– अयोध्या प्रसाद श्रीवास्तव
नेपाल विश्वको सर्वाेच्च शिखर सगरमाथा, सुन्दर र स्वस्थकर हावापानीको नगर पोखरा र अन्य शहर तथा स्थानहरु, विभिन्न राष्ट्र्यि निकुंज र प्राकृतिक सुन्दरताले गर्दा यद्यपि विदेशी पर्यटकहरुको लागी आकर्षक गन्तव्यको रुपमा परिचित रहेपनि विभिन्न देशका बौद्धमार्गीहरुकोलागि प्रमुख तीथस्थल पनि भएको र सेतुई अमावस्या अर्थात बैसाखको अमावस्या देखि भाद्र श्रीकृष्णजन्माष्टमी सम्म भारतीय हिन्दू संस्कृतिमा तीर्थाटनको निकै प्रचलन रहेकाले नेपालका ई विविध आकर्षणहरु पनि भारतीय हिन्दूहरुकालागि धार्मिक पर्यटनकै मान्यतामा रहँदै आएका छन् ।
विविध शास्त्रले नेपाल भूमिलाई देवभूमि पुण्यभूमि भनेको र यो भूमिमा भगवान पशुपतिनाथ, भगवान मुक्तिनाथ, भगवती सीताको पुण्य जन्मभूमि जनकपुर, भगवान गौतम बुद्धको जन्मभूमि लुम्बिनी , वाराहक्षेत्र, त्रिवेणी, चतराधाम, देवघाट र जुम्लाको श्री चन्दननाथ भगवान सम्मका अंतरराष्ट्र्यि स्तरमैपनि चिन्हित, प्रमुख दिव्य स्थानहरुका साथै यो देवभूमिमा विभिन्न स्थानमा विभिन्न देवी देवताहरुका सैकडौं मन्दिर, श्रीविग्रहहरुका दर्शनार्थी तीर्थालुहरु भारतबाट धेरै संख्यामा आउने गरेका छन् ।
यो विसं २०८३ को जेष्ठ अधिकमासलाई पुरुषोत्तम मासको मान्यतामा हजारौं भारतीय तीर्थालुहरु नेपाल आएका छन् । तर तिनका बारेमा सामाजिक संजालमा फोहरी, असभ्य र अपमानजनक शव्दमा लगातार बहुतै आलोचना भैरहेको र तीर्थालुहरुको पक्षमा लेखनेहरुमाथि मौरी झैं टोकने शव्दमा टिप्पणीहरु भैरहेका छन् । पोखरा नपा.का केही व्यक्तिले हामीले ठाउँ उपलव्ध गराउन नसकेकोले तीर्थालुले दुख पाएको हो वहाँहरुको गल्ती छैन भन्ने पोस्टहरु पनि फेसबुकमा देखिएका छन् तर तिनीमाथि पनि असभ्य टिप्पणीहरु गरिंदै छन् । यस्तो आलोचना र अवहेलना विशेषतया काठमाण्डु र पोखरामा अधिकायत रहेको छ । यो कुनै षडयन्त्रकारीको नियोजन हो कि भन्ने शंका गर्ने ठाउँ पनि छ । जे होस , पक्ष विपक्षका दोहरीका बीच तीर्थालुहरुको तीर्थयात्रा धार्मिक पर्यटन चलि नै रहेको छ ।
तीर्थालुहरुमाथि मुख्यतया दुइवटा कुरामा आपत्ति गरिएको देखिन्छ । १, होटलहरुमा नबस्ने नखाने, आफैले यत्रतत्र पकाउने खाने र बाहिर सुत्ने हुनाले शहर र बाटाहरुमा फोहर भएको । २, नुहाएका कपडा साडी,व्लाउज, पेटीकोट आदि कपडा पार्क र अर्काको तारबारमा सुकाउने गरेकाले फोहर देखिने गरेको छ ।
तीर्थयात्रामा हजारौं श्रद्धालु भक्तजनको भीडमा सबैले सबै ठाउँमा समुचित स्वक्ष, पवित्र र सुरक्षित स्थान र धर्मशाला नपाउनु, शाकाहारी र तीर्थयात्रीले होटलमा खान बस्न अनुचित मान्नु र बाटो घाटोका छेउछाउ, पार्क उद्यानहरुमा निषेधित नभएको सफा ठाउँमा खाना पकाएर खानु सुत्नु जस्ता सामान्य अवस्था हुन् । तथापि हटारुहरु बाहेक आजका सभ्य नेपाली (खास गरेर पहाडी समुदाय) का व्यक्तिले त्यस्तो संस्कृतिको अनुभव नपाएकाले पनि यस्ता अमर्यादित टिप्पणी देखिएको हुन सक्दछ । जे होस, यसको मूलमा कारण के हो भने नेपाली हिन्दू समाजको सभ्यता र संस्कृति र भारतीय हिन्दू समाजको सभ्यता र संस्कृतिमा गहिरो अन्तर छ, जुन कुरा सबैले बुझनु जरुरी छ ।
दुवै देशका हिन्दुका धार्मिक पुस्तक र धर्म कर्ममा अन्तर छैन, शास्वत मूल्य र मान्यताहरु यौटै हुन् । तर दुवैको सभ्यता र सामाजिक संस्कृतिमा अन्तर छ । नेपालमा पहाड र हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसले चाहे जुनसुकै जाति धर्मको होस हावापानी र वातावरणले गर्दा सबले मासु र रक्शी खाने चलन चलेको हुनु पर्दछ । कुखुरा र अन्य चराचुरुंगीका साथै खसी बोका भेडा च्यांग्रा सुंगुर बंगुर र राँगा सम्मको मासु खाने चलन छ । त्यसैको देखासिकी अन्यत्र पनि मासु र रक्शी नेपालीको प्रिय भोजन हुन पुगेको होला र पहाडी समुदायमा सबै जाति मान्सभक्षी छन् । यहाँ यो जातिले मासु अथवा यो चीज खानु हुँदैन भनेर जातीयताको आधारमा धार्मिक, सामाजिक निषेधित परम्परा सार्वजनिक जानकारीमा देखिदैन । यो समुदायका चाड पर्व र अतिथि सत्कार भनेको मासु रक्शीको भोजन हो । चारै वर्ण मध्ये कोई कसैले कुनै मासु खाँदैन भने त्यो उसको निजी कुरा हो । व्यक्तिको निजी व्यवहारले जातिय चलनको प्रतिनिधित्व गर्न सक्दैन । यस कारण ऊ शाकाहारी भएपनि उसको परिवार या जातीय समूहलाई मंाँसाहारी समुदायदेखि पृथक राख्न सकिदैन । तसर्थ पहाडी समुदायमा जसलाई समान्यतया नेपाली संस्कृति भन्ने गरिन्छ , बाहुनलेपनि खुलेआम कत्तिपनि नहचकेर मान्स भक्षण गर्दछन् र कतिपयले त मासु रक्शीका पसल नै खोलेका छन् । यो नेपालको आफनै परम्परागत सभ्यता र संस्कृति भएकोले यसको पक्ष या विपक्षमा तर्क वितर्क गर्नु निरर्थक र अनुचित हुन्छ ।
तराईमा मिथिला पहाडी इलाका र ठण्डी ठाउँ नभएपनि मैथिल बाहुनले कोई अपवाद बाहेक बाकी सबैले मासु खाने परम्परा छ । तिनको जातीय समूह पनि माँसाहारी हो तर त्यो पनि वेदनिष्ठ समुदाय हो र तिनका शास्त्र र मूल्य मान्यताहरु पनि एयटै हुन् । मैथिल सभ्यता भिन्न भएपनि आहार संस्कृति भने पहाडी समुदायसंग मिल्छ । यो वहाँहरुको आफनो संस्कृति हो त्यसमा पनि टीका टिप्पणी गर्नूृ अनुचित हुन्छ । यस कारण नेपालमा जनसंख्याको आधारमा होटलमा चिया नास्ता र खाना खानपीन गर्नेहरुको संख्या मध्ये शाकाहारीको संख्या अति नै न्यून रहेकोले जनसंख्याको आधारमा छुट्टै शाकाहारी होटलको उपलव्धता नगण्य हुनु स्वाभाविक छ ।
ग्राहक नै नभएपछि होटल खोलने किन ? यस कारण केही विशेष होटेल रेस्टुरेन्टमा बाहेक अन्यत्र त साधारण चिया पसल सम्ममा माछा, मासु रक्शी पाइन्छ । त्यस्ता होटेलमा कसैले चोखो शाकाहारी खाना मागि हाल्यो भने माँसाहारी भाँडा बरतनमा पाकेको र प्रायः एउटै डाडु पनियोको प्रयोग या लसपस भएको , माँस खाइएकै थाल प्लेट र गिलासमा खाना पानी दिने हुन्, पस्केको थालमा मासु हुन्न त्यति त हो । अरु तिनले के नै गर्न सक्छन् । यो तिनको बाध्यता पनि हो । एउटा उखान छ– “चील के घोंसले में चन्दन की लकडी नहीं, माँस के सडे लोथडे मिलते हैं ।”
अब भारतीय सामाजिक संस्कृतिको कुरा गरौं । त्यहाँ चार वर्ण मध्ये ब्राह्मण वर्णमा मासु रक्शी, जुवा तास निषेधित छ खानु हुँदैन भन्ने परम्परागत सामाजिक मान्यता छ । तसर्थ केही अपवाद बाहेक भारतमा सबै राज्यमा सबै किसिमका भाषा, संस्कृतिका बाहुन जातिका कोई मानिसले मासु माछा खाएपनि अरुले नदेखुन् थाह नपाउन् भनेर डर र लज्जा मान्दछ र सुंगुर र राँगा त कदापि खाँदैन । सुंगुर खटिक र पासी जातिका मानिसले र राँगा मुसमानले खाने भन्ने मान्यता छ । त्यस्तै मान्स भक्षण सामाजिक निषेधको परम्परामा नपर्ने केही अन्य जातिमा पनि मासु नखाने प्रथा विकसित रहेको छ । जस्तै उत्तर प्रदेशमा अहिर,वैश्य, तथा दलित मध्येको पहिलेको चमार र पासी जाति जसलाई अब हरिजन या रैदास भनिन्छ , गुजरातमा पटेल साह आदि लगभग बहुसंख्यक जनता, र सिंधी, मडवारीहरु पनि शाकाहारी हुन्छन् । यस कारण त्यहाँ केही विशेष होटेल रेस्टुरेन्टमा बाहेक अन्यत्र सबै ठाउँका होटेल हरुमा माछा, मासु रक्शी पाइँदैन ।
हामी कहाँ पनि कपिलवस्तु देखि पश्चिमको तराई क्षेत्रमा अवधी संस्कृति भएकोले बाहुनले मासु रक्शी खानु हुँदैन भन्ने जातीय निषेधित मान्यता प्रचलित छ भने यादव, पहिलेको चमार भन्ने जाति अब रैदास, र बनिया –( वैश्य) तथा अधिकाँश कुर्मी जातिकाले पनि मासु रकसी खाँदैनन् जनै या तागाधारी भक्त हुन्छन् । थारु जातिमा पनि भक्त भएर कण्ठी माला लिने तागाधारी हुने तीब्र लहर छ । यस्ता समुदायका मानिसले माँसाहारी बाहुन समेतको भान्साका खाद्य वस्तुलाई आफूले खाने योग्य मान्दैन र प्रायः अस्वीकार नै गर्दछ ।
स्थानीयता र वातावरण संस्कृतिको निर्माणमा निर्धारक तत्व हुन्छ र सामाजिक संस्कृति र सभ्यताको आधारमा व्यक्तिको मानसिकताको निर्माण र त्यस आधारमा मानवीय गतिविधि संचालित हुन्छन् । समग्रमा नेपाली संस्कृति माँसाहार प्रभावित भएको र नेपाली पर्यटन मानसिकता यूरोपियन अमेरिकन पाहुनामुखी विकसित भएकोले नेपालमा होटेल रेस्टोरेण्टहरुको पनि त्यस्तै विकास भएको हो र तिनमा विदेशीस्तरको सुख सुविधा दिएर धेरै भन्दा धेरै आय आर्जन गर्ने लक्ष्य रहेको छ भने यी भारतीय र नेपालकै शाकाहारी तराईवासीहरुको उद्देश्य तीर्थाटन हो र एक त तिनको खर्च गर्ने क्षमता अन्य विदेशी जस्तो हुँदैन र अर्काे कुरा तिनको सामाजिक सभ्यता र संस्कृति नै भिन्न भएकोले तीर्थालुले नेपाली जुनसुकै होटेल रेस्टुरोन्टमा खानपीन नगर्नु स्वाभाविक छ । उनको यो संस्कृति र आचरणका विरुद्धमा नकारात्मक टिप्पणी गर्नु अनुचित हुन्छ ।
अझ कतिपय त नितान्त कम आयश्रोत भएका नेपाल कै तराईवासी श्रद्धालुहरु पनि मुक्तिको कामना गरेर गाडी भाडा सम्मको जोहो गरेर सत्तु, भुजा चमेना मात्र पोका पारेर तीर्थ गर्न र कतिपय त व्रत बसेर, पैदल यात्रा परिक्रमा गर्दै पनि हिंडेका हुन्छन् । तिनीसंग नेपाली होटेलवालाले केही आशा गर्नु व्यर्थ नै हो । होटेलवाला या अन्य जो कसैलेपनि इनीहरु हाम्रा ग्राहक होइनन् भनेर भद्दा मजाक उपहास गर्नु शोभाजनक हुँदैन । यसबाट मानवीय मधुर सम्बन्ध दुष्प्रभावित हुन सक्दछ । भारतीयहरुका कुरा छोडौं , व्यवसायीहरुको यस्तो स्वभाव र खर्चको मात्रा थाहपाएका तराईका नेपालीहरु नै पहाडका पर्यटकीयस्थलहरुमा बहुत उल्लास र उमंगका साथ जान सकिरहेका छैनन् भन्ने कुरा कसैको अध्ययनमा आए जस्तो लाग्दैन ।
दुइ देशका र अलग अलग सामाजिक संस्कृतिका हिन्दू हिन्दू समुदाय का बीचमा पनि सामाजिक सांस्कृतिक र ठूलो आर्थिक विषमता छ भन्ने कुरा बुझनु पर्दछ । यस्तो बुझाइृले देशलाई प्रतिष्ठा र श्रद्धा प्राप्त हुन्छ जोकि व्यक्तिगत लाभ भन्दा ठूलो कुरा हो । नेपाली पर्यटन क्षेत्रले पर्यटन विकासको स्तुतिगान गरिरहेको धेरै भयो तर प्रकृतिले देशलाई दिएको उपहारबाट देशले चाहे जस्तो लाभ पाएको छैन । नेपाली पर्यटनले विश्वको सबभन्दा बढी जनसंख्या भएको र सब भंदा धेरै हिन्दू भएको देश भारतबाट पर्यटक आकर्षित गर्न सक्यो र आन्तरिक पर्यटनलाई पनि उत्साहित गर्न सक्यो भने बिना खासै लगानी मनग्य लाभ लिन सक्दछ भन्ने कुरा बुझनु जरुरी छ । यो कुरा यो क्षेत्रका सरोकारवालाहरुले किन बुझदैनन् र अहिले भैरहेको अपशव्द र तिरस्कार गर्ने व्यवहार र बानी व्यहोरालाई किन दुरुत्साहित गर्दैनन् ? पर्यटकलाई आकर्षित गर्ने कुरा मात्र गर्नेहरुबाट त्यस्तो काम किन भैरहेको छैन ? हिन्दीमा एक उखान छ –“मरनेको दिल करे, कफन से डर लगे” । प्रकृतिले स्वयं नेपाललाई पर्यटकीय रमणीयताको वरदान दिएकी हुन् यो अनमोल चेकलाई भँजाउने बुद्धि लगाउनु जरुरी छ । यसकालागि निम्नलिखित व्यवस्था गर्न लाभदायक हुन सक्दछ ।
१, हटारुकालागि बनाउने गरेका साधारण मानिस बस्ने भात पकाएर खाने किसिमका टीनका लामा टहरा बनाउने । पर्याप्त शौचालय र खानेपानीको व्यवस्था गर्ने ।
२, धर्मशालाहरु बनाउने र गाडी पार्किंग स्थान बनाउने ।
३, सवारी साधनको भंसार अस्थायी पैठारी दर घटाउने । सीमावर्ती शहरहरुमा गाडी राखेर सार्वजनिक सवारी,या हवाई यात्रा गर्नेकालागि सवारीसाधन राखने सुरक्षित स्थान दिने ।
४, धार्मिक मठ मन्दिर नजीकका होटेलहरुमा मासु माछा रक्शी निषेध गर्ने ।
५, सीमावर्ती भंसार र प्रहरी टीम तथा बस चालक, परिचालक सहयोगीहरुलाई पर्यटनबाट राष्ट्र्हितको बोध हुने ज्ञान र मानवीय व्यवहारको तालीम दिने ।
(लेखक पूर्व प्रशासनिक अधिकारी, प्राध्यापक, राजनीति र दर्शनशास्त्रका अध्येता अधिवक्ता हुन)
3 thoughts on “नेपाली धार्मिक पर्यटन को समस्या साँस्कृतिक भिन्नता”
Comments are closed.
Great content! Keep up the good work!
Interesting take on game flow; you framed this like a board state analysis. It’s deeper than just slots! For more strategic angles, check out 68w app casino. Solid insights here.
Interesting points about responsible gaming! Seeing platforms like phpearl game focus on secure environments & localized options (like the PHPearl App) is a smart move for Filipino players. It’s all about informed choices!