मःमः पकाउने भाँडोमा खीर कसरी पाक्छ

                                                                                      

म्fगसीर ४ गते संसदीय निर्वाचनको लागी राजनीतिक दलहरुले आफनो उम्मेदवार जिताउन त कस्सिने नै भए, तर देशमा भैरहेको लूट, कुव्यवस्था र देश कै स्वतन्त्रता गुम्ने खतरा महसूस गरेर यस पटक जनस्तरबाट पनि सांसद र सभासद को चयन बारे व्यापक रुपमा टीका टिप्पणी भैरहेका छन् र ईमानदार स्वतन्त्र र युवा लाई जिताउन अभियानहरु चली रहेका छन् । निर्वाचन ताका यस्ता कुरा गर्नु र देशलाई मरहम पट्टी लगाउन सकने नेता बनाउने आशा गर्नु अस्वाभाविक होइन । तर मैले कुब्यवस्थाको चुरो कुरामा गएर विचार गर्ने आवश्यकता देख्दछु । यसकालागी इतिहासमा फर्केर मनन गर्नु पर्दछ ।

२०४६ मा कांग्रेस कम्युनिष्टको संयुक्त आन्दोलनबाट राजा वीरेन्द्रले चैत्र २६ गते बहुदलीय ब्यवस्थाको घोषणा गर्नु पर्यो  । तर बहुदलका नेतामा गिरिजा कोइराला र एमाले बीचको सत्ताद्वंद ले यस्तो स्थिति ल्यायो कि देश अस्तब्यस्त भयो, एमालेको रोजको बंद, वन विनाश र उद्दंडताले सबै आजिज भए । ई नेताहरु आफनै शासन ब्यवस्थामा पनि सरकारी कर्मचारी र नेपाली सेना पंचायती भक्त हुन् सेना भनेको राजाको सेना राजा को लागी हो र यी सबै हाम्रो विरुद्धमा छन् भन्ने दुराग्रही मानसिकताको बोली वचनले घोचपेच गरी रह्यो ।  यही कुब्यवस्थामा ६ वर्ष पछि २०५२ मा माओवाद जन्म्यौ । तेसपछि  १० वर्ष सम्म काटमार र विध्वंश जारी रह्यो ।

         प्रचण्ड मान्छेको नाडी छाम्न सिपालु छन् । तिनले गिरिजा कोइराला को मनोविज्ञान छामे । गिरिजा लाई वीपीले हप्काएर कांग्रेस बनाएपनि शुरु अवस्थाको कम्यनिष्ट नै भएकाले तिनको मन जित्न सजिलो लाग्यो । देशको दुइटा शक्ति–जनता र सेनामा जसरी भएपनि यो “कुव्यवस्था जाओस र केही राम्रो  आओस” भन्ने सोंचको विकास हुँदै जानु अस्वाभाविक थिएन  । तर तेश्रो शक्ति –राजनीतिक क्षेत्र, कांग्रेस र तथाकथित कम्युनिष्टले आफनो विकराल शत्रु प्रचण्डको हातमा रहेको बन्दूक को ट्र्गर आफनो हातमा लिन पाए माओवादी को एजेण्डाबाट जनताको मनको बहुदलीय असफलतालाइ भुलाउन सकिन्छ र नयाँ ब्यवस्थामा पनि आफनै हाली मुहाली चलाउन सकिन्छ भन्ने सोंचवश भारतको सहयोग, सल्लाह र अगुवाईमा आजका यी सबै मठाधीशहरु प्रचण्ड भक्ति पाउन लालायित भए र दिल्ली समझौता गरे । कांग्रेस, एमाले सहित सबै पार्टीले माओवादीको एजेण्डा स्वीकारे, अप्रत्यक्षमा देश का सबै पार्टी कम्युनियट भए र आज देशमा आफनो स्वतन्त्र एजेण्डा सहित को प्रजातान्त्रिक पार्टी कोई छैन । देशमा बहुदलीयता त छ तर बहुलवाद छैन । 

     माओवादी कै अगुवाईमा २०६२।६३ मा सबैले आन्दोलन गरे । यी सबैले केही तराईवासीहरुलाई पनि आफनो पछाडी लगाए, जनताको राय लिने नाटक गरे , देखाउनलाई संविधान सभा पनि बनाए तर आफनै हित हुने गरी अंतै कताकताबाट २०७२ को संविधान बनाउन लगाए र घोषणा गरे ।

विदेशीको परामर्श, कांग्रेस, एमाले र माओवादी को आ आफनै स्वार्थ र चतुराईले गर्दा, गौतम बुद्धको अहिंसक र शान्तिप्रिय देशमा हत्या हिंसा भ्रष्टाचार, तस्करी जस्ता काम कुरालाई राजनीतिक योग्यता को मान्यता मिल्यो, बुद्ध र जानकी विस्थापित भए, माओ, लेनिन आदि पूजित भए । राजा हटाएर गणतन्त्र ल्याए, धर्म निरपेक्ष भनेर हिन्दु धर्म र सहिष्णुताको वातावरणलाई बिगारेर बेधर्मिता स्थापित भयो । गाई लाई लत्याएर भैंसीको पूजा गरे, पशुपति मन्दिरमा हस्क्षेप गरे,माधव नेपालको प्रबन्धनमा सरकारी स्तरबाट  क्रिश्चियन उच्च पादरीका समीप स्वयं प्रधानमंत्री वली ले तीन दिन होटलमा बसेर प्रक्रिया पूरा गरेर विधिवत् दीक्षा लिए । देशमा संघीयता लादियो, शैक्षिक वातावरण र ब्यवस्था ध्वस्त गरियो । हिन्दू धर्मावलम्बी जनताहरुमा फूट गराउने उद्देश्यले राम जन्मभूमिको विवाद उठाइयो , नदी, पहाड र वन बेचियो । राष्ट्र्वादिताको नाटक गरेर लिम्पिया धुरा को विवाद उठाई संसदबाट नकशा पास गरे, तर पाठ्य पुस्तकमा जब तेही चुच्चे नकशा छापियो तब आफैले तेसलाई मेटाउन लगाए ।

भोटको राजनीतिमा जातियता र राष्ट्र्यिताको विभेद पैदा गरे । नश्लवादलाई यति हद सम्म विकसित गरे कि प्रधानमंत्री पदमा पहाडी बाहुन क्षेत्री बाहेक अरु कोही जान नहुने विकृत सोंच बन्न पुगेको छ ।  आज नेपाली नेपाली बीच घृणा को बिउ उम्रन थाली सकेकोछ ।  नेपाली जनता मुश्लिम, थारु, जनजाति, दलित, देशी पहाडी, आदि खण्डमा बाँडिए । राष्ट्र्यि एकताले अन्तिम स्वांस फेरी रहेकोछ । यो कुशासनमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका पूर्णरुपेण अस्तव्यस्त, भ्रष्ट र अविश्वसीय भएका छन्, निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान  आयोग र सुरक्षा आदि महत्वपूर्ण अंगहरु कि त भ्रष्ट कि त निकम्मा बनाइएका छन् । यस्ता कामहरुको लामो सूची बन्न सक्छ ।

      यसबाट देश को प्राचीन मान्यता, सौहद्रता, सहिष्णुता र मानव मूल्य नै पविर्तित भयो । देशमा प्रजातन्त्रलाई ओझलमा पारी क्लेप्टोक्रेसी स्थापित भैसकेकोे छ ।  राजनीतिक क्षेत्रका साथै कर्मचारी, ब्यापारी र अन्य व्यवसायकर्मीहरु राजनीतिक दलका भातृ र भगिनी बनेर तथा जनताको माझमा रहेका टाठाबाठा ले झोले बनेर आफनो दूनो सोझो गर्न पाएका छन् । सबलाई फाइदा भएकोछ । खाली देश र निमुखा साधारण जनता मात्र पीडित र दुखी छन् ।

यो मिली जुली भागबंडा गरी खाने आततायी भ्रष्ट राजनीतिक तन्त्र ले जे जे गरे पनि, जनताले  “कुब्यवस्था को अंत हुन्छ र देश र जनताको लागी केही राम्रो हन्छ कि” भन्ने आशै आश मा ३२ वर्ष सम्म अन्याय सँहदै आएको छ । तर एकातिर इनीहरुले MCC पास गरे र सेनाले पनि क्एए मा सम्मिलित हुन अमेरिकी दूतावासलाई पत्र लेखेको कुरा सामुन्ने आयो । साथै विदेशी शक्तिले अफगानिस्तान र अन्य देशहरुमा आन्तरिक विद्रोह गराएर आपूm “महतौ” बनेर झगडा मिलाउने तथा कमजोरलाई सहयोग गर्ने नाममा देश कब्जा गर्ने रणनीति बन्ने प्रबल आशंका देखेर यो चुनावमा तमाम पार्टी समर्थक, र झोले सहित जनता झस्किएको छ र वर्तमान अवस्थाको नेतृत्व परिवर्तनको लागी छटपटाएको महसूस हुन्छ ।

तर देशै भरी स्वतन्त्र अथवा पार्टी कै इमानदारलाई छानी छानी जिताउंदा पनि र शीर्षस्थानमा रहेका छहै जना शिखर नेता – खासमा त तीन जना मात्र _ लाई हराएपनि देश माथिअंतिम शक्ति , नीति निर्देशन पकड त तिनै छ जना कै रहन्छ । संविधान सभामा पनि त सही प्रस्ताव र सुझाव राखने सभासदहरु थिए, तिनको कुरा मानियो त ? यो संसदमा पनि राम्रा नेताहरु थिए । MCC पास गर्न सबै सांसदहरुले कहाँ मानेका थिए र < तर पछि चुँइक्क बोल्न पाएनन् ,दस्तखत गरेर हिंडे । नयाँ मुलकी एैन लेखने जिम्मा पाएकाहरुको सामुन्ने जब अरुकसैले लेखेर तयार गरेको मुलुकी एैन राखियो तब तिनले दस्तखत गर्न इनकार गर्न सकेनन् । संसद, अदालत, अख्तियार, निर्वाचन आयोग कसले आफनो स्वतन्त्र मन मस्तिष्कले काम गर्न पाएको छ < अनि ईमानदार नेताले के नै गर्न सक्छ <

      बहुदलीय ब्यवस्था आएपछि जो नेता कांग्रेस कम्युनिष्टमा पसेनन् चुप लागेर बसे तिनलाई प्रशासनको माध्यमबाट फकाउन पठाए, नमाने पछि प्रहरी लगाए, भूmठा केस बनाएर लखेटे र कुनै पार्टीमा पस्न बाध्य पारे । देशी पार्टी का नेता नेत्रीहरुलाई यति हतोत्साहित र त्रसित गरियो कि तिनले जनताको काम र सहयोग त कता हो कता आफनै ज्यान जोगाउन लाई पनि आफनो पार्टी छोडेर भागे र तिनीहरुको शरणार्थी बन्न पुगे कि सहायक पार्टी भएका छन्  । माओवादीको समयमा यद्धपि कांग्रेस र एमाले कै कार्यकर्ता मारिएर शुरुवात भयो   तर पछि तराई का प्रख्यात ४२ जना नेता मारिए र थुप्रै धपाइए । तराई लाई “विधवा” बनाइयो ।

 पर्टीका सुपर नेतृत्व संग मत मतान्तर भएपछि गणेशमान सिंह र कृष्ण प्रसाद भट्टराई जस्ताहरुले त मन मारेर बहिस्कृत असहाय भएर बस्नु पर्यो, भने आफनै पार्टीका खुम बहादर खडका, जय प्रकाश गुप्ता , र चिरंजीव वागलेहरुलाई मुद्दामा फसाएरर जेल गराएका छन् । माधव नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईहरु घर न घाटका छन् । डाक्टर सीके राउत र रेशम चौधरी ले पाएको यातना, जेलनेल र सहनु परेको अन्याय सबैका सामुन्ने छ । भने वर्तमानमा काठमाण्डू, धरान र धनगढी का स्वतन्त्र मेयरहरु को काम मा कति अवरोध छ ? सबैले देखी रहेका छन् ।  यी स्वतन्त्र मेयर को स्वक्ष छवि सहितको कार्यकाल पूरा हुन दिन्छन् त ? भविष्यमा इनीहरुलाई भ्रष्टाचार या कुनै बलात्कारको केश बनाउन लगाएर जेल पठाउन लगाउन बेर छैन ।

निस्कर्षमा के देखियो भने ठूला मठ मन्दिर लगायत कुनै पनि धर्मको सुपर कमाण्डमा “महन्त” प्रथा छ । अर्थात महन्तले आपूmले तयार गरेको उस्को आज्ञाकारी नै उस्को शेष पछि मात्र उसको गद्दीमा बस्ने नियम हुन्छ । ठिक्क तेस्तै हाम्रो देशमा पनि राजनीतिक महन्त हरु छन् तिनले आफनो र आफनो पार्टीको सुख शयलको लागी संविधान बनाएको हो । संविधान को ब्यवस्था अनुसार, संविधान को ब्यवस्था बिना र संविधान को ब्यवस्थाको विरुद्ध काम गरेर भएपनि आफनो महन्त पद, यसको सर्वाच्चता र शक्ति कायम राखने इनले आफनो अधिकार यस कारण सम्झन्छन् कि यो संविधान इनले बनाएको महन्त प्रणाली को संरक्षण हुने खालको संविधान हो । यी छ जना शीर्ष नेता या यिनले राजीखुशीले बनाएको इनको भक्त नै इनको शेष पछि महन्त हुँदै जाने हो ।  यी नेताहरुले आफूलाई यो संविधान को मालिक सम्झन्छन् र “प्रतिगमन बाट बच्न र संविधान को रक्षागर्ने ” नाम मा महन्तहरुले स्वतन्त्र र ईमानदारलाई लखेट्छन् । लखेटने र बाडीचुडी खाने काममा सबै राजनीतिक दल मिलेका हुन्छन् कसैले कुनै विरोध गर्दैन, सत्यको साथमा कोई उभिएको देखिएको छैन ।  यो  संविधान त मःमः पकाउने प्वालै प्वाल परेको भाँडा जस्तो छ । यस्मा दूध, चामल आदि हालेर खीर कसरी पकाउन सकिन्छ  । सविधान मा उल्लेखित ब्यवस्थाहरुले गर्दा स्वतन्त्र र ईमानदार आदि कसैको कुनै काम छैन, उसले कि त जेलनेल पाउंछ कि अनीति र भ्रष्टाचारको साथी बन्नु पर्दछ । ऊ आफनो नीतिमा सफल हुन सक्दैन ।

यस कारण मतदाताले मान्छे हेरेर जानेबुझेर इमानदार र कर्मठ लाई जिताउन भोट हाले पनि भयो, या आंखा चिम्लेर जो कसैले पाउने गरी दिएपनि भयो अथवा कुनै पार्टीको अनुयायी को रुपमा मतदान गरे पनि भयो, आफनो स्वतन्त्रता हो । हाम्रो निर्वाचन दुनियालाई  प्रजातान्तिक देखाउने एक प्रक्रिया मात्र हो, हात्तीको दाँत होे । यसलाई त शीर्ष ६ जना नेताहरुलाई महन्त रही रहने नवीकरण भन्न पनि मिल्दैन, किनकि निर्वाचनै नभएपनि तिनको शक्ति र सत्ता अक्षुण्ण छ । यदि देशको सम्प्रभुता, अखण्डता र एकता बचाउनै पर्ने हो भने यो संविधान परिवर्तन बाहेक अरु कुनै विकल्प छैन । राज्यमा मठाधीशको महन्त प्रणाली र Tyranny of Multitude -बहुमतीय निरंकुशता)  खतम गर्नै पर्दछ । जनताका प्रतिनिधिले दलीय मर्यादा मा रहे बसेर पनि उसको नैतिक स्वतन्त्रतामा काम गर्न पाउनै पर्दछ ।

                 -लेखक राजनीतिशास्त्रका अध्येता हुन_

3 thoughts on “मःमः पकाउने भाँडोमा खीर कसरी पाक्छ

Comments are closed.