Nepal hindu rastra ghoshNa nai kin ?

अहिले नेपाली कांग्रेस मा हिन्दु रास्ट्र को पुनर्स्थापना हुनु पर्ने , नपर्ने भन्ने सम्बन्ध मा दुइ धार मा व्यापक  छलफल र  तर्क वितर्क   सार्वजनिक भै रहेको छ। धर्म निरपेक्षता को लागि कम्मर कसेर लागि परेका हरु को तर्क यस्तो छ –

   (१) राज्य नीति र धर्म नीति दुवै अलग अलग कुरा हुन्।  लोकतन्त्र मा धर्म निरपेक्षता अनिवार्य  शर्त हुन्छ। जस्तै भारत, अमेरिका, ग्रेट ब्रिटेन ,चीन आदि। 

   (२)नेपाल को कुल जनसंख्या मा २९% जनता गैर हिन्दु छ र ८१ % हिन्दु मा पनि धर्म निरपेक्ष को पक्ष मा करीब ५१ %  रहेका ले लगभ  ८० %  को चाहना धर्म निरपेक्षता हो। 

   (3) वि पी कोइराला ले कहिले पनि धर्म सापेक्ष राज्य को कुरा गरेनन ; उनी धर्मनिरपेक्ष को पक्ष मा थिए। 

   (४)  धर्म निरपेक्षता मा जनता मा निश्चिन्तता  प्रेम र एकता रहन्छ।                                      

            ई बुँदा हरु बोकेर हिडने हरु धेरै कुरा मा अनजान देखिञ्छन तसर्थ पहिले यसै को चीरफार गर्नु पर्ने भयो। 

           (१)  । ” धर्म “उत्पत्ति र  शाब्दिक अर्थ अनुसार धेरै   व्यापक छ।  धर्म  धरी धातु बाट  बने को छ जसको अर्थ हुन्छ ” धारण गर्ने योग्य “।  गीता को व्याख्या अनुसार “ सम  सामयिक , कर्तव्य  कर्म   ”  धर्म हो।  यस अर्थ मा राजनीति, नीतिशास्त्र आदि पनि यसै का क्षेत्र हुन्। धर्म निरपेक्ष त संसार मा पागल बाहेक अरु कोइ हुने सक्दैन।  ईश्वरीय  सत्ता नमान्ने, र माने पनि कर्मकाण्ड नगर्ने  मानिस  पनि धार्मिक हुन्  सक्दछ  . धर्म  को  अर्थ  मन्दिर  जानु  र धार्मिक कर्मकाण्ड तथा  पूजा आजा गर्नु  मात्र  होइन। तसर्थ धर्म , Religion , मजहब, र धम्म   आदि संग  अलग छ। यस कारण Secular  को पर्यायवाची ” धर्मनिरपेक्ष ” हुँदै होइन , यो बुझाई नै गलत हो। सेकुलर भनेको बरु पन्थ निरपेक्ष सम्म भन्न मिल्छ।

              Secular शब्द ले उदारवादी हरु लाई खूब आकर्षित गर्यो, र लहै लहै मा यसको पछि लागे।  तर यसको व्युत्पत्ति र सही अर्थ बहुतै कम ले बुझे का छन्।  युरोप मा, विशेषतया रोम मा क्रिश्चियन धर्म गुरुहरु ले राज्य लाई धर्म का अधिन मान्दथे र धार्मिक आदेश उलंघन गर्ने राजा लाई तीन दिन सम्म चर्च को गेट मा लम्पसार पल्टेर  नाक रगडेर क्षमा माग्ने ने सम्म को दण्डादेश  पालन गर्नु परे को थियो।  यस्तो धार्मिक  निरंकुशतन्त्र युरोप मा थियो। धर्मसत्ता र राज्यसत्ता को बीचा मा चलेको करीब ३०० वर्ष लामो युद्ध मा ” धर्मसत्ता को निरंकुशतन्त्र बाट राज्य लाई मुक्त गर्न को लागी यो शब्द को विकाश भयो र राज्य को शक्ति धेरै हुन्छ भन्ने तर्क मा  सिद्धान्त हरु विकसित भएर राज्य लाई स्वेक्षाचारी पुजारीहरु बाट मुक्त गराए।  अन्यत्र जहाँ त्यस्तो परिस्थिति छैन र नेपाल मा त्यस्तो त कहिले थिएन  , त्यहाँ यो शब्द प्रयोग गर्ने मिल्दैन। अझ राज्य लाई पुजारीहरु को आदेश बाट बचाउने कुरा लाई उल्टाएर राज्य बाट धर्म लाई अलग्याउन भन्नु कतै बाट मिल्दैन।    

     अमेरिका, ब्रिटेन , भारत  आदि विश्व का स्थापित लोकतन्त्र मा धर्म निरपेक्षता को घोषणा गरेको र नगरे को  कुनै रास्ट्र पनि  नेपाल  जस्तो  धर्म निरपेक्ष  छैन।  अधिकांश राज्य मा  सरकारी  काम  मा  बाइबल, गीता / कुरान  आदि  धार्मिक  ग्रन्थ  को  शपथ लिनु पर्दछ।   

                  क्रिश्चियन  हरु को   ४०% भन्दा बढी जनसंख्या भएको देश संख्या ११६  छ।  जसमा लगभग प्रचलित सबै शासन व्यवस्था भएका देश छन् र अधिकान्शतया लोक तन्त्र नै छ।  तर क्रिश्चियन प्रधान  मान्यता मा हिड्ने राष्ट्र अमेरिका – जहा को नोट मा In God we trust लेखिएको छ, भाषण को अन्त मा God bless you , एंड God bless America भन्ने चलन छ, बाइबल को शपथ हुन्छ  ।   बेलायत, जो राजतन्त्र भएर पनि  दुनिया को एकमात्र विशुद्ध  लोकतन्त्र हो , यसका  राजा या रानी क्रिश्चियन चर्च  मा दीक्षित  र   चर्च अफ इङ्गलैण्ड, जो इङ्गलैण्ड मा अधिकारिक रूप मा स्थापित इसाई चर्च हो र यो विश्वव्यापी “अग्लिकन कोम्युनियन को मातृ चर्च,” जसको प्रधान अधिकारी राजा या रानी हुन्छन, इनले गैर इसाई संग विवाह गरेमा गद्दी त्याग्नु पर्ने सम्म को कट्टरता छ, र  पूर्ण धार्मिक र राजनीतिक स्वतन्त्रता र समानता छ ,  तर ईसाइत मा स्त्री को स्थान पुरुष भन्दा तल नै छ।  एन्डोरा र लेबनान को  क्रिश्चियन , भुटान र थाइलैंड को बौद्ध, इन्डोनेशिया को पन्चचिला , बोलेभिया, बर्मा, कोस्टारिका, एल सल्वादोर, हान्दुरस, मेक्सिको, निकार्गुवा र वेनुजुएला का राष्ट्र  प्रमुख कुन धर्म का अनुयायी हुनु पर्दछ भनेर धर्म नै तोकिएको छ । तसर्थ  लोक  तन्त्र  र  धर्म  निरपेक्षता   को कुनै  सम्बन्ध  छैन  . चीन , कोरिया  र  रशा  जस्ता  कम्युनिस्ट  रास्ट्र  मा  त  झन्  धर्म  राज्य  नियन्त्रित  नै हुन्छ ।          

           (२) नेपाल मा माओवाद को द्वन्द मा पीडित, हताश निराश र थकित जनता ले शान्ति सम्झौता लाइ ठुलो राहत मानेको अवस्था मा राजनीतिक दल  हरुले मौका छोपेर  जनता को आवाज को परवाह नगरी पेलेर धर्म निरपेक्ष गराएको मा, जनता   पुनः अर्को आन्दोलन मा होमिन धर्मनिरपेक्षता का बिरुद्ध मा न उत्रिनु, साथै  जनता  ले  आफु  लाई  शान्ति  कै  लागि  राजनीतिक  दल  संग  निकटता   बनाएर  खुशी  पार्न  लाइ भक्ति  भाव  देखाए  को  ले  यो अवस्था  को  जनता  को  बाध्यात्मक  अवस्था   लाई  जनता को स्वीकृति मान्न मिल्दैन  । जनता को धैर्यता र सहनशीलता लाई  हिन्दु र बौद्ध सबै जनता नै धर्म निरपेक्षता को स्वीकार्यता मा छन् भन्नु गलत तर्क हो । शान्ति र सुव्यवस्था को लागि  हिन्दु राज्य को पक्ष मा मुश्लिम र अन्य धर्म, मत र विचार का जनजाति हरु समेत का जनता ले पनि आन्दोलन गरे को कुरा बिर्सी हालनु हुँदैन । 

         (३ ) वि पी कोइराला धर्म निरपेक्षता का पक्षधर थिएनन भन्ने कुरा को विवेचना नै आवश्यक छैन। विपी ले संघियता र गणतन्त्र पनि त चाहे का थिएनन।

         (४) धर्म निरपेक्षता राज्य का नागरिक हरु लाई एकताबद्ध गराउञ्छ भन्ने कुनै सत्य तथ्य होइन यो आदर्श को कुरा हो जस लाई राजनीति मा बकवास भनिन्छ।

          धर्म निरपेक्षतावादी का कुनै पनि तर्क सही छैनन्।  अब हिन्दु राज्य का समर्थक हरु का तर्क हेरौं –

         (१) ४०% सम्म क्रिश्चियन जनसंख्या भएका राज्य पनि  घोषित अघोषित रुप ले क्रिश्चियन धार्मिक प्रचलन लाई स्वीकारे का  116 राज्य क्रिश्चियन, ५७, मुश्लिम र  बौद्धिष्ठ  राज्य हरु छन् भने ९४ % ओमकार परिवार भएको देश नेपाल एक  मात्र  हिन्दु  राज्य  थियो  यो हिन्दु राज्य पुनर्घोषित हुनै  पर्दछ।

          (२ ) हिन्दुत्व यो देश को गौरव, विशेषता र पहिचान हो।  

         (३ ) हिन्दु रास्ट्र रहे सम्म देश मा  धार्मिक सहिष्णुता र सद्भाव थियो , कट्टरता र अनुचित दबाव थिएन।

                      अब  ई तर्क हरु को परिक्षण गरौँ।  

                 (१) अल्प मत को कदर गर्दै बहुमत को शासन हुनु प्रजातन्त्र हो भन्ने कुरा राजनीतिक हो।  धार्मिक होइन।  यस विषय मा  अधिकारिक मत परिक्षण आज सम्म भए को छैन। अनुहार  को आधार मा हिन्दु राज्य को समर्थक र विरोधी भन्न कठिन छ।

                 (२) हिन्दुत्व यो देश को गौरव र पहिचान थियो यस कारण कि हिन्दु राजा थिए ।  हिन्दुत्व ले त्यसको प्रभाव र बल पाएको थियो।नेपाल माथि विदेशी शक्तिले कब्जा गर्न को लागी हिन्दु धर्म हटाउनु पर्ने र हिन्दुत्व हटाउन लाई राजा हटाउनु पर्ने आवश्यक थियो।

                 (३) हिन्दु राज्य मा पनि एक पटक बाँके र एक पटक कपिलवस्तु जिल्ला मा हिन्दु मुश्लिम , देशी पहाडी जस्ता कुरा ले हिन्दु समुदाय लाई क्षति र  समस्या   ल्याएको थियो।   

        अब वर्तमान नेपाल  को  सामाजिक र धार्मिक अवस्था  हेरौं । तत्कालीन हिन्दु रास्ट्र नेपाल को कुरा गर्ने हो भने सर्व धर्म समान को मान्यता, सर्वे भवन्ति सुखिन सर्वे सन्तु  निरामया।  सर्वे भद्राणि पश्यन्ति  माकश्चिद दुख भागभवेत को सिद्धान्त मा कानुन निर्माण ,  Live and do live  को सिद्धान्त मा आ आफ्ना धर्म को स्वतन्त्रता पुर्वक अभ्यास ,  कसै ले कसै को धर्म परिवर्तन गराउन नपाउने गरी सुरक्षा , सिद्धान्त मा नारी को स्थान उच्च र आधारभूत अधिकार मा  नारी पुरुष समान धारणा जस्ता मान्यता हरु थिए।  यसले गर्दा , नेपाल मा जम्मा दुइ समुदाय – एक नितान्त शान्तिप्रिय  हिन्दु या हिन्दु का जस्तै धार्मिक सहिष्णुता राख्ने बौद्ध आदि अन्य धर्म ,जाति जनजाति हरु र दोश्रो मुश्लिम समुदाय।   क्रिश्चियन नगन्य र  प्रभावहीन थिए, हुँदै नभए जस्तो।

            मुश्लिम को सिद्धान्त र धर्ममा जे जस्तो लेखे को भए पनि हिन्दु को  नितान्त उदारवाद ले गर्दा मिलेर बस्न सजिलो थियो, हिन्दु  देशमा (जुन बेला मुश्लिम जनसंख्या मुश्किल ले  २% को आसपास मा थियो कि ?) ,  यसको   राजधानी काठमांडू मा,   राजा  को  दरबार  का  सामुन्ने  दरबार  मार्ग  मै  मुसलमान  को  जामा  मस्जिद  बनाउन  दिने  सम्म  को राजा को  उदारता  विश्व  मा  अन्यत्र  कही  पनि   उदाहरण  छैन  र  हुने  पनि  छैन  , न  भूतो  न  भविष्यति ।वहाँ  हरु  को मजहब , ईमान र नैतिकता ले यस लाई ” मोहब्बत  इज्जत र करिश्माई सौगात” मानेर नेपाली भूमि र जनता प्रति केही विशेष उत्तरदायित्व स्वीकार गर्न लगाउञ्च कि ? नेहरु र गान्धी बाट मोहम्मद अली जिन्ना ले पाकिस्तान उपहार पाए पछि एक पटक “औपचारिक शुक्रिया” गरेर पछि इस्लाम को “जीत” र  ” शान ”  को रुप मा हेर्छ ? अहिले सम्म दुइ  समुदाय  मा  कुनै  नमिल्दो  र  असजिलो  हुने  कुनै खासै चिन्तनीय कुरा थिएन अझ पहाडी मुसलमान त बिल्कुल जनजातीय अवस्था मा थिए,  र तराई का मुसलमान पनि नेपालीत्व मा रहे बसेका थिए ।   केवल नवप्रवेशी र धर्म प्रचारक हरु संग मात्र खतरा थियो ?  त्यस व्यवस्था लाई ३० वर्ष सम्म राम्रो मानियो तर २०६३ पछि अमान्य गरियो ।

             क्रिश्चियन को सिद्धान्त मा पनि क्रिश्चिनियटी  बाहेक अरु कुनै समुदाय लाई स्थान नभएको र उग्र धर्मवाद भएकोले तिनले मुश्लिम लाई र मुश्लिम ले तिनलाई जहान पनि लडाई कै अवस्था मा पाऊने सम्भावना रहने अवस्था मा नेपाल सरकार ले क्रिश्चिनियटी भित्र्याउनु नितान्त खतरा को काम हो। 

         एक त  त्यसै पनि विचित्र स्थिति छ।  मुश्लिम र क्रिश्चियन को सिद्धान्त अनुसार तिनी हरु धर्म लाई पर राखेर  सेकोलर  हुनै सक्दैनन् , यदि सेकुलर को खोल ओढछन  र यसको  वकालत गर्दछन भने त्यो पाखण्ड हो, अस्थाई तर देखावटी, सरासर झूठ हो। त्यस्तै कम्युनिष्ट कुनै धार्मिक आस्था र अदृश्य  सत्ता को विश्वास  मा  हुन् सक्दैन। क्रिश्चियन , मुश्लिम , बाहुन कुनै पनि धार्मिक आस्थावान ले आफु लाई कम्युनिष्ट (पनि) भन्छ भने सरासर  धोका अवसरवादी हो नेपाल को यस्तो स्थिति लाई के मान्ने ?

             २०६३ साल को नागरिकता कानून को आण्ड मा झुट्ठा विवरण पेश गरी नागरिकता प्राप्त गर्ने हरु अधिकान्शतया   कस्ता जाति, सम्प्रदाय का  ज्ञानी / अज्ञानी , गुनी /बैगुनी,  रास्ट्रीय  एकता मा सांसकृतिक भिन्नता साधक या बाधक के कस्ता  ले नागरिकता बनाए का छन् यो कुरा तथ्यांक हेर्ने  हो भने ( छ भने ) आश्चर्य  हुन्छ ।

     नेपाल मा २०४६ साल पछि काठमान्डू लगायत का पहाडी क्षेत्र क्रिश्चियनिटी को व्यापक प्रभाव मा आएको र नेतागण पनि त्यसै को प्रभाव मा रहेको कुरा ले जस्लाई पनि झस्काए को छ।  २०४६ सम्म नेपाल  मा  कति चर्च थिए , २०४६, २०६३ र २०७३ पछि कति चर्च बने का छन् र कति जना को धर्म परिवर्तन भएको छ ? गणना को परिणाम ले, विदेशी षड्यन्त्र ले देश मा दीर्घकालीन लक्ष्य का साथ  राजनीतिक, सामाजिक, धार्मिक सांसकृतिक सबै क्षेत्र मा बलियो हस्तक्षेप गरेको देखा पर्दछ। नेपाली ओमकार परिवार ले मात्र होइन , नेपाली  मुसलमान  ले पनि यो कुरा को छनक पाएरै होला, नेपाल मा क्रिश्चिनियटी को विस्तार मा शुरु देखि नै चिन्तित सतर्क देखिएका थिए र छन्  । जसको परिणाम स्वरूप  मुश्लिम विदेशी धर्म प्रचारक हरु ले पनि नेपाल मा शुरु मा प्रतिरक्षात्मक तयारी र पछि “भाग्य को परिक्षण ” मा लागि परेको देखिन्छ।  मध्यपुर्व देखि भारतीय उपमहादीप का सामान्य अपराधी र प्लेन अपहरणकारी आतंकवादी सम्म , ” दाई को कुर्ता, भाई को पाइजामा”  लगाएका जिहादी ( क्रान्तिकारी ) सम्म का मानिस नेपाल का धार्मिक स्थल र मदरशा हरु र गाउँ गाउँ  मा चहारी रहे का छन्।  कुन कुन देश का हुन्  ? कसले पत्ता लगाउने ? कहिले प्रतेक मुसलमान को  घर, गोठ पसल देखि झुप्रा र पान का घुम्ती सम्म मा उर्दु कलमा लेखिएका हरिया झण्डा गाड्न लागाएका छन्, कहिले सबै लाई दार्ही पाल्ने , बालक हरु लाई अनिवार्य धार्मिक शिक्षा लिन लगाउने जस्ता धार्मिक आदेश अभियान को रुप मा लागु गरी रहेका छन्। भारतीय केही शहर हरु मा नेपाली मुसलमान हरु लाई  लगेर समय समय मा  तालीम दिनु का साथै  विदेश बाट आर्थिक सहायता पठाई रहे क छन्। यो काम तराई क्षेत्र भर त फ़ैलिएकै छ साथै नेपाली मुसलमान का घर देला मा अर्घाखाँची, गुल्मी, पाल्पा, स्यांग्जा, पोखरा , मुगलिङ्ग आदि ठाउँ हरु मा पनि पहुँच बनाएको छ। यस्ता गतिविधि ले मुश्लिम हरु  क्रिश्चियन संग आफ्नो धर्म रक्षा को तयारी मा सतर्क मात्र होइन, तम तयार गरी रहे का देखिञ्छन।  देश को भोली को दुर्दशा बारे यस बाट अनुमान गर्न सकिन्छ।   

                 इस्लामिक धार्मिक कानून ” सरिया ” को आधार मा हाँकिने रास्ट्र हरु – इरान, पाकिस्तान, साउदी अरब, अफगानिस्तान, यमन, जाम्बिया  र मौरिटानिया हुन्। अफगानिस्तान, अल्जीरिया, ब्रुनाई, इरान, जोर्डन, मलेशिया, माल्दीव्स, मारिटानिया, मोरक्को, ओमान, पाकिस्तान, कतार, साउदी अरब, सोमालिया, सीरिया, त्युनीशिया र र यमन मा रास्ट्र प्रमुख अनिवार्य रुप मा मुशलमान हुनै पर्दछ।  इनका अतिरिक्त मिश्र सहित का अन्य रास्ट्र पनि धेरै थोरै यस्तै स्थिति मा छन्।  कट्टर पन्थी हरु ले  ” धार्मिक कानुन ” को आधार मा राज्य संचालन गर्न चहनछन जसमा सबै लाई न त धार्मिक स्वतन्त्रता हुन्छ र न त समानता कै अधिकार हुन्छ।   मुशलमान पुरुष लाई विशेष अधिकार र अन्य धर्मावलम्बी हरु लाई कम अधिकार, यहाँ सम्म कि आफ्नो धार्मिक अभ्यास गर्दा पनि राज्य को स्वीकृति मा मात्र  हुन्छ।  त्यहाँ मानवाधिकार र  प्रजातन्त्र को मान्य विश्वव्यापी परिभाषा लागु हुँदैन।

               तर , नेपाली मुसलमान हरु उदारवादी संसकार मा शान्तिपूर्वक सबै संग मिलेर बसे का छन् कुनै भेद भाव बिना सबै का लागि पूर्ण संवैधानिक समानता र स्वतन्त्रता को ग्यारन्टी रही आएको छ र यथा सम्भव मुश्लिम स्त्री हरु ले भारत , पाकिस्तान भन्दा बढी , पूर्ण प्रजातान्त्रिक अधिकार को उपभोग गर्न पाएका छन् ।  तर  यदि भोली का दिन मा २१ सौं सदी का ई महिला हरु लाई समानता को अधिकार नहुनु , तीन तलाक , बाल विवाह, बलजफ्ती विवाह, बालिका बधु, बहु विवाह , FGM ( फिमेल जेनिटल  मल्टीलेशन – जनेंद्रिय उच्छेदन   ), एसिड अटेक,   जातीय गौरव को लागी हत्या  (हनर किलिंग ), Flogging – कोड़ा मार्ने या शारीरिक दण्ड, र Breast  massage incessual  PRACTICEs – लगातार स्तन माड्नु  जस्ता दण्ड  लाई नेपाली भूमि मा स्वीकार्ने माग आयो भने  ठिक/ बेठिक भन्नु  सिद्धान्त र मान्यता को टकराव हुनेछ  ।  

           प्रतेक धार्मिक आस्था एक अर्का संग अलग अलग त  छँदै छन् साथै  प्रतेक आस्था मा त्यही आस्था  का मानिस हरु मा नै मतभिन्नता रहेको छ। सर्वमान्य न केही थियो न  त छ नै । कसैले स्वतन्त्रता मन पराउञ्छ त कसैले  नियन्त्रण।  तर हिन्दु धर्म जस्तो सहिष्णु कुनै धर्म विश्व मा छैन। ” ईश्वर, अल्लाह, गाड जे भने पनि एउटै हो, आ आफ्नो आस्था अनुसार जे माने पनि एउटै हो, सबै धर्म को  उद्देश्य एउटै हो।  जसले जे माने पनि हुन्छ , धार्मिक कर्मकाण्ड र ईश्वर माथि विश्वास गरे गर, न गरे नगर , फल दिने उही इश्वर ले हो  ”   भनेर हिन्दु बाहेक अरु कुनै धर्मावलम्बी  ले भन्दैन, भन्न सक्दैन , त्यति सहिष्णु उदार हुनै सक्दैन, पनि यो धर्म सर्वमान्य सर्वग्राह्य्य छैन यसको अर्थ मानिस को उदात्त भावना नै मानिस को संचालक हो, बुद्धि विवेक को स्थान गौड हुन्छ।

    धार्मिक  र जातीय श्रेष्ठता को विवाद मा  संसार मा आज सम्म जति युद्ध र धन जन को क्षति र अशान्ति भएको छ ,  त्यति त राजनीतिक युद्ध मा भएको छैन ।  मानव  सभ्यता को इतिहास को आधा भन्दा बढी कालखण्ड धार्मिक/ जातीय  लडाई मा बिते को र   राजनीतिक युद्ध भन्दा धार्मिक युद्ध धेरै अमानवीय, क्रुर,अत्याचारी हुने गरेका छन्।  मुश्लिम ले  अल्लाह नमान्ने लाई काफिर भनेको छ र मार्ने आदेश दिन्छ   , हिन्दु संग को लडाई हुँदा हुँदै यस्तै कुरा ले हिन्दु को लडाका शाखा – “सिख” को उदय भयो। उता  क्रिश्चियन आफ्नो धार्मिक श्रेष्ठता र विस्तार मा लागेको छ र जहाँ पनि किश्चियन र मुश्लिम का बीच युद्ध हुँदै आएको  छ ।

            यस प्रकार अब को नेपाल भविष्य मा धार्मिक द्वन्द को दैलो मा उभिएको वास्तव मा असंरक्षित, असुरक्षित  छ। नेपाल मा जब सम्म हिन्दु रास्ट्र घोषित थियो तब सम्म अपराधी र आतंकवादी हरु यहाँ पस्न डराउँथे, अपेक्षाकृत धेरै  शान्ति थियो, सुरक्षा थियो , हिन्दु धर्म का साथ साथ् अन्य सबै धर्म हरु को एकमुष्ट सुरक्षा को प्रत्याभूति थियो , राज्य नै सबै को संरक्षक थियो ,र हिन्दुत्व लाई अरु को मालिक या नेता बनाएको थिएन , तब सम्म कुनै धर्मावलम्बी ले आफ्नो धर्म रक्षा को लागी एक्लो प्रयाश गर्नु पर्दैन थियो। तर नेपाल माथि विदेशी शक्तिले कब्जा गर्न को लागी हिन्दु धर्म हटाउनु पर्ने र हिन्दुत्व हटाउन लाई राजा हटाउनु पर्ने आवश्यक थियो।धर्म निरपेक्षता ले सबै धर्मावलम्बी हरु लाई आ आफ्नो धर्म आफै बचाउ भन्ने कुरा गर्यो, साथै सरकार  क्रिश्चियन मुखी भएको देखिना ले  सबै झसकिनु र  तर्सिनु  पर्ने भएको छ।जसको लागी पुनः साविक जस्तै हिन्दु रास्ट्र को घोषणा का साथै सबै धर्म को समभाव र सरकार मा बस्ने हरु ले आफुलाई सबै धर्म  को संरक्षक बनाउन सक्नु पर्दछ।  त्यसो तत्कालै  नभएमा र कदाचित धार्मिक कलह शुरु भएमा यसको तुरुन्तै अन्तर्राष्ट्रिय करण हुन् पुग्ने छ र शान्ति स्थापना कठिन विषय बन्न सक्दछ । यस कारण हिन्दु राज्य को पुनर्स्थापना राजनीतिक मुद्दा मात्र होइन, सामाजिक शान्ति र सद्भाव को विषय पनि हो र  “आवश्यकता को सिद्धान्त”  ले गर्दा यसको घोषणा आवश्यक हुन् आएको छ ।