तिम्रो मेरो स्वप्न साधना

             

      एै मेरी स्वप्नदर्शिनी प्रिया ।

तिम्रा स्वप्नहरु मेरा मनमा बिसाई देऊ ।

तिम्रा हृदयका राग मेरा मनमा पठाई देऊ ।

           म तिम्रा स्वप्न र रागको महासागर, र पूर्ण विराम हूँ ।

          म तिम्रो शब्दको श्रोत, गायन र प्रवाहक हूँ ।

तिम्रा स्वप्नसागरका स्पंदनलाई ,

अनेक झंझावात देखि बचाएर, साँचेर ,

जीवंत बनाई राखने मेरो हृदय आगार सुरक्षित छ ।

किनकि तिमी र म, दुइ होइन,

           एक ? एक पनि होइन ।

          अभेद, अद्वैत र अप्रमेय हूँ  ।।

स्वप्नको साकार रुप –

महाक्षितिज र अनंत हूँ ।

                 इति