।
परमपूज्य गुरुदेवले ‘धर्मतन्त्रबाट लोकशिक्षण भन्ने सिद्धान्तलाई ध्यानमा राखेर यसै नाउँबाट हिन्दीमा सर्वप्रथम कर्मकाण्डको पुस्तक लेख्नुभएको थियो । त्यस पुस्तकको संशोधित संवद्र्धित संस्करणको रूपमा सन १९८२ मा ‘गायत्री यज्ञ एवं षोडश संस्कार’ प्रकाशित गर्नुभएको थियो । यसमा सरलता र सुगमतापट्टी बढी ध्यान दिनुभएको थियो । विगत १३ बर्षमा संस्कार सम्पन्न गराउने आफ्ना परिजनहरूको अप्ठेरोपन र सुझावलाई बुझेर पुनः ती पुस्तकहरूको संशोधित संस्करण “कर्मकाण्ड भाष्कर’’ नाम दिएर दुई खण्डमा प्रकाशित गर्नुभयो । त्यो संस्करण हातैहात सकियो । त्यसलाई पुनः दुई खण्डमा प्रकाशित गर्नुका साथै एउटा संयुक्त खण्डको रूपमा छाप्ने भन्ने परिजनहरूको आग्रह आउन थालेपछि यो पुस्तक प्रकाशित गरीएको हो । दुबै खण्डको संयुक्तिकरणबाट सामान्य प्रकरण एकै ठाउँमा उल्लेखित हुन पुग्नुका साथै पुस्तकको पानाको पनि बचत भयो र एउटा पुस्तकमा सबै प्रकरणहरू अटेकोले प्रशस्त लाभ भएको छ । यस संयुक्त संस्करणमा ती कर्मकाण्डहरूलाई विशेष रूपले समावेश गरीएको छ, जस्तै गृहप्रवेश, विवाहपूर्व तिलक (जनै सुपारी) हरिद्रा लेपन, द्वारपूजा आदि । यसको सबभन्दा ठूलो अर्को विशेषता के छ भने मन्त्रोच्चारणको सुविधालाई ध्यानमा राखेर ‘यति’ (विराम) को स्थानमा मन्त्रको सन्धिलाई छुटाएर अल्पविराम (,) लगाएर छापिएको छ । यसबाट उच्चारणमा अत्याधिक सुविधा हुनेछ, तर मन्त्रमा आएको स्यानो भिन्नताले गर्दा मन्त्र अशुद्ध छ कि भन्ने भ्रम पैदा गर्न सक्छ । कृपया यस्तो भ्रम कसैले मनमा नलिई दिन आग्रह गर्दछौ । उच्चारणको शुद्धता र सुगमताको लागि यस्तो गरीनु पर्ने आवश्यक र सुहाउदो छ ।
संहितैकपदे नित्या नित्या धातूपर्सगयो ।
नित्या समासे वाक्ये तु सा विवक्षामपेक्षते ।।

अर्थात सन्धिको नियम एक पदमा, धातु र उपसर्गमा तथा समासमा नित्य (अनिवार्य रूपले) लागु हुन्छ । तर वाक्य बोल्नु पर्दा संधिको नियमको पालना गर्न विवक्षा (बोल्नेको इच्छा) मा निर्भर हुन्छ । तसर्थ विज्ञहरूले यसलाई अन्यथा नलिई दिनु होला ।
प्रत्येक कर्मकाण्डमा सम्बन्धित मन्त्र भन्दा पहिले त्र्रmमशः त्यससँग सम्बन्धित शिक्षण–प्रेरणा, क्रिया–निर्देश तथा त्यसलाई गर्ने वेलाको भाव संयोगका संकेतहरू दिइएका छन् । त्यसलाई राम्ररी बुझेर आ–आफ्नो तरिकाले समय र वातावरण अनुकूल संतुलन बनाउनु पर्दछ ।
कर्मकाण्ड के हो ? र यसलाई कसरी प्रभावशाली बनाउन सकिन्छ ? संचालकले कुन–कुन तथ्यलाई ध्यानमा राख्नु पर्दछ ? यसको बारेमा केही महत्वपूर्ण कुराहरू प्रारम्भमा नै जानकारी दिने प्रयाश गरीएको छ । यसलाई पढ्नु मात्र प्रर्याप्त हुँदैन । जति हृदयांगम गर्न सकेमा र अनुभूतिगम्य बनाउन सकेमा त्यति नै प्रभावशाली र प्राणवान् वातावरण बनाउन सकिने छ ।
यो संस्करणमा मन्त्रहरूको प्रमाणिकता र शुद्धतामा विशेष ध्यान दिइएको छ । यदि कसैले कुनै मन्त्रको संशोधन हुनु पर्दछ भन्ने देख्छ भने तत्सम्वन्धमा शान्तिकुञ्ज हरिद्वार सँग पहिले परामर्श गरेर मात्र संशोधनको पाइला चाल्न अनुरोध गरीन्छ । पुस्तकको गुणवत्ता बढाउने दृष्टिकोणले दिइएका सुझावहरूको सदैव स्वागत हुनेछ ।
— प्रकाशक

अनुवादक को अनुरोध

युग ऋषि पं.श्रीराम शर्मा आचार्यले धार्मिक क्षेत्रमा व्याप्त पाखण्ड,कुरीति र अंधविश्वासलाई हटाई, धर्मको यथार्थ व्याख्या र आवश्यक कर्मकाण्ड द्धारा अध्यात्म को सही दिग्दर्शन गराउने उद्धेश्यले लेख्नु भएको कर्मकाण्ड भाष्कर श्रद्धेय डा.प्रणव पाण्ड्याले मलाई नेपालीमा अनुवाद गर्न लगाउनु भएको थियो र मैले वि. सं.२०५५मा तयार गरेको यो अनुवाद र सुनसान के सहचर तथा हमारी वसीयत और विरासत समेत तीन वटा पुस्तकको पाण्डुलिपि मैले शानितकुंज हरिद्धारमा बुझाएको थिएं । जस मध्ये सं. २०६३ ताका यो अनुवाद गृह मंत्रालयका श्री देवहरि गौतमले कम्प्यूटर टाइप र प्राध्यापक श्री बालकृष्ण नेउपानेले नेपाली र संस्कृतको शुद्धाशुद्धि हेरिदिनु भएको र देव संस्कृति विश्वविद्यालय वेद विभागले पुन शुद्धीकरण गरिसकेपछि मैले पुन कम्प्यूटर गराई डी वी डी शान्तिकुंजमा बुझाएकोले यो पुस्तक हाल भाषान्तर प्रकोष्ठमा यद्धपि छाप्ने क्रममा छ ,तर धार्मिक क्षेत्रका विकृति द्रुत गतिले बढदै गएको र हिन्दु धर्म प्रतिको विश्वास घटदै नेपालमा धर्म परिवर्तन को लहर नै चल्न थालेकोले समयको मांगलाई ध्यानमा राख्दै यस्लाई तत्कालै जनसमक्ष ल्याई धर्मको वास्तविक स्वरुप र मर्मको पहिचान गराई जनमानसलाई परिष्कृत गर्न नितान्त आवश्यक हुन आएकोले लोकोपकारकालागि निशुल्क यो अनुवाद साभार जनसमक्ष ल्याइएको हो ।

यो पुस्तक वा यस्को कुनै अंश कसैले पनि कसैको व्यक्तिगत लाभकोलागि छाप्न वा प्रकाशन गर्न मनाही छ,किनकि यसको सम्पूर्ण अधिकार युग निर्माण योजना विस्तार ट््रष्ट गायत्री तपोभूमि मथुरा र शान्तिकुंज हरिद्धारमा नीहित रहेको छ । धन्यवाद ।