सम्पूर्ण पुस्तक पढ्न को लागि पुस्तक को नाम मा क्लिक गर्नु होस्!
अहिले देशमा कामविहीनता र असुरक्षित भविष्यको वातावरणमा
“अमेरिकन स्वप्न” देखनेहरुको संख्या द्रुत गतिले बढेको छ । यसमा एकातिर
विद्यार्थी वीसा र डीवीले सीढीको काम गरेको छ भने संसदले एम.सि.सि पास
गरेपछि त नेपालीले अमेरिकालाई आफ्नो पानी पँधेरो बन्ने आशा लिएको
देखिन्छ । साथै क्यानाडा, यूरोप, अस्टे«लिया र न्यूजीलैण्ड पनि आकर्षक गन्तब्य
बनीसकेका छन् र खाडी देश लगायत विश्व कै सबै देशहरु नेपालीहरुको श्रम
बजार भैसकेको समयमा अमेरिका बारेमा मूलभूत जानकारी पस्कने उद्देश्यले
“योहोअमेरिका” पुस्तक प्रस्तुत गर्दैछु।
मैले सौभाग्यले सन् २००४ देखि अहिले २०२३ सम्म समय समयमा
छोराको ग्रेजुएशन र उपचार आदिमा भ्रमणको क्रममा अमेरिकाका २१ राज्यको
दर्शनीय स्थल र महत्वपूर्ण स्थानहरुको अवलोकन तथा कलेजमा अध्ययन गर्ने
अवसर पनि पाएकोले त्यस अनुभवको लाभ आफ्ना देशवासीलाई उपलब्ध
गराउने उद्देश्यले “नेपालीको स्वप्न संसार”– अमेरिकाको जनजीवन वातावरण,
मूल्य, मान्यता, सोँच र कार्य व्यवहार तथा सरकारी कार्यशैली आदि हामी
भन्दा निकैफरक किसिमकोभएकोलेत्यसकोमंथन गर्ने प्रयास गरेकोछु।
सुहृदय पाठकले यसबाट इच्छानुसारको नौनी निकाल्न सक्नु हुनेछ भन्ने
विश्वास लिएकोछु।