नेपालमा विदेशी लगानी भित्र्याउने विधि र प्रक्रिया

नेपालमा विदेशी पूँजी भित्र्याउन नसके सम्म न त देश विकासका आधारभूत संरचना निर्माण हुन सक्दछन् र न त देश प्राकृतिक श्रोतहरुको भरपूर र सही उपयोग नै हुन सक्दछ । यस्तै अवस्था अझै रही रहने हो भने देश दिन प्रतिदिन कंगाल र बेहाल हुँदै जाने कुरामा कुनै शंका छैन । यो कुरा उच्चस्तरीय प्रत्येक नेता र बुद्धिजीवीले बुझेको छ ।
माओवादको प्रारम्भ पछि ठूला विदेशी लगानीकर्ताहरुको नेपाल प्रति आकर्षण घटेको छ भने वर्तमान मा सशत ओली सरकारले अहिलेको लगानी सम्मेलन बाट केही सफलता पाएको देखिएपनि विदेशी लगानी आकर्षण गर्न आशा गरे अनुुुसार खासै सफलता पाएको मान्न सकिदैन ।
नेपालमा अहिले छिमेकीपनको सुविधा र नजिकको नाताले भारत र चीन, जापान ,कोरिया , जस्ता देशहरुले र त्यहाँ का लगानीकर्ताहरूले लगानी लगाउन सक्छन तर आजका युगमा निजी क्षेत्र बाट सशक्त रुपमा पुँजी नलगाए सम्म वैदेशिक लगानीको कुनै खासै अर्थ रहदैन र यसमा पनि अमेरिकन निजी क्षेत्रले चासो नलिए सम्म समस्या सामधान नहुने भन्ने कुरा धेरैले बुझेकोे भएतापनि जुनसुकै दलको सरकार रहेपनि आशाअनुकूल लगानी भित्र्यउन सकेको देखिदैन । यस बारेमा यो लेखकको पहिलो पनि विचार प्रस्तुत हुँदै आएको छ र अहिले त झन् सैनफ्रान्सिको मा “कुबेर घर ”सँग भित्ता जोडेरो डेरामा बस्ने अवसर पाइएकोले यस बारेमा पुनरलेखन गर्न उत्सुक्ता जागेको हो ।
नेपालमा लगानी लगाउँदा घाटा लाग्दैन भन्ने कुरामा लगानी कर्ता हरुको विश्लेषण रहेको छ तर हाल एनसेल कम्पनी सँग नेपाली सत्ताधारी र सहभागीहरुको कमीशन लगायतका विभिन्न कुराहरुमा लिएको आशा र भएको असमझदारी , राष्ट्रबैंकको व्यवहार र अदालती उठा पटक आदि काम कुराहरुबाट लगानी कर्ताहरुको माझमा गलत संदेश प्रवाह भएको छ र नेपालमा लगानीको सुरक्षात्मक वातावारण धम्लिएको देखिन्छ । लगानीकर्ता ले जहाँ पनि लगानी लगाउँदा उसले सर्वप्रथम आफ्नो पूंजीको सुरक्षा र कामका समयमा स्वक्ष वातावरण तथा अन्तमा सुरक्षित बहिगर्मन मन पराउँछ । यी कुराहरुलाई मद्देनजर राख्दै अहिले विदेशी लगानी कर्ताहरुले निम्न अनुसार को विधि र प्रक्रिया खोजेको आभास हुन्छ ।
१) लगानी गर्ने देशमा निजी लगानी कर्ताको पूंजी र नाफा को सुरक्षा हुने र उसले साँवा र मुनाफा आफू खुशी आफ्नो देशमा सरल तरीकाले लैजान सक्ने कानून ठोस र स्पष्ट हुनु पर्दछ । तर हामी कहाँ कानुन को उपस्थिति र बलियो भरपर्दाे कार्यान्वयन शतिm को पनि अभाव छ । अहिलेको शातिmशाली सरकारले कानूनलाई लगानी मैत्री बनाउन विदेशी र नेपाली लगानी कर्ताहरुको सयुतm लगानी या सहकार्य बाट हुने लगनी र त्यस बारेको कानुून बनाउन पनि जरुरी छ ।
२) लगानीकर्ताले सरकारी परियोजनामा लगानी लगाउँदा सरकार क्रृणी हुन्छ त्यस कारण सरकार को जमानी बसी दिने कोही अधिकारिक शातिmशाली संस्था या अन्य कुनै देश हुनु पर्दछ । नेपाल सरकार को जमानी बसि दिने सुंथा नेपाल राष्ट्र् बैंक हो भने लगानी कर्तालाई सुरक्षा दिन सक्ने ऊ सँग अजेय अस्त्र के छ र ग्यारेन्टी बसी दिने राष्ट्रबैंक लाई लगानी कर्ताले पत्याउंछ कि पत्याउंदैन । पत्याउँदैन भने लगानी कर्ताले खोज्ने विश्वसनीय जमानी लिने को बारेमा नेपालले सोच्नु पर्दछ ।
३) यद्धपि अहिले को वली सरकार सशक्त भएकोले देशवासीको लागि विश्वसनीय पनि छ तर कम्युनिष्ट का उत्तेजक नारा र उद्धन्ड स्वभावका सहयात्रीहरुको साथ र नेपालमा व्याप्त भ्रष्टचार , चुंदा आतंक , अपहरण र फिरौती जस्ता अपराध ले लगानी कर्तालाई त्रसित पार्ने वातावारण को सुधार र स्वक्षता आवश्यक छ ।
४) नेपालमा लगानी लगाउन व्यवसायिक स्तरमा समर्थ र समन्वय गर्ने तथा वैदेशिक स्तरमा लगानी आकर्षित गर्ने , संरक्षण को कानूनी र प्राविधिक चांजो पांजो मिलाउने गरी नेपाल सरकारले विदेशमा आफ्ना एजेण्ट राख्नु पर्दछ । अमेरिकामा रहेका नेपालीहरुले सुशील कोइराला र शेर बहादुर देउवा लगायत समय समयमा अमेरिका भ्रमण गरे का उच्चस्तरीय टोली सँग यी विषयहरुमा स्पष्ट विचार आदान प्रदान भएको रहेछ र मंत्री नवीन्द्रराज जोशी तथा नागरिक लगानी कोष का.अध्यक्ष राम कृष्ण पोखरेल को प्रयाशमा अमेरिकन लगानी कर्ता हरु सँग पहुँच बनाएर काठमाडौंमा सन् २०१७ मा सेमिनार आयोजित भएको र भारतमा नेपाली राजदूत दीप कुमार उपाध्यायले दिल्लीमा लगाी कर्ताहरुको सम्मेलन गराउन सफल भए तर सरकार सुस्त भै दिएको र आम निर्वाचन पछि निर्मित वर्तमान सरकार बाट सार्थक र विश्वसनीय काम भैरहेको देखिदैन ।
५) अर्काे कुरा पनि गम्भीर नै छ विदेशी लगानी कर्ताले लगानी आह्वान गर्ने देशको वेवसाइट हेर्छ र लगानी मागने र पैसा को उपयोग कर्ताहरुको ज्ञान दक्षता हेर्दछ । यदि संचालक सदस्यहरुमा हारवर्ड, अक्सफोर्ड, वाल्टन आदि विश्व प्रशिद्ध वि.वि.का स्कलरहरु जिम्मेवार पदमा बसेका छन् भने उसले रुचि लिन्छ ,पूरा वेवसाइट हेर्छ चिन्तन मनन गर्छ र लगानी लगाउन उत्सुकता देखाउन सक्छ अन्यथा प्रथम दृष्ट्या नै वेवसाइट बंद गरी दिन्छ , कुनै चासो लिदैन ।
नेपाल लगानी बोर्डमा प्रधान मंत्री र मंत्रीहरु हुनु हुन्छ यसबाट बोर्ड को हैसियात राम्रो देखिन्छ र व्यवसायिक दक्षताको लागि विदेशीले भरोसा गर्न हुने ऋभ्इ का साथै ४ जना पी.एच.डी. गरेकाहरु हुनुहुन्छ जस मध्य एक जना अर्थ मंत्री लाई राजनीतिक शातिm को रुपमा अलग्याई दिँदा जम्मा ३ जना व्यतिmत्वहरुमा विदेशी लगानी कर्ताहरुको मानसिकता मा हाम्रो सोंच भन्दा अचम्म को भिन्नता के रहेछ भने उनीहरुले पी.एच.डी. गरे कै भरमा कसैलाई योग्य मान्दैनन् । उसले आफ्नो विज्ञताको क्षेत्रमा चकित पर्ने खालका काम र सफलताहरु पाएको रेटिंग को आधारमा मूल्याङकन गर्दा रहेछन् । यस अर्थमा नेपाल लगानी बोर्डका वहाँहरुको चमत्कारी उपलब्धि रेजुमे मा उल्लेख नभएसम्म लगानी प्रति विश्वसनीय देखिने ठोस आधार भेटिदैन ।
६) विश्वका शिखर स्तरका धनाढ्य लगानी कर्ताले बढी भन्दा बढी सुरक्षित र तनाव मुतm वातावारण खोज्नु स्वाभविकै हो । नेपालको सरकारी स्तरमा हुने वैदेशिक भ्रमण व्यतिmगत भनसुन या यदाकदा अरु माध्यमबाट लगानी भित्रिए पनि ठूलो लगानी कर्ता मित्रियाउन लाई देशलाई भ्रष्टचार कमीशन तस्कारी , चंदा आतंक , मानव अपहरण र फिरौती जस्ता अपराध तथा सत्ता भोगका लागि उत्तेजनापूर्ण नाराबाजी र राजनीतिक शक्तिको छायामा आतंक बाट देश मुतm छ भन्ने कुरा तथ्यांकमा देखिनु पर्दछ ।
७) केही समय पूर्व एक जना मंत्रीले लेखकहरुले कोठामा बसेर लेखेको लेखको कुनै महत्व हुँदैन र म त कुनै लेख कहिल्यै पढ्दैन भन्नु भएकोले वहांका अनुयायीहरुले पनि वहांलाई नै फलो गर्ने हुन् भने त यो लेख क कस्का आखका सामुन्ने पुगने हो थाहा छैन तर प्रजातन्त्रमा विचार प्रवाह भै रहनु पर्दछ भन्ने मान्यता रहे को र यो लेख धनकुबेर हरु को ठिक आंगन मै बसेर लेखेकोले केही मार्ग दर्शन या पुनरचिंतन पक्कै पनि होला भन्ने विश्वास छ ।
उन्नति प्रगतिको शिखरमा पुगे का देशहरुले मात्र धन र शेख चिल्लीका मनका लडडु बाट विश्व हॉ‘‘के का होइनन् । नेताहरु को संकल्प , ईमानदारी , कर्मठता , धैर्य र देश भतिm ले पनि महत्वपूर्ण योगदान गरेको कुरा हामीले बिर्सनु हुँदैन र वर्तमानमा यति शतिmशाली सरकारले जे चाह्यो त्यही गर्न सक्ने हुनाले इतिहासको यो कालखण्डलाई स्वर्णयुग बनाउन सक्नु पर्छ ।