खैरापुर गौशाला


पूर्व प्रधानाध्यापक श्री ओम प्रकाश यादवको बारम्बारको अनुरोध पछि म, पत्रकार महासंघ बर्दियाका अध्यक्ष श्री यादव प्रसाद आचार्य, पत्रकार मेघराज सिग्देल र पत्रकार शिक्षक श्री प्रभात सुवेदीका साथ २०७९÷०९÷१६ गते खैरापुरको गौशाला अवलोकन गर्न गएँ । कृष्णसार संरक्षित क्षेत्रको तारवार नजिक जैनपुर र पंडितपुरको बीचमा जय बागेश्वरी सामुदायिक वनको एरियामा करिब ५ बिगहा खुल्ला चौर मध्येको केही हिस्सामा तारवार भित्र आठ नौ सय गाई जसमा नवजात बाच्छा÷बाच्छी सहित खुल्ला चौरमा उभिएका भेटिए ।
भित्र गए पछि दुईटा लामा लामा टीनका टहरा देखिए । राती गाईहरु त्यसमा बस्दा रहेछन् र टहरा चौतर्फी खुल्ला भएकोले चिसो हावा लागेपछि गाईहरु खुल्ला ठाउँमा जांदा रहेछन् । बाहिर गौढी बनाएर बस्दा तिनीहरुको सुकेको गोबरको धुलो जमिनमा बिछिएको, बरु त्यसमा अन्त भन्दा अलि न्यानो मान्ने गरेकाले गोठबाट निस्केर खुल्ला चौरको जाडोमा गएका रहेछन् । गाईहरु उभिएको ठाउँबाट हामीले हेर्दा कुहिरोले गर्दा गोठ टहरा न देखिएको रहेछ ।
जाडोबाट गोठमा एक गाई र गोठ बाहिर एक बाछो राती मरेका रहेछन् तीनवटा गाई मरणाशन्न रहेका देखिए । यसरी दैनिक मरी रहेकोले जाडोबाट बचाउन प्रयाश गर्नेुपर्ने भन्ने कुरा गौशाला तदर्थ समितिका अध्यक्ष कुलप्रसाद सुवेदी र २ नं वार्ड अध्यक्ष टंक अधिकारीले बताउनु भयो । गौ संरक्षणको लागि पंण्डितपुर र खैरापुरका मानिसहरुद्वारा स्वस्पूmर्त रुपमा गठित तदर्थ समिति गुलरिया नगरपालिका र वार्ड समितिको सहयोगमा ७ जना कर्मचारी कृष्णसार एरियाको चौरमा गाई चराउने र पराल खुवाएर यथाशक्ति सेवा टहल गरेर गाईको पालन पोषण गर्ने गरेकां रहेछन् ।
शिक्षक ओमप्रकाश यादवले आफ्नो निजी लगानीमा केही संरचनाहरुको निर्माण र सेवा कार्य गर्र्नु भएको र जैनपुरका मैकु लोनिया र गुलरियाको पोखरेल होटलका चन्द्रीका पोखरेलले पराल, भुस,नुन, आदि खाद्य सामाग्री तथा मैकुलोनियाले त मरेका गाईलाई कात्रो सम्मको व्यवस्था गरी गाईको अंतेष्टिमा नै सहयोग गर्ने गरेकाले सराहनीय सहयोग कार्यहरु भैरहेका छन् तर विकाराल जाडोले अहिले गाई मरीरहेकाले गोठ घेरेर हावा छेक्ने काम प्रार्थमिकतामा आउनुपर्छ ।
स्थानीय गाईको सेवा गरेर इनको मलमूत्रको सानिध्यमा रहेर तमाम रोगहरु निको हुने गरेको लामो इतिहास सुनिदै आइएको छ भने इनका दूध घिउ दही र महीका साथै मलमूत्र पनि चिकित्सकीय दृष्टिले अनमोल र नितान्त लाभकारी छ । इनलाई आज राज्यले नीतिगत व्यवस्था नगर्ने हो भने भोलीका दिनमा गाई लोपोन्मुख र दुर्लभ जनावरमा पर्न बेर लाग्ने छैन । त्यस पछि राज्यले इनको संरक्षणको भार उठाउनु परेमा ठूलो धनराशि र जनशक्ति लाग्ने कुरा सहजै अनुमान गर्न सकिन्छ । यसकारण बेलैमा सचेत हुन जरुरी छ ।
नेपालमा गाईहरु अकस्मात किन यो दुर्गतिमा पुगे र किसानहरुलाई के चोट पारियो यसको एक सुनुयोजित षडयन्त्रको आभास भै रहेको छ र नेपाल राष्ट्रको एकता, समृद्धि र आत्मनिर्भरतालाई कुंठित, विचलित र निस्तेज पारेर यो देशको दोहन गर्ने कुचक्रीहरुको चक्रव्यूह हो जस्तो लाग्छ ।
प्रकृतिकी अनिंद्य सुन्दरी गरीब छोरी हुन् “नेपालमाता” । यस कारण जो कोही लोफरले इनलाई लालच देखाउँछ या अप्ठ्यारो स्थितिमा पारेर यो “सुन्दरता” वन, पहाड,खनिज र जलसम्पदाको दोहनको कुचेष्टा गरी रहन्छ । यस कुचेष्टाहरुलाई पूरा गरी दिन हाम्रै नेतृत्व वर्ग वि.सं. २०६३ देखी जीव ज्यानले लागी परेको दुखद पक्षका छुट्टै कथा ब्यथा सर्वविदित छन् ।
हामीले लोफर,ट्यापे, मुन्द्रे, आशिक, रसिक,लोभी, बेइमान, जे नाम दिए पनि तिनीहरु एक त स्वयं शक्तिशाली छन् नै, अर्काको कमी कमजोरी पत्तालगाएर लाभ लिन पनि जानेका छन् । उनीहरुले नेपालको अतुल सम्पदाको दोहनको बाटो बनाउनलाई पहिले नेपालका शक्ति र सामथ्र्यको आधार सूत्र र रहस्य पत्ता लगाए । तिनले देशका तमाम जात जाति र धर्मावलम्बीहरुमा पारस्परिक सहिष्णुता, सद्भाव र मेल मिलाप रहेकोले समुदायहरुका माझमा धार्मिक विभेद र उत्पीडन नभएको सर्वधर्म समभावको चरित्र भएको “हिन्दु राष्ट” भेट्टाए । नेपाली एकता र सहिष्णुताको यो सूत्र यस्तो थियो – देवतुल्यराजा ंजनतांहिन्दुराष्ट्र .सहिष्णु, सद्भावयुक्त स्वावलम्बी र सामथ्र्यवान नेपाल ।
दोश्रो मननीय सूत्र । नेपालीको वीरताको जहाँ पनि गुणगान हुन्छ । इतिहासले के देखाउँछ भने जहाँ सत्ताधारी स्वयं सेनाका साथमा लडे त्यहाँ नेपाली सेनाको विजय भएको छ अन्यथा अवस्थाका परिणाम धेरै जसो आशानुकुल र उत्साहजनक रहेनन् । यसलाई सूत्ररुपमा यसरी भन्न सकिन्छ । राजांसेना. उत्साहित र विजयी सैनिक शक्ति ।
यो राष्ट्रिय एकता र वीरतालाई निस्तेज पार्नलाई विदेशीहरुले चलेका चाललाई सूत्रबद्ध गर्दा यसरी भन्न सकिन्छ – राष्ट्र माइनेस राजा । जनता माइनेस हिन्दु राष्ट्र् ‍. शुष्क धर्मनिरपेक्षता . पारस्परिक विद्धैष, कमजोर र परनिर्भर राष्ट्र । यस कारा विदेशी यडयन्त्रमा यस राष्ट्रको प्राण शक्तिका प्रमुख दुई तत्व राजतन्त्र र हिन्दुराष्ट्र झिकी दिए पछि “नेपाल सुन्दरी” लाई लुट्न सजिलो बनाएको भन्ने कुरा प्रष्ट भैरहेको छ र शक्तिशालीहरुले यो देशको सम्पदाको दोहन गर्न लुछाचुडी गरी रहेका छन् । यसै रणनीतिको एक अंग हो गाईको विस्थापन ।
धर्म निरपेक्षतालाई प्रर्वधन गर्नको लागि सर्वप्रथम गौचर मासिए, र पशु जंगलमा चराउन पनि निषेध गरियो । यसबाट घर घरमा पालिएका गाईहरुलाई किसान डोरी फुकाएर धपाउन बाध्य भयो । हिन्दु दर्शनले गाईको शरीरमा सम्पूर्ण तीर्थको वास मानेर गौमाता भनेर पूजा गर्दछ, गोमूत्र खान्छ, गोबरको गौरी बनाएर पूजा गर्दछ । तर अब केही समय पश्चात घाँटीमा लामो प्वांख झुडिएको लोलो र पीठमा जूरो उठेको स्वदेशी गाई लोप भएर जानेछन् र हिन्दुका आगामी पुस्ताले गांैत र गोबर केही पाउँदैन र कालान्तरमा उसका चलन र मान्यता पनि हराउँदै जाँदा धार्मिक सांस्कतिक कार्यहरु कमजोर र ओझेलमा पर्दै गएपछि हिन्दुत्वको पतनको सहयोगी कारण बन्दै जाने छ । बूचडखाना खोलिएर भैँसा भैँसी काटिन सुकुटी बनाएर विदेश सम्म पठाउन थाले कि नेपालमा रांगा भैँसी नै सकिए । भारत गुजरात सम्मका राँगा ल्याइए मासु खाए ।
परिणाम यो भयो कि अब खेतबारी किसानले हलोले जोतने कुरा हरायो । करेसाबारीको लागी पनि महंँगो ज्यालामा टे«क्टर खोज्नु पर्ने, साना करेसा बारीमा टे«क्टरले जोत्न नसक्दा बाँझो रहने स्थिति आयो । देशभरमा टे«कटरको भरमार र डीजलको मंहगाइर्ले हाहाकार । आफ्नो देशमा किसानको घरमा जन्मने राँगा र गोरु नजन्मने भए, विदेशी कम्पनीमा जन्मने टे«क्टर र तेलले नेपालमा बजार लियो । यस अर्थमा पनि किसानलाई पंगु बनाइयो । उसको श्रम, ज्ञान र सीप हरायो ।
त्यसपछिको परिणाम झन् कहाली लागदो भयो । गाई भैँसीको गोबरले किसानको जग्गालाई मल पु¥याएको थियो , त्यो हरायो । किसान विदेशी कम्पनीलाई पैसा तिरेर पनि समयमा र पर्याप्त मल पाएको छैन । विकास र कीटनाशक मलको प्रयोगले भूमि र बाली नाली विषाक्त बनेका छन् र हामी दिनरात विष खाँदै उपचारमा औषधि किन्न व्यस्त गराइएका छौँ । रोगी र जर्जर शरीमा बाँ्रच्न नेपाली बाध्य भएको छ ।
ई हुन् विदेशीका चक्रव्यूह, जसका रणनीति के पहिले राजा हटाए जसबाट जनताको एकता टुट्यो । र हिन्दु राष्ट्र हटेपछि पारस्पीक सद्भाव खलबलियो । गाई, गोरु, राँगा, भैँसीका गोठ हटेपछि विदेशीका गाई नामका जन्तु भित्रिदै छन टे«क्टर मल कीटनाशक र औषधिको लागि नेपाल विदेशी कम्पनीहरुको बजार भएको छ । अहिले सम्म गाईले जंगलको जडीबूटी खाएर शुद्ध आहार विहार बाट उत्पादित दूध, दही, घिउ, प्राप्त हुन्थ्यो अब त्यो दूध छैन , अब त हामी जे पनि पदार्थ खाएका छौं, सबमा यूरिया र विषैलो औषधि मात्र छ ।
अब जापान, कोरिया भारत आदि देशबाट अनुदान भनेर गाईको रुपका जुन पशु आई रहेका छन् ती विकासे गाईको दूधमा दूधको रंग छ तर देशी गाईको दूधको गुण छैन, मूत्र र गोबरमा पनि औषधीय त्यो गुण छैन तर इनीहरुको आयातबाट स्वदेशी गाईहरु को विस्थापन झन् तीब्र भएको छ । विदेशी गाई भित्र्याए पछि देशी गाई विस्थापित हुन्छन् भन्ने राम्ररी सोंच विचार गरेर बनाइएका यी षणयन्त्र मात्र हुन् ।
खैरापुरमा चेतनशील नागरिकहरुले संरक्षण गरे जस्तै देशमा अन्यत्रपनि यस्ता गाई संरक्षण केन्द्रहरु छनु तर राज्यको संरक्षण छैन यद्धपि राज्यले गाईलाई संविधानमा राष्ट््रीय जनावर भनेको छ तर त्यसको दायित्व व्यहोरेको छैन । संंविधानका कुरा हात्तीका देखाउने दाँत सरह मात्रहुन् । यो गौशालामा स्थानीय नगरपालिका र वार्ड समितिको यद्धपि सराहनीय सहयोग रहेको कुरा आएको छ तर उनीहरुको आफ्नै किसिमको क्षमता र सीमाहरु रहेकाले राज्य र अन्य संघ संस्थाको सहयोग पनि अपेक्षित छ र तत्काल जाडो छेक्ने सामग्रीको सख्त आवश्यकता छ ।
यति धेरै जाडोमा खुल्ला स्थान र खुल्लागोठमा गाईले जीवन बिताउनु र बेवारिसी झैँ मर्नु परेकोले देशवासीको लागि लज्जाको विषय हो, चेतनशील नागरिकको लागि देशको र कथित नेताहरुको बारेमा सोच्नु पर्ने विषय हो भने नेतृत्व दिइरहेका असल नेताहरुले नीतिगत सुधार र व्यवस्था बनाउनु पर्ने विषय हो । स्थानीय स्वदेशी गाई पाल्ने बनाउनु पर्ने विषय हो । स्थानीय सरकारले स्थानीय स्वदेशी गाई पाल्ने किसानलाई मात्र अनुदान या बिउ बीजनमा सहयोग हुने जस्ता नीति बनाउँन आवश्यक देखिन्छ ।

5 thoughts on “खैरापुर गौशाला

Comments are closed.