Corporatism and TDS

                                                             “ कर्पोरेटिज्म “ ट्र्म्प रोग 

                                                                                 –अयोध्या प्रसाद श्रीवास्तव

          मानव मस्तिष्कले मानव को हितकोलागी नियम व्यवस्था, र शैलीहरुको आविष्कार गर्दै आएको क्रम मा १९ औं शताब्दीको शुरुमा  पÞm्रान्समा “ टाक्वेल “ ले “अराजकतावादी“ कुरा गर्दा गर्दै “ व्यक्तिवाद “ को वकालत गरे ।  यो कुरा जर्मनी मा पुग्यो र त्यहाँ “ मनोरंजन्वाद “ को विकास भयो भने  ब्रिटेन मा पनि  यसको व्याख्या ले तीव्रता पायो र “ उपयोगितावाद “ को निकै चर्चा हुन लाग्यो, यो सिद्धान्त खुबै लोकप्रिय भयो।  ब्रिटेन मै जे एस मिल ले “ मानिस आफ्नो शरीर, मस्तिष्क र आत्मा को सम्प्रभु हो “ भनेर स्वतन्त्रता र समानता को यस्तो वकालत गरे कि मान्छे  ले आफ्नो अमरत्व को बूटी पाए झैं भयो ।  राज्य र प्रशासन भन्ने चीज मानिस का सामुन्ने गौड हुन् पुगे मानिस नाङ्गै घुमे पनि उसको “ खुशी “।  कार्ल मार्क्स जस्ता का क्रान्तिकारी सिद्धान्त यसका सामुन्ने टिक्न सकेनन ।

         युरोप, अमेरिका र बाहिर पनि यो “खुशी“ को लागि संघर्ष हुन् थाले । आखिर मानवीय बुद्धिले  अरु भन्दा आफुलाई बढी राम्रो स्थिति मा राख्न खोज्ने क्रम मा “ अवसर र लाभांश “ बढी पाउने दौडमा स्वस्थ अस्वस्थ जुनसुकै किसिम को प्रतिष्पर्धा हुन थाल्यो , घुम फिर  गरेर  जसको शक्ति उसको भक्ति हुन थाल्यो।  जुन बाटो मा र जुन सुकै गति मा हिड्दा पनि कोई अगाडी कोई पछाडी हुने नै भए।  सबै एक साथ् त न हुने नै रहेछ ।  यस बाट अमेरिकन “पुँजीवाद “ को जन्म भयो ।  पूँजीवाद अर्थात “धनवाद ।  पैसा कमाउनु नै जीवनको अन्तिम लक्ष्य निर्धारित भयो।  अमेरिका दुनियाको लागी “स्वप्निल संसार“ बन्यो। तर  पूँजीवाद भन्ने शब्द सुन्दा सुनाउदा अलि खल्लो लाग्ने भयो यस कारण उदारवादी पूँजीवादको अवधारणा आयो र त्यसले “ कर्पोरेट “ स्वरूप ग्रहण गर्यो । 

  तर केही समय पश्चात  आर्थिक क्षेत्र मा यसको यस्तो दुष्प्रभाव पर्यो कि धनी बडो तेजी का साथ धनी र, गरीब दिन पर दिन धेरै गरीब हुन थाले।  यो सिद्धान्त जब अमेरिका मा पुग्यो, त्यहाँ “ पूँजीवाद “ विकसित हुन् थाले पछि पश्चिमी जगत मा  यस सिद्धान्त को आलोचना हुन् थाल्यो । व्यक्तिवाद “ नव समाजवाद “ तिर उन्मुख भयो । यद्धपि कार्पोरेटवाद एक प्राचीन यूनानी वृहद राजनीतिक अवधारणा हो तथापि मैले यसलाई “ आर्थिक नीतिको स्थापनाकोलागि व्यवसायिक हितसमूह र सरकार का बीच हुनेृ कुराकानी र अन्तरद्धन्द “ को रुपमा लिइरहेको छु, जसमा आर्थिक हितसमूहको प्रधानता हुन्छ । टीडीएस को अर्थ अहिले को राजनीतिक हलचलमा ट्र्म्प माथिको आक्रोशजन्य विचारहरुको आवेग, उलझन या झुंझलाहट जस्तो स्थिति बताइन्छ ।                     

               अमेरिकामा कम्पनी प्रणालीको विकास भएको छ । कुनैपनि सेवा दिनकालागि कम्पनी हरु छन् ।  व्यक्तिगत स्तरमा प्रायः काम हुँदैन ।  स साना रेस्टुरेन्टदेखि ठुल ठूला मलहरु कम्पनीले चलाउछन । श्रमिकको आपूर्ति,टेक्सी ट्रक रेल हवाई जहाज, पानी जहाज, रियल स्टेट, बीमा, बैंक , अस्पताल, मिल, कल कारखाना, पसलहरु, सरसफाई कम्पनी, बाटोघाटो मर्मत सम्भार, घरमा  कीरा  मार्ने , पानी ,बिजुली , कृषि , घाट व्यवस्था , औषधि उत्पादन र बेच बिखन , जे  का पनि कम्पनी  ।  आफ्नै घरमा बसेर कुनै कम्पनी या संस्था  १५ मिनेट मा कम्प्युटर  बाट दर्ता गर्न सकिन्छ ।  न कुनै कार्यालय जानु छ , न कुनै दस्तूर र न कसैलाई नमस्ते प्रणाम ।  एक ठाउँमा बस्ने मान्छेले देश भरमा जुन राज्यमा थोरै कर र बढी सुविधा छ त्यहींबाट दर्ता गरे हुन्छ । 

          ई कम्पनी हरु को कार्यपद्धति लाई कार्पोरेट व्यवस्था भन्दा बुझन बढी सरल होला । ई गतिविधि हरु आर्थिक व्यवस्था  सम्बन्धी त हुँदै हुन तर यसमा सामाजिक, राजनीतिक, सांसकृतिक आदि सबै कुरा को जालो बन्न पुगेको छ ।  जहाँ र जहिले पनि जस्तो सुकै शासन व्यवस्थामा राजनीतिको संचालन होस् चाहे शासनको काम , सबैको लागी धन त चाहियो नै,  र चन्दा दिन खाले  धन न त  सर्वहारा , न त गरीब  र न त नोकरी पेशा या  किशान मजदूर संग नै हुन्छ । तल्लो र मध्यम वर्गले राजनीतिक दल र राजनीति कर्मी हरुको आर्थिक सहयोग गर्न सक्दैनन्।  धनाढ्य वर्गबाट नै राजनीतिको अभावपूर्ति हुन्छ ।  यस कारण साम्यवादको वकालत गर्नलाई कपास को धनाढ्य ब्यापारी “ एञ्जेल्स “ नभएको भए माकर््स अस्तित्वहीन हुन्थे, धन्ना सेठ जस्ता साहुहरुले गान्धीलाई टेका नलगाएको भए भारत स्वतन्त्र हुन कठिन हुन्थ्यो, विवेकानन्दलाई एक राजाले यात्रा प्रबन्ध नगरि दिएको भए हिन्दु धर्मलाई विवेकानन्दले युरोप र अमेरिका पुर्याउन सक्ने थिएनन् , सुवर्ण समशेर नभएको भए वि पी कोइराला को कांग्रेस कसरी स्थापित हुन्थ्यो कसरी चल्थ्यो ? प्रायः  सबै किसिमका नेताहरुका साथ् यस्तो कथा जोडिएको हुन्छ ।

              तर कार्पोरेट र पोलिटिक्सको अन्तर्द्वन्दको सर्वाधिक सम्भावना रहन्छ ।  अमेरिका होस् या युरोप , नेतृत्वले पैसा त लिन्छ  तर दातालाई सहयोग गर्न प्रायः सतर्कता अपनाउछ । पैसादाताले  नेतृत्वलाई आफ्नो कब्जामा राखन चाहन्छ ।  यसको साथै अहिले एउटा विचित्र स्थिति के देखियो भने  धनाढ्यहरुले कार्पोरेट व्यवस्थालाई “ व्यवसायवाद “ को रुपमा हाँक्न थालेका छन ्।  जस्तो सुकै तन्त्र र व्यवस्था भएको देशमा धनाढ्य हरुले पक्ष विपक्ष दुवै लाई चन्दा दिञ्छन र जो जितेपनि आफ्नो दुनो सोझ्याउछन । इनले नै असल, कमसल , सबै किसिमका खाद्य वस्तु, बिउ बीजन, मल, कीटनासक रसायन,  औषधि छर्कने यन्त्र , खाद्य वस्तु को भण्डारण घर, रेफ्रीजेरेटर, जंक फूड, र तयारी खाना,बनाउछन ।  अस्वस्थकर खाने कुरा खाइञ्छ, खानेै पर्ने अवस्था को सृजना गर्छन, बिमारी महामारी आउछन र औषधि र अस्पताल पनि इनले नै बनाउछन् ,  डाक्टर इनले राखछन,, मर्न लागेको रोगी लाई सितीमिती मर्न दिदैनन र जब उसको पैसा सकिन्छ , उ मर्छ ।  आजका मितिमा दुनियामा जसको घर मा औषधि दिनहु जान्दैन त्यो जस्तो सौभाग्यशाली कोई छैन ।

               अमेरिकामा रेल, बस, टाङ्गा, टेम्पो, रिक्शा, ठेला, जस्ता सवारीसाधनको विकास  भएन ।  राज्यको नीति निर्माताहरु मध्येका कार व्यवसाईले केवल कार बेचने युक्ति गरे ।  लंगोटी  लगाएपनि, खाना एक छाक खाएपनि कार किन्न, घर किन्न , व्यवसाय गर्न, पढन, बाटो हिड्दा बेखर्ची भए रिण पाउन कुनै समस्या छैन,न धितो न चाकरी न नमस्ते, न दलाल, न आपÞmन्ते र परिचित को खोजी , न नेता को सिफारिस । आजीवन रिण तिर्नु परे पनि फरक के पर्यो ?  काम जहाँ पनि एक दुई घण्टा मै पाइने, तर काम सबै अस्थाई र घन्टे ,  काम सानो ठूलो भन्ने नहुने, रेस्टुरेण्ट देखि पेट्रोलपम्प सब ठाउँ जसका लागी पनि उपलब्ध । काम गर्न नसक्ने लाई सरकारले दिने भयो, अमर्जेंसी रोगीको उपचार हुने नै भयो।  किन चाहियो कम्युनिष्ट र सोशलिश्ट ।   यही त हो “  अमेरिकन ड्रीम  “।   जीवनमा मस्ती छ ।  जनता खुश । व्यापारी मस्त ।   

           एउटा ताजा अमेरिकन घटनाले कार्पोरेटको अचम्मको रुप देखाएको छ । रास्ट्रपति ट्रम्प गैर राजनीतिक व्यक्ति हुन् र इनले पत्रकार जगतलाई  हतपत विश्वाश गर्दैनन् , जहिले पनि आलोचना नै गरेका छन् । यस कारण पत्रकारिता क्षेत्रले पनि संधै ट्रम्पको आलोचना गर्दै आएकोले अमेरिकाको यो चार वर्षको सही स्थिति बुझ्न  अमेरिकन ले त गाह्रो नै माने  भने , बाहिरी संसारले झन् कति बुझ्यो होला ? संचार जगत प्रायः धनाढ्यहरुको प्रभावमा रहने, तर जहिले पनि “ नकारात्मकता “ को चरित्र ले गर्दा यसको देन, प्रभाव र विस्तार देखि इन्कार गर्ना ले ठुलो क्षति हुन सक्ने रहेछ । 

              अर्को कुरा,ट्रम्प आफु स्वयम् पनि ठूला  व्यापारी हुन् । तर इनी  रास्ट्रपति हुनासाथ् धन र कार्पोरेट व्यवस्थाको महत्व बिर्सेर “ मेक अमेरिका ग्रेट अगेन “ मा लागे । अधिकान्शतया ओबामाको पालादेखि  अमेरिकन ब्यापारी हरुले चीन कोरिया जस्ता राज्य जहाँ मजदूर को ज्याला सस्तो छ त्यहाँ पÞmैक्ट्री र कम्पनी हरु खोलेका छन्  र मालवस्तु उत्पादन गरेर अन्य देशका साथै अमेरिकामा पनि लग्ने गरेका छन् ।   यस कारण अमेरिकन पुँजी लागेपनि अमेरिका देश आयातकर्ता हुन पुगेको छ र अमेरिकामा आएको मालवस्तु विक्री गर्ने र व्यवस्थापन गर्ने अमेरिकन लेबर ले धेरै पैसा मागने तर इल्लीगल विदेशी ले ४,५ डलर घण्टा मै काम गरि दिने, नगद ज्याला दिदा  टेक्स पनि शो नहुने र व्यापारीलाई मुनाफा बढी हुने हुनाले दुनियाका तमाम देशबाट लेबर समँुद्र तरेर, ज्यान फालेर आई रहेका छन् जसले गर्दा अमेरिकनहरू ले काम पाउन कठिन भएको छ र  विदेशी अनाधिकृत आप्रवासी हरुको संख्या  ठूलो  समस्या बनेको छ ।

      ट्रम्पले दुइ कुरा मा जोड दिए (१) चीनबाट आयात बन्द गर्ने या धेरै कर तिर्नु पर्ने (२) विदेशी आप्रवासी घटाउनलाई मेक्सिकोको बोर्डरमा दीवाल लगाउने, इल्लीगल लाई धपाउने, लोटरी वीसा रोक्ने, अध्यागमन का मुद्दा टुंग्याउने ।  ट्रम्पका ई नीति अमेरिका, अमेरिकन र रिपब्लिकन पार्टीको लागी धेरै राम्रा भएपनि अमेरिका जस्तो कर्पोरेट व्यस्थाको प्रभावमा रहेको देशमा जुन सुकै पार्टीका भएपनि धनाढ्यहरूको  राजनीतिक आफ्नै धर्म  “ आर्थिक हित “ माथि को दुष्प्रभाव सहन त तयार हुने कुरै भएन ।    

        विदेशमा रहेका फैक्ट्रीहरु अमेरिकामा ल्याउने र अमेरिकन जनता र कारीगरलाई काम लगाउने भन्ने नीतिले रिपब्लिकन र डेमोक्रेट सबै व्यवसायीलाई ट्रम्पका विरुद्ध गर्यो र जसमा अन्य मुलुकहरुका निवासीहरु , किनकि विदेशी हित हेर्ने भए , र अमेरिका त पुनर्बास हुदै हो, जहाँ  अमेरिकाका शत्रु मित्र सबै  देशका मानिस हरुकै संसार हो , तिनले त आफ्नो हित र स्वार्थ, जसमा होमलेसहरुको मोज मस्ती, गाँजा चरेसको खुलापन र बन्दी, काम नगरेर खान पाउने अधिकार, औषधि  बीमाको सरकारी अनुदान जस्ता सरकार माथी पारिने आर्थिक भारलाई मन पराएर विपक्षी डेमोक्रेट पार्टीलाई दिने समर्थनले गर्दा स्वयम् उनको आफ्नै पार्टीका मानिसले भित्र भित्र विपक्षीलाई सघाउने काम गर्न पुगे । धनाढ्य हरुको अर्को समूह संचार जगतलेपनि आफ्नो काम गर्यो र त्यसको दुष्प्रभाव सामुन्ने आयो । 

           तर निर्वाचनको जीतहार मै समस्या  टुङ्गिएन । नववर्ष सन् २०२१ को  पदचाप संगै अर्को घट्ना देखियो ।  अमेरिकामा निर्वाचनको, प्रतिनिधि भेला को, रास्ट्रपतिको नाउमा मतदानको र नव रास्ट्रपतिको शपथ ग्रहण आदिका तिथि मिति वर्सेनी तोकी रहनु पर्दैन , उहिले देखि नै तोकी राखेका ले जहिलेपनि सबै काम आफ्नो नीयत तिथि मितिमा हुदै जाने गरेका छन् ।  नव रास्ट्रपतिको शपथ ग्रहण जनवरी को २० तारीख मा हुन्छ ।  चुनाव दिसम्बर मै सकिएको हुन्छ । अहिले ट्रम्पले आफ्नै पार्टीका नेता र पदाधिकारीहरुले साथ नदिएकाहरुका बिरुद्ध नराम्रो संग खनिएका छन् र तिनी हरु लाई उनीहरुको पदमा हराई छाड्ने भनेर गर्जन थालेकाले दोहरो आक्रोश हुने नै भयो, जसमा ट्वीटर , फेसबुक , इन्स्टेग्राम जस्ता सामाजिक संजालले ट्रम्पको एकाउण्ट  बन्द गरि दिएका छन् , यसले गर्दा ट्रम्प समर्थकहरुले ई सनजाललाई दी रहेका विज्ञापन बन्द गर्न थाले का छन् ।

       विश्व को सब भन्दा शक्तिशाली रास्ट्रपति जस्तो व्यक्तिको खाता क्लोज गर्नु भनेको साधारण कुरा होइन, राजनीतिक जगतकोलागी यो नितान्त आश्चर्यजनक, र स्तब्ध बनाउने घटना हो ।  ट्रंपले अर्को सामाजिक संजालमा खाता खोले र समर्थकहरु लाखौ का खाता खुल्न थाले तर यो भन्दा पनि गजबको नपत्याउने कुरा त तब भयो जब  यस संजालको जरा त गूगल नै भएकोले गूगलले यो संजालको श्रोत नै काटी दिएको छ ।  कार्पोर्टिज्म ले यद्धपि पुरै दुनिया माथि शासन गरीरहेको छ र ठूल ठूला कम्युनिष्ट र सोश्लिश्ट जो पनि यो जाल मा कुनै न कुनै रुपमा फसेको छ , तर धनाढ्य कम्पनीको यति ठुलो दुसाहसको इतिहास शायदै कहीं होला  । यसतो घटनाको आगामी शिकार भारतमा मोदी र स्वामी रामदेव पनि हुन सकने आशंका व्यक्त हुन थालेको छ । 

        अर्को तिर डेमोक्रेट पार्टी र  रिपब्लिकनका असन्तुष्ट व्यापारी र ट्रंपका प्रतिष्पर्धीहरु (कर्पोरेटिज्मका घटकहरु)  ट्रम्पदेखि भयभीत छन्  कारण के भने ट्रम्प एक गैरराजनीतिक व्यक्ति हुन् र अमेरिकन पार्टी सिस्टम अनुसार ( जसमा पार्टी टिकेट को आवश्यकता पर्दैन )  जबर्जस्ती पार्टीमा गएर उम्मेदवार बनेका  र विजईपनि भएका थिए । ट्रम्पको नाम उच्च व्यापारिक अनुभवी र राम्रो लेखकको रुप मा आउँछ । निर्वाचनमा खुल्ला बेईमानी भएको भन्दै  ट्रंप का लागी हालै ६  जनवरी  का दिन बीसौं लाख मानिस ले २० डिग्री को भयानक ठण्डी मा राजधानी कव्जा , संसद कब्जा र दिन

रात खुला आकाश मुनी शक्तिप्रदर्शन गरेका छन् र  ट्रम्प ले आग्रह गरी गरी शान्त गराई बल्ल बल्ल घर पठाएका छन् यसले सबै लाई झस्काएको छ र २०२४ को निर्वाचन को लागि ट्रंपले उम्मेद्वारीको घोषणा गर्न सक्ने सम्भावना ले ठूलो त्रास फैलिएको छ  र अमेरिका मा ( टि डि एस  ट्रंप डिजीज ) नाम को बिमारी (ट्रम्प त्रास ) नै चलेको छ । यो खतरादेखि बच्नकालागी  डेमोक्रेटिक पार्टीले ट्रम्पको अवकाश नहुँदै यो १० दिनमा अर्को महाभियोग दर्ता गराउन सके र  यस पटकअभियोग शिद्ध गर्न सके ट्रम्पलाई आजीवन पंगु बनाउन सक्ने रणनीतिमा लागी परेको छ ।    

              यस पटक स्थिति भिन्न हुने आंकलन गरी रहेका छन् ।  तल्लो सदनमा डेमोक्रेटको पहिले जस्तै वर्चस्व त छदैछ , त्यहाँ अभियोग दर्ता भएर पास हुन समस्या छैन र   सिनेटमा दुवै थरिको ५०, ५० सदस्य छन् ।  ६७ को बहुमत भए मात्र अभियोग पास हुन्छ ।  “कर्पोरेटिज्म“ ले १७ धनाढ्य  सांसद सदस्य  आफु तिर कसो न आउलान भन्ने डेमोक्रेट ले आफ्नो  विस्वास  यस कारण दमदार बताई रहेको छ कि ट्रम्प कै पार्टी का कैयों नेता र पदाधिकारीले ट्रंपलाई निर्वाचनमा छोडेका थिए र ट्रंपले त्यस्ता धोकेबाजहरुलाई भविष्यमा कुनै पदमा आउन नदिन सबै शक्ति लगाउने भनिरहेकाले “ शत्रु को शत्रु, आफ्नो मित्र “ चरितार्थ होला भन्ने आशा मा देखिन्छन् ।  अन्यथा हफ्ता  दिन अवधि बाँकी रहेको सत्ताधारीलाई दोश्रो पटक लामो प्रक्रिया को महाभियोग शुरु गर्नु को कुनै औचित्य छैन । “ दुश्मन को जरो नै उखाड्ने “  चाणक्य नीति को संचालन हुन गइ रहेको देखिन्छ ।       

           अमेरिका कोरोना संकटले ठुलो संघर्षमा फसेको छ ।  ९ मार्च २०२०  देखि अमेरिका बन्द छ ।  अमेरिका मेहनती कामदार र व्यापारीहरुको देश हो । बन्दीले गर्दा मझोला र साना व्यवसाय ध्वस्त भएका छन्, कामदार शहर छाडेर गाउ तिर पलायन गरि सके, शहर मा शून्यता छ । जनता सरकारको अनुदान आश्रित भएको छ । गरीब नितान्त गरीब र धनी धेरै धनी बनेकाले अमेजान, गूगल, ट्वीटर, फेसबुक इन्स्टेग्राम, आदि ले राम्रो कमाई गरेका छन् । यस्तो अवस्थामा डेमोक्रेटिक पार्टीले सत्ता पाउन लागेकोले  ट्र्म्पबाट “ मुक्तिमार्ग “ बनाउन सफल भएपनि परिस्थिति उसको  विपरीत नै छ र वैक्सीनेशन भए महामारी माथि विजय पाईसकेपछि पनि अमेरिका आफ्नो आर्थिक सुद्रिढ्ता पाउन निकै लामो समय लाग्ने परिस्थिति देखिएकोले डेमोक्रेटिक पार्टीको लागी समय निकै चुनौतीपूर्ण रहने देखिन्छ ।

                                                           इति