पुलावलाई खीर बनाउन त कसरी सकिइला र  ?

  –अयोध्या प्रसाद श्रीवास्तव

     बालेन्द्र सरकारले २०७२ को संविधान संशोधनकोलागि गठन गरेको कार्यदलले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल २०८२ को सचिवालय, सिंहदरबारमा सात दिन भित्र सुझाव पठाउनु भनि इमेल र वाट्सप नम्बर सहित मिति २०८३।२।८ मा सूचना जारी गरेको छ । यद्धपि यो सरकारले अहिले सम्म गरेका कार्यहरुलाई हेर्दा संविधानमा संशोधनको यो काम पनि देश र जनताको हितमा नै हुने होला भन्ने सोंचनु गलत त हुँदैन तर २०७२ को संविधान जारी गर्ने प्रमुख नेताहरुको आ आफना अलग अलग स्वार्थ र विदेशीहरुको चलखेलमा राष्ट्र्यि एकता र राष्ट्र्हितको खासै वास्ता नगरेर लेखिएको संविधानमा संशोधनले मात्र काम चल्ने देखिदैन । आमूल परिवर्तन नै आवश्यक देखिन्छ ।

    (क) नेपाल जस्तो भौगोलिक कठिनाई रहेको अतीव दुर्गम गिरि कन्दरामा रहेका अशिक्षित र संचारसुविधा विहीन मानवबस्तीलाई पनि शासनमा आफनो अभिमत राखन त्यत्तिकै अधिकार हुन्छ जति काठमाण्डौमा रहेका शिक्षा सचिव या संचार सचिवलाई छ । तर यो सूचनाले त्यस्ता आम जनतालाई नागरिक नै गनेन । यसले विशेष सुविधा सम्पन्न र शिक्षितमा अभिमतको अधिकार सीमित गरेकोले सरकारलाई अभिजाततन्त्रको दोष लाग्न सक्दछ । सरकारले स्थानीय या केन्द्रिय संयन्त्रहरु परिचालन गरेर उचित समय दिएर जनताको सुझाव संकलन गर्नु पर्दछ ।

    (ख) २०७२ को संविधानको प्रस्तावनाले नै हत्या हिंसा, लूट र विध्वंश आदि कामलाई मान्यता दिएको छ । तर प्रजातन्त्रले शान्ति, सुरक्षा, सद्भाव, दया, माया, प्रेम, स्वस्थ प्रतिष्पर्धा र _ सहयोगीसमतामूलकसमाजको अपेक्षा गर्दछ ।

    (ग)नेताहरुले आफनो पहिचान र वर्चश्व बनाउने स्वार्थमा राजनीतिक ठूलो परिवर्तनलाई नै सफलता माने र नेपाली माटोको सुगंध, धर्म, संस्कृति, विचार, नीति, अध्यात्मिक र राजनीतिको समन्वयात्मक व्यवहार र व्यवस्थाले गर्दा आदिकालदेखि स्वतन्त्र र सार्वभौम सत्ता सम्पन्न देश कायम रहन सफल रहेको सत्यलाई बिरसेर, धार्मिक भावना र राजतन्त्रसंग खेलवाड गरेका छन् । धार्मिक विद्वेशले गाउँहरुमा पनि कफर््यू लागने गरेको सत्य आँखा खोलेर हेर्ने हो  भने देखिन्छ ।

   (घ)राजतन्त्र हटाउने भन्ने कुरा केही शक्तिशाली नेताहरुको बीचको निजी सहमति थियो । तर जनतालाई सुइको नै दिइएन । जनमत संग्रह नै नगराइएको र २०७२ मा संविधान निर्माणको समयमा जनताको लिखित अभिमत व्यक्त भएका कागज पढदै नपढेर निरंकुश तानाशाही प्रवृत्तिमा संविधान लेखन र घोषणा भएको थियो । ती लिखित अभिमत सिंह दरबारमा कुनै बोरामा बन्द होलान्, तिनलाई पढनु र सार्वजनिक गर्नूृ पर्दथ्यो । गर्नु पर्दछ । जनताको रायलाई महत्व  नदिएर धर्मनिरपेक्ष लेखिएकोले पूर्ववत् _ धर्मसापेक्षहिन्दूअधिराज्य का साथै कुनै कुनै कुरा छलफलमा नै नआएको आफूहरुले मात्र निर्णय गरेर संविधानमा राखेकाले _ संवैधानिकराजतन्त्र सोझै पूर्ववत् स्थापित हुनु पर्दछ । त्यत्तिकै हटाइएकोले पुनसर््थापना गरेर गलती सच्याउने सम्मको काम  हो। यस्तोमा जनमत बुझी रहनु नै किन ?

  (ङ)संविधानमा प्राकृतिक असमानताको पनि कुरा त्यागेर समानताको मात्र कुरा गरेर स्वदेशी लाई विदेशी घोषित गरे र विदेशीलाई रजगज गर्ने ठाउँ बनाएका छन् । यस कारण _एकपटककोनागरिकसँधेकोनागरिक रहनु पर्दछ ।

  (च)निर्धनता र अशिक्षाका कारण राज्यमा आफनो हक अधिकार प्राप्त गर्ननसकने, पछौटेपन तथा भेदभावको शिकार भएकागरीबीकोरेखामुनिरहेकाहरुकोजीवनउकासनलाईजातीयहोइन-५_वर्गीयआधारमाआवधिकयोजनाअंतरगतविशेषसुविधारआरक्षण आदि उचित तरीका अपनाउने कुरा संविधानमा उल्लेख हुनु पर्नेमा स्वयं आफैले अंगीकार गरेको कम्युनिष्ट विचारका विपरीत जातीय आधारमा आरक्षण र प्रमुख पदहरुमा दलीय भागबण्डा – धन, शक्ति र पदको वितरण गरेर जे काममा जहाँपनि अंतमा राजनीतिक दल र शक्तिशालीले मात्र लाभ पाउने समस्त संविधानको मूल रक्त संचार प्रणाली र ढाँचा नै दूषित रहेकोले संशोधनमा कुन कुन ठाउँमा मलम लगाउनु हुन्छ ? संविधान का तमाम धारामा संशोधनै संशोधन गर्नाले संविधान कुरुप र कुराहरु बाझिने खतरा हुन सक्दछ ।

(छ) अहिले २०७२ को संविधानमा संशोधन गर्न भनिएको छ तर संशोधनको अर्थ कुनै मिल्दोजुल्दो प्रकृतिका काम कुरामा दुई चारवटा कुरा थपघट गर्ने हो । नमिल्दो प्रकृतिको कुरामा संशोधन कसरी सम्भव होला ? मानिसको खराब कुनै अंगको प्रत्यारोपण गर्दा मानिसको अंग चाहिन्छ बाघ भालुको अंग लाग्दैन । सम्पूर्ण संविधान दलीय स्वार्थको भागबण्डा र हितमा भएकोले विशुद्ध प्रजातान्त्रिक कुराहरु त्यसमा कसरी मिसाउन बन्ला ? कति धेरै धाराहरु काटपीट गर्नु पर्छ होला ?

      एक उदाहरण द्वारा बुझने प्रयाश गरौं । एक घरमा एक नया भान्से आएछ र पाकशालाको आफनो प्रवीणता देखाउनलाई पुलाउ पकाउनलाई हतपत कसौडी बसालेछ र कसौडीमा घिउ, चामल, मासु, मसला नून तेल का साथै आपूmलाई मन पर्ने भाजीको साग र च्याऊ पनि हालेछ । त्यत्तिकैमा मालकिनी भित्र आई छन् र अचम्मको पुलाव पाक्नलागेको देखी छन् र नया आएकी बुहारीेलाई डाकेर यस्तो पुलाव त खाइँदैन, बरु खीर सबैले खान्छन् खीर पकाउ भनिछन् ।

     बुहारीले चामल, दुध, चीनी, सुखा मेवा,किसमिस , ल्वाँग, अलैची,आदि थालमा जम्मा पारेर भाँडो र चुल्हो एउटै छ, साग पनि हालेको अचम्मको पुलाव पाक्दैछ यसबाट कुन वस्तु कसरी झिकेर अलग गर्ने होला ? र त्यसै भाँडामा मा खीरको सामग्री कसरी पकाउने होला ? नया घर । सासुले लिएको परीक्षा पो हो कि ? भनेर सोची छन् र खीरको सब सामग्री त्यही पुलावमा मिसाई दिएपछि अन्तमा पुरै खाना फालाफाल भएछ ।

      ठिक त्यस्तै २०७२ को संविधानमा केही कुरा धेरै राम्रा छन् तर साग जतिसुकै राम्रो भएपनि पुलावमा मिसिएछ । यस्तै पुलाव राम्रो चीज हो तर दूध चीनी पनि मिसिएछ र खीर जति राम्रो भएपनि मासु र मसला मिसिएपछि के गर्ने ?राम्रा चीजहरुको आपसी संयोजन पनि त मिल्नु पर्याे । नमिल्दो संयोजन भएमा अंतमा फाल्नै पर्छ , तसर्थ देशको आत्मा र स्वभावसंगै मेल नखाने आधारभूमिमा लेखिएको प्रचण्डपथको संविधान २०७२ लाई पूर्णतया खारेज गरेर नेपाली मनको वैदिक सनातन धर्म र संवैधानिक राजतन्त्रलाई आधारभूमि दिएर संविधान पुनरलेखन गर्नू पर्दछ या उसबेला सबैले उत्कृष्ट भनेकै २०४७ को संविधान जनपथ हो, यसलाई पुनर्जीवित गर्नु पर्दछ ।

      वैदिक सनातन हिन्दू धर्म जस्ता शव्दमा शंका गर्नु यस कारण उचित होइन कि  वैदिक भनेको एक कालखण्ड हो जसमा विश्वको सबभन्दा पुरानो पुस्तक ऋग्वेद लेखियो र त्यो समयको निक्र्याेल वैज्ञानिकहरुले आजसम्मगर्नै सके छैनन् यस करण अति प्राचीनकाललाई वैदिक भनिन्छ । सनातनको अर्थ जो हिजो थियो, जो आज छ र भोली पनि रहने छ , अर्थात जो नित्यअर्थात उहिलेदेखि अनन्तकालसम्म,अपरिवर्तनीय,असंशोधनीय,र जो सदैव नवीन छ । आत्मा, ईश्वर या ब्रह्म, परम सत्य, आदि लाई सनातन भनिन्छ र उहिलेका अरबहरुले आफनो उच्चारणमा सिन्धलाई हिन्द भन्ने गरेकोले सिन्धु नदीको पूर्वी क्षेत्रका समस्त निवासी, जोसुकै होउन मानव समुदायलाई भनिन्छ । साथै  हिन्दू भनेको कुनै पंथ होइन, र धर्म भनेको, धारयेत इति धर्म अर्थात त्यो जो धारण गर्न लायक छ अर्थात मानवीय कर्तव्य । यस कारण प्राचीनकालदेखि अनंतकाल सम्म, एक समान, नित्य, कुनै आस्थामा रहेकाहरुले मानने गरेको आचरण या व्यवहार र मानवीय कर्तव्य निर्वाह गर्ने मानिसहरुको समुदाय । यो भन्दा विवादरहित अरु शव्दावली के नै होला ?

               (लेखक पूर्व प्रशासनिक अधिकृत, प्राध्यापक, राजनीति र दर्शनशास्त्रका अध्येता अधिवक्ता हुन् )

                      Ayodhya.p.shrivastav@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *