अंसतुष्टको विद्रोह र उत्तम शासन व्यवस्था

सन् २००० को समापन र २००१ को प्रारम्भको समयमा २१ औँ शताब्दीको स्वागतका थुप्रै कार्यक्रमहरु आयोजित भएका थिए । त्यसमा, उत्साहमा मैले एउटा लेख लेखेका थिएँ । “सन् २१०१” अर्थात अबको एक सय वर्षमा यो संसारको मानिसमा के–के परिवर्तन र विकास हुनेछ भन्ने संदर्भमा, हाम्रो परिवेश, चेतनाको विकास र स्तर, शैक्षिक र नैतिक धरातलमा कुनै पनि व्यक्तिले उच्चस्तरिय गर्न सक्ने कल्पनालाई लेखमा उतारेका थिए तर यो सम्पूर्ण कल्पना मध्ये करिब ८०% आश्चर्यजनक र असम्भव जस्ता लाग्ने कामहरु वैज्ञानिक विकासबाट, मात्र १० वर्षमा नै सम्पन्न भएको देखिन्छ भने बाँकी २०% पनि छिटै सकिने सम्भावनालाई नकारने स्थिति छैन । तात्पर्य के भने श्रेष्ठताको खोजीमा विकासशील प्रवृत्तिले गर्दा आदि जंगली मानव आज यो अवस्थामा आईपुगेको छ र विज्ञान र प्रविधिको विकास यति द्रुत गतिमा भैरहेको छ कि अब आजको सय वर्ष पछिको संसारको विकासको रुपरेखाका बारेमा मानिसले कल्पना समेत गर्न नसक्ने भएको छ । अर्थात अकल्पनीय विकासका कामहरु देखा पर्न थालेका छन् । हाम्रो कल्पनाको सीमा दिन प्रति दिन सांगुरिदैैै गएको छ ।
यस परिप्रेक्षमा राज्यरुपी संस्थाको रुप, रङ, प्रकृति, कार्य, शासन व्यवस्था, शासकिय मान्यता, शैली, राज्यको व्यतिmसँग सम्बन्ध, युद्ध, क्रान्ति , शान्ति, न्याय र दण्ड, अन्र्तराष्ट्रिय सम्बन्धमा नयाँ नयाँ धारणा र परिभाषा, विचार र सिद्धान्तहरुको उत्पत्ति तथा तिनको प्रयोगका पर्याप्त अवसर र सम्भावनाहरु निःसंदेह निकट भविष्यमा देखा पर्नेछन । मानिसका प्रत्येक सामाजिक सम्बन्ध, संगठन र शैलीमा तीव्र परिवर्तन अवश्यम्भावी छ । परिवर्तन के, कस्तो र कसरी ? को उत्तर तथा सटीक भविष्यवाणीको कुरै छोडौँ, कल्पनाको सीमा समेत खोज्न गाह्रो छ ।
प्राचीन समाज र राजनितिक मनीषी – चिन्तकहरुले पृथ्वीका तमाम निवासी, प्रजाति, संस्कृति, मूल्य र मान्यताका बारेमा थाहै पाएका थिएनन् । हवाईजहाज र रेल मोटरसम्म देखेका थिएनन् र ५० वर्ष पहिलेका आधुनिक बैज्ञानिकहरुले पनि कम्प्युटर, मोबाइल, इन्टरनेटका संजाल र दुनियालाई एउटा गाउँ जस्तो सानो भैसकेको देखेका थिएनन् भने तिनले तयार गरेका सामाजिक र राजनीतिक व्यवस्थाको प्रारुपलाई आजका दिनमा हामीले जस्ताको त्यस्तै प्रत्येक भूगोल र हर एक मानव समुदायको लागि उपयुतm मान्न मिल्दैन । प्राचीन चिन्तक मनु, याज्ञवल्क्य, चाणक्य, प्लेटो र अरस्तु, मध्यकालीन सन्त अगस्टइन र एक्वीनास र बर्क, आधुनिककालको मैकिया वेली जाँन लाँक, जीनबाँेदाँ, मान्टेस्क्यू जस्ता चिन्तकहरुको सबै सिद्धान्त र मार्गदर्शनहरु त सन्र्दाभिक र सार्वजनिn नठहरिन सक्छन भने माक्र्स, लेनिन, माओत्सेतुङ्ग जस्ता सर्वाधिकारवादी, निरंकुश चिन्तनलाई समाजवादी÷ साम्यवादी नाम दिएर तथा हीगल नीत्से, कान्ट प्रोधा, जीनो, गाडविन र गान्धी जस्ता दार्शनिक÷अराजकतावादीहरुका दर्शनलाई पनि सार्वदेशिक र सार्वकालिक भन्न सकिदैन अझ हाम्रो देशम व्यवहारवादी भनिएको विशेश्वर प्रसाद कोइरालाको प्रजातान्त्रिक समाजवाद र समाजवादी भनिएको पुष्पलाल या मदन भण्डारी जस्ता नेताहरुको विचार आजको मानवीय आकांक्षा र सोंच, नेपाली भूगोल, परिवेश, विदेशी चलखेल आदि पारिस्थतिहरुले गर्दा यसको उपयोगिता र औचित्य बारे राम्ररी छलफल गर्नुपर्ने आवश्यकता देखिन्छ ।
“समाजवाद” राजनितिशास्त्रमा नितान्त विवादग्रस्त र भ्रमात्मक शब्द मानिन्छ । यसलाई एउटा यस्तो टोपी, जसलाई बालक, युवा, बुढा, लगायत जो कोहिले पनि धारण गर्न खोज्छन् । जसले गर्दा टोपीको आकार नै खतम भैसकेको छ । नेपालको संविधान २०७२ मा शब्दमोहले गर्दा अझ “समाजवाद उन्मुख” भनिएकोले भ्रमवश प्रत्येकले आ– आफ्नै धारणा अनुसार यसको अर्थ लगाई रहेका छन् । सरकारले सामाजिक र धार्मिक जस्ता क्षेत्रमा पनि आफ्नो भूमिका खोज्छ भने समुदायले यसलाई निरंकुशताको रुपमा हेर्दछ । उत्पादनका साधनमा राज्यको नियन्त्रणको सीमा पहिल्याउन कठिन छ शासनका सूत्र नै अन्यौलग्रस्त देखिन्छन् । आज पनि विप्लवपथमा विवाद, अन्यौल, हिंसा र हत्या चलेको छ । जनजाति र तराईवासी पनि संतुष्ट देखिदैनन् र सं. २०५२ को अंत भैसकेको देखिदैनन् ।
२०४६ देखि आज २०७६ सम्म ३० वर्षमा हामीले राज्यको सही बाटो निर्माण गर्न सकेका रहेनछौँ भन्ने कुरा स्पष्ट देखिन्छ र बीसौँ शताब्दीको चतुर्थ अवस्थाको फ्रान्ससँग तुलना गर्न सकिन्छ । यस कुव्यवस्था र अन्यौलका केही विशेष कारणहरु देखिन्छन । (१) हाम्रो देशको नेतृत्व पंतिmमा देशको माटोको पहिचान, भौगोलिक अवस्था र देशवासीको नाडी नछामेर अर्काको नक्कल गर्ने उत्सुकता र बानी (२) अर्काको नक्कल गर्दा आफ्नो विवेक प्रयोग नगर्ने (३) तर्कशीलताको अभाव (४) अरुसँग छिटै प्रभावित हुने संवेदनशील स्वभाव (५) देशहित भन्दा आफ्नो सनक र विचारको श्रेष्ठताको अहम र अहमको संतुष्टिमा सबै शातिmको प्रयोग (६) नैतिक र आत्मिक बलको सर्वथा अभाव रहेको देखिन्छ ।
उत्तम शासन व्यवस्थाका सूत्र र दिशा ज्ञान त कुनै पनि दर्शन दार्शनिक या देशबाट र एक वा अनेकबाट लिन सकिन्छ तर हुबहु कुनै सिद्धान्तलाई सार्वकालिक मानेर आफ्नो देशमा लागु गर्नु भन्दा पहिले सोच्नुपर्छ । अमेरिकाले जम्मा ७ धाराको संविधान बनायो जसलाई २४ मिनटमा पढ्न सकिन्छ । ब्रिटेनले संविधान नै लेखेको छैन । यनीहरुले समय सापेक्ष नियम कानुन र व्यवस्था कायम गर्न भावी पीढीका सांसदहरुलाई पत्याए, जनताको शतिm र समर्पणको विश्वास गरे । यि दुबै देशको शतिm र उन्नति सबैलाई थाहा छ । भारतलाई फोडेर बनेको पाकिस्तान र बंगलादेशमा भारत कैै पद्धति लागु गरिए पनि पाकिस्तान र बंगालदेशको राजनीतिक अस्थिरता सबैका सामुले छ । कम्युनिष्ट सिद्धान्त अंगाल्ने देशहरुका सबैका अलग अलग मान्यता र मार्गहरु छन् र तिनको दशा, मानवाधिकार, स्वतन्त्रता र उन्नति र पतनका धेरै थोरै कुराहरुबाट नेपाली नेतृत्व र बौद्धिक समुदाय विज्ञ नै छ भने आज हामी कुनै वाद विशेष या नाम विशेषको शब्द जालमा परेर छटपटिनु पर्ने किन ? कुनै नेताको सोंच, आकाक्षा, लोभ, आकर्षण, र दम्भलाई तुष्ट गर्नका लागि अथवा बाहिरी दबावमा लचक देखाउनका लागि देशको नै बलि चढाउन किमार्थ मिल्दैन । देशवासीले शासकको काम कुराको जहिले पनि समर्थन नै गर्लान भन्ने ठान्नु गल्ती हुन सक्छ । हुरी आउनु भन्दा पहिलेको शान्त वायुमण्डल लाई शान्त मान्नु मूर्खता ठहरिन्छ । असंतुष्टि चुलिदै जानु शासनको हितमा हुँदैन . देशले नेताको असंतुष्टि थेग्न सक्छ तर जनताको असंतुष्टिले विद्रोह जन्माउँछ । लार्ड एप्टनले भनेका छन् “शासनकोे रुपको लागि मुर्खले झगडा गर्दछन् सब भन्दा राम्रो शासन व्यवस्था त्यो हो जो सब भन्दा राम्रोसँग सजिलै सञ्चालन हुन्छ ।” चाणक्य ले लेखेका छन् “राज्यमा न्यायको दीपक निभ्यो भने त्यो अन्धाकारको गहनताको कल्पना पनि गर्न सकिदैन ।” उनले कर उठाउने सम्बन्धमा लेख्छन् – “जसरी भमराले फूलको रस बिस्तारै लिन्छ र फूल लाई दुखदैन त्यसरी राज्यले कर उठाउनु पर्दछ । ” यि कसीहरु लगाउँदा नेपालको शासन र व्यवस्था दुवै माथि प्रश्न चिन्ह लाग्न सक्छ ।
शासन व्यवस्था सर्वमान्य सर्वग्राह्य हुनु पर्दछ । यदि त्यसो छैन भने सबैले उन्नति प्रगति गर्न सक्ने अनुकुलन र राज्यको सहयोग प्राप्त हुने स्थिति रहनै पर्दछ । राम्रो भनेको लोक कल्याणकारी । व्यतिmगत स्वतन्त्रता र राज्यको अधिकारको अभ्यास स्पष्टता हुनुपर्दछ । अतंकवादलाई राजनीतिक माग भन्ने राजनीतिक नाममा भएका अपराधलाई क्षम्य मान्ने र एकै किसिमका दुई घटनालाई अलग अलग नश्लवादी या व्यतिmवादी व्याख्या सम्बन्धी राज्यको दृष्टिकोणमा सुधार हुनुपर्दछ । राम्रो, माटो सुहाउँदो सिद्धान्त र सबै किसिमका विद्रोहको अन्त हुने तथा राष्ट्रले शान्तिपूर्वक सुखको खोजी गर्न वातावारण पाउने अवस्थाको पहिचान र परिकल्पना आजको आवश्यकता हो । नेपाल र नेपालीको हित आफ्नो मौलिक व्यवस्था र नीतिको अवलम्बनमा छ ।
(लेखक ः पूर्वप्राध्यपक, प्रशानिक अधिकारी र अधिवक्ता तथा राजनीतिशास्त्रका अध्येता हुन् ।