मेरो चिन्ता

मेरो चिन्ता

हे विकास देवता
तिमीले आदि जंगली मानिसलाइ
बुद्धि, समृद्धि र समाजिकता दियो ।
सभ्यता, शिष्टाचार, राज्य र कानून दियो ।
मानव जाति तिम्रो आभारी र अनुरागी बन्यो ।।।

तिम्रो शुभागमनमा हर्षित भयो, बाजा बजायो र दीवाली मनायो ।
तिमीलाई आफ्नो नगर गाउँ घर आँगनमा लानका लागि,
तछाड मछाड झगडा र राजनीति गर्यो ।
तिमीलाई सर्वश्रेष्ठ इष्ट देव भन्यो ।।

तर, हे विकास देव ।
तिम्रो साथमा त, आज भोली, सम्पत्तिको अधिकार र
नागरिक स्वतन्त्रताको कुनै अर्थ छैन ।
र, अदालती फैसलाको कार्यान्वयनमा निर्विघ्नताको ,,
समस्या छ भन्ने चर्चा पनि त आउने गर्दछ ।
आफ्नो घर आफै  फुटाउ र आफै बनाऊ,
विधवंश गर तर निर्माणको कुरा नगर ।।
सरकारको आज्ञा सर्वाेपरी छ भन्ने कुरा हुने गर्दछ ।
घर जग्गा या कुनै क्षतिपूर्ति नदिने सरकार छ भनेर आलोचना हुने गर्दछ ।
उहिले नेपालको कानून, दैवले जानुन भन्थे, तर,
अहिले नेपालको कानून दैवले पनि नजानुन् भनेर
तिम्रा साथमा आउने यस्ता विचार भावना र चर्चाबाट
मेरो देश र संविधानको मान मर्दन हुन्छ ।
र, सभ्य लोकतन्त्रमा हाम्रो कानून र “गोरखाको न्याय” लाई होचिनु पर्दछ
भने,
हे विकास देवता ! तिम्रो अपमान असह्य छ ।
तिम्रो निष्ठा र देशको इज्जतको लागि,
मलाई यथास्थितिमा रहन देउ ।
कृपया मेरो गाउँ घर तिर न आई देउ ।
तिम्रो श्रेष्ठ उपलब्धि गुमने काम न गरी देउ ।
हे देव ! दया गर, कृपा गर, मेरो यता न आई देउ ! !
विकास, देश र संविधानको इज्ज्त बचाई देऊ !