अपराध निवारणमा सकारात्मक सोच र योगको भूमिका

श्री
अपराध निवारणमा सकारात्मक सोच र योगको भूमिका

आफ्नै बाबु, दाई, भाई, साक्षी छिमेकी नातेदार आदि–आदि बाट किशोरी बालिका र शिशु समेत बलात्कृत, हत्या , फिरौती र अपहरण जस्ता जघन्य अपराधहरुले संचार माध्यम हरुमा दैनिक स्थान पाउनाले नेपालमा महिला र बालबालिकाहरु त्रसित छन् । समाजमा भय, त्रास र घृणा फैलिनु रामं्रो होइन । राज्य संयन्त्र र अन्य सामाजिक उपकरणहरुले अझ बढी गम्भीर हुुनु पर्ने अवस्था देखिन्छ र अपराध निवारणमा भरपुर शक्ति लगाउनै पर्ने आवश्यक छ ।
अपराध हुने थुप्रै कारण र यसको निवारण का उपाय पनि थुप्रै हुन सक्दछन् । देश र समाजले जब देशको उच्च राजनीतिक तहबाटै असहज वातावरण पाउँछ र राष्ट्रिय मूल्यहरु तिरोहित गरिन्छन् तब अपराधको निवारण एउटा ठूलो चुनौतीको रुपमा उपस्थित हुन पुग्दछ । नेपाल को सन्दर्भमा अपराधिक घटनाहरुको निवारण मा निम्न अनुसारका समस्याहरु देखिन्छन् ।

१) हिंसात्मक वातावरणको प्रभाव ः– माओवादी को द्धन्दकालमा भएको हिंसाको उपलब्धि र उसले सत्ता प्राप्त गरेर एमाले र कांग्रेस जस्ता शाक्तिशाली संगठनहरुलाई आफ्नो प्रभावमा लिन सफल भएको घटनाले राम्रो र नराम्रो दुवै किसिमको परिणाम ल्याएको छ । “यथा राजा तथा प्रजा” को नियमले गर्दा जनतामा प्रत्यक्ष अप्रत्यक्ष रुपमा हिंसा हत्याको प्रतिफल त राम्रो हुने रहेछ पद प्रतिष्ठा र पैसा मनज्ञ आउने रहेछ भन्ने सोच पनि विकसित भएको छ साथै राज्यले अहिले पनि अपराधीहरुलाई शरण दिई रहेकोले झन दण्डहीनता बढेको छ । देशको मनोविज्ञान बिग्रेको छ ।

२) नैतिक मूल्यको ह्रास ः– हिन्दु धर्म र संस्कृतिका दया, क्षमा, प्रेम, सहिष्णुता, सहयोग र सेवा जस्ता कुराहरु नेपाल राष्ट्र कै जीवन मुल्य हुन जसको श्रोत सनातन हिन्दु धर्म हो र यी कुराहरु नैतिक शिक्षामा आधारित रहेका छन् । जसको मूल संस्कृत धर्मग्रन्थहरु हुन् । तर माओवादी शुरु देखि नै हिन्दु धर्म र संस्कृति को विरोधमा हिडेको ले मानव मूल्यहरु नितान्त कमजोर भएका छन् ।

३) चोरलाई चौतारी ः– विद्या, बुद्धि, ज्ञान भन्दा नेता भक्ति, चाकरी र चापलुसीले स्थान पाएकोले जो सुकैले पद प्रतिष्ठा र पैसाको लाभ र कानुनको फन्दा देखि उन्मुक्ति पाउने वातावरण रहेको छ ।
४) अनुकरणीय व्यक्तित्वको अभाव ः– शासक जस्तो हुन्छ, जनताले आफुलाई पनि त्यस्तै निर्मित गर्दछ । यो देशमा त्यागी, सत्यनिष्ठ, इमान्दार र कर्तव्य परायण यस्तो नेता जसमाथि जनताले अटुट विश्वास गर्न सकोस श्रद्धा भावले आज्ञा पालन गरोस, को नितान्त अभाव देखिन्छ ।

 

उपर्युक्त कारणहरुले गर्दा अपराध निवारण हुनुको सट्टा दिनहु अपराध वृद्धि हुँदै गएको देखिन्छ । यस्तोे वातावरण बिग्री सकेको देशमा प्रहरी संगठनले सक्दो सकारात्मक कामहरुको थालनी त गर्दछ तर वातावरणको स्वक्षता नभएकोले अपेक्षा गरे झैं सफलता पाउन कठिन हुने गरेको छ । तसर्थ सकारात्मक सोेचको विकास पहिलो आवश्यकता बनेकोछ । हामीले कुनै उल्टो चीजलाई सिधा पार्नु प¥यो भने त्यसलाई फेरी उल्टा नै गर्नु पर्ने सामान्य नियम रहेकोले माओवादी द्धन्दकालमा भएका उल्टा कामलाई पुनः उल्टाएर सोझो पार्नुको विकल्प देखिएन । त्यो अवधिमा विकसित भएको सोचले बनाएको वातावरण नै परिवर्तन गर्नु पर्दछ । थोरै व्यक्तिको सोच परिवर्तनबाट विशेष लाभको आशा गर्नु व्यर्थ हुनेछ । यसको लागि निम्न लिखित कामहरु आवश्यक हुन सक्दछन् ।
१) जसरी कुनै बोट विरुवा रोपण गर्नको लागि त्यस अनुकुल को माटो र हावापानीको आवश्यकता पर्दछ ठिक्क त्यस्तै सकारात्मक सोंचको श्रृजना, विकास र सुदृढीकरणको लागि पनि त्यस्तै स्वच्छ वातावरणको आवश्यकता पर्दछ । यसको वातावरण हो अध्यात्म, नैतिकता र बन्धुत्वको भावना र यसको श्रोत हो धर्मिकता । धर्मिकताको आधार हो स्वाध्याय, सत्संग, सेवा र प्रेम । जसको बिउ संस्कृत साहित्यमा छ । यस कारण संस्कृतको अध्ययन र अनुशीलन नेपालीको अनिवार्य आवश्यकता बन्न पुगेकोले सर्वप्रथम त राजनीतिक नेतृत्वले आफ्नै सोंचलाई जनमुखी सकरात्मकतामा लैजानु जरुरी छ र द्धन्दकालीन सोंचलाई उल्टाएर पूर्व अवस्थामा ल्याउन आवश्यक देखिन्छ ।
यस कारण संस्कृत र नैतिक शिक्षा विद्यालयमा पुनः अनिवार्य गर्ने साहस जुटाउन जरुरी देखिन्छ र मात्र उल्टो लाई सुल्टो बनाउन सकिन्छ ।

२) सकारात्मक सोंचको लागि शिक्षक विद्यार्थी राजनीतिकर्मी र राष्ट्रसेवकहरुलाई सेवा प्रवेश र सेवाकालीन तालीम दिनुपर्दछ । रिफ्रेशर तालीमलाई निरंतरता दिनु पर्दछ । प्रशिक्षण केन्द्रहरु प्रदेश सरकारहरुले संचालनमा ल्याउनु पर्दछ ।

३) योग एउटा यस्तो क्रियाविधि हो जसले व्यक्तिको शारीरिक र मानसिक अवस्थालाई सकारात्मक दिशामा लैजान्छ । योग साधकबाट अपराधिक गतिविधिको संभावना बहुतै कम हुन्छ । योगको गुणवत्तालाई सम्पूर्ण विश्वले स्वीकार गरी सकेको छ ।

४) मानवको चित्तले इन्द्रियहरु को सहयताले काम गर्दछ । ज्ञानेन्द्रियहरुले चित्तमा कुनै चीजको प्रतिबिम्ब बनाउँछन् अनि त्यसमा वासनाको तरंग उठ्छ र कामेन्द्रियले तरंगलाई मूर्तरुप दिंदै वासनालाई साकार पार्न खोज्छन् । चित्तमा काम वासनाको प्रतिबिम्ब बनेको छ भने त्यहाँ उठेको तरंगले अपराध गर्ने साहस पैदा गर्न सक्दछ । ध्यान र प्रणायाम योगलाई टेवा दिने घर को धुरी खामो जस्तै हो । प्रणायामले न्युरोट्रान्समीटर को स्वभावलाई नियमित र नियन्त्रित गर्दछ र स्नायु तन्त्रलाई क्षमतावान र बलवान बनाउँछ साथै अक्सीजनको पर्याप्त प्राप्ती र रक्तशोधन हुन्छ । जसले गर्दा मस्तिष्कका कोशिकाहरु उर्जावान बन्दै जान्छन र व्यक्तिलार्इृ मानसिक शाक्ति र स्फुर्ति प्राप्त हुन्छ, कार्य क्षमता वुद्धि हुन्छ । यसपछि स्वभावलाई नियमित र नियन्त्रित गर्दछ र स्नायु तन्त्रलाई क्षमतावान र बलवान बनाउँछ साथै अक्सीजनको पर्याप्त प्राप्ती र रक्तशोधन हुन्छ । जसले गर्दा मस्तिष्कका कोशिकाहरु उर्जावान बन्दै जान्छन र व्यक्तिलार्इृ मानसिक शाक्ति र स्फुर्ति प्राप्त हुन्छ, कार्य क्षमता वृद्धि हुन्छ । यसपछि ॐ को जप र नाद योगको श्रवण गर्ने हो भने विचारमा सकारात्मकता आउँछ ।

 

अमेरिकामा विस्कान्सिन युनिवर्सिटीमा अनुसन्धानकर्ता डेविडसन र हार्वर्ड मेडिसन स्कुलका डा. ब्राइटा डोेजेलको टीमले गरेको अनुसन्धानमा ध्यानबाट मानवीय मस्तिष्कको संरचनामा नै परिवर्तन हुने रहेछ । यसबाट मस्तिष्कको हिप्पो कैंपस क्षेत्र विकसित भएर एकातिर स्मरणशक्ति तेज हुन्छ भने मस्तिष्कको चिन्ता, अवसाद र तनावको क्षेत्र खुम्चिने, सानो हुने गर्दछ । यसरी ध्यान एउटा यस्तो चिकित्सा विधि हो जसले रोग निवारणको साथै मस्तिष्कको विचार र चित्तका कुसंस्कार लाई समेत शमन गर्दछ र सहानुभुति, दया, प्रेम, शान्ति र करुणाको भाव जगाएर जीवनमा रुपान्तरण ल्याउँछ । विज्ञानले यसलाई शिद्ध गरी सकेको छ ।
तसर्थ गायत्री प्रज्ञा अभियान, ओशो, ओमशान्ति, पतंजलि योग समिति जस्ता संस्थाहरुलाई सेवा कार्यमा उतार्न आवश्यक देखिन्छ ।

५) सकारात्मक सोंचका कक्षाहरु विद्यालयहरुमा संचालन गर्नु पर्दछ । यसका स्वयंसेवी संस्था र व्यक्तिहरुको सेवा लिन सकिन्छ ।

६) दन्डहीनता, चाकरी प्रथा र “ठकुरसुहाती” ( आफ्नो आस्थाको नेतृत्वले राम्रो नराम्रो जे गरे पनि ठीक छ भन्ने तर सत्य पट्टी नलाग्ने ) को अन्त र विधिको शासन लागु गर्नु पर्दछ । प्रहरी र न्यायालयलाई राजनीतिक पकड देखि मुक्त गरेर कानूनी राज्यको अवधारणालाई बल दिनु पर्दछ ।

७) नेपाली संस्कृतिमा घुसिरहेका कुतत्वहरु, इन्टरनेट र टीवी च्यानेलका प्रस्तुतिहरुलाई सही दिशामा उन्मुख गराउनु पर्दछ ।

८) नेपाली माटो देखि भिन्न विचार र संस्कृति बाहिरी तत्व हरुद्धारा खुलेआम देशमा फैलाउँदै छ । देवी मूर्ति विसर्जन र ताजियाका समयमा हुने गरेका झडप बढ्न थालेकाले यता पट्टी पनि सकारात्मक सोंच र भाईचारा बढाउन जरुरी छ ।

यसरी सकारात्मक सोचलाई स्थापना गर्ने र मूर्त रुप दिने साधनहरु माथि उल्लेख गरिएका छन् । देशलाई जुन चीजको आवश्यकता छ त्यस चीजलाई खुल्ला मनले स्वीकार्न सक्नुपर्दछ । यो त हिन्दुका विधि हुन् भनेर उपेक्षा गर्नु बुद्धिमत्ता हुदैन । रोग र उपचार पद्धतिहरु स्वयम आफैमा कुनै धर्म होइनन् । देश मानसिक रोगी छ भने औषधी पनि मानसिक र आत्मिक गर्नै पर्दछ र मात्र सकारात्मक सोच पैदा हुन्छ र अपराध घट्दै जान्छ ।