अमेरिकामा चुनावको तरीका

                            

                                               

 अमेरिका मा अंग्रेज मात्र छैनन् , विश्वका लगभग सबै देशका मानिसको बसोबास छ । अमेरिका को पत्ता लागे पछि पहिले त यूरोपियनहरुले अमेरिकामा बस्ती बसाल्न शुरु गरे त्यस पछि चीन, जापान, भारत, मेक्सिको आदि देशका मानिसको आगमन शुरु भयो जो आज सम्म चल्दैछ । २०१९ को तथ्यांक अनसार अमेरिकन ग्रीन कार्ड – जीवन यापन गर्न पाउने केही सामाजिक र आर्थिक अधिकार सहितको दश वर्षे वीसा _ को लागी प्रतिवर्ष औसतमा साठी लाख निवेदन पर्दछन् जसमा दश लाख जतिले ग्रीनकार्ड पाउंछन तेस मध्येबाट अनुमानतः करीब छ लाखले नागरिकता लिन्छन् बाकी त आफना संतान र नातागोतामा आवत जावतको सजिलोको लागी मात्र ग्रीनकार्ड लिएका हुन्छन् ।

      २०१९ मा क्यनाडा र क्यारेबीयन देशबाट १८%, ल्याटिन अमेरिकी देशबाट ५०.३%,  एशियाबाट ३०.४%, यूरोपबाट १०.४%, अफ्रीकाबाट ५.५% प्रतिशत मानिसले ग्रीनकार्ड लिए भने २०१९ को गणना अनुसार कुल जनसंख्याको १३.७% अन्य देशमा जन्म भएका विदेशीले नागरिकता प्राप्त गरेको -अंगीकृत_ देखाएको छ । यसरी अमेरिका एउटा पुनरबासी देश हो भन्ने बुझन पर्दछ ।  यी पुनरबासीहरु केही समय यो राज्य केही समय अर्कै राज्य, अर्कै ठाउँ, बाबु एक ठाउँमा आमा अर्का ठाउँमा संतान अर्कै ठाउँमा, राम्रो काम र अवसर को लागी प्रायः बसाई सरी रहन्छन् ।  अमेरिका ब्यापारी व्यवसायीको देश र नगरीय सभ्यता  भएकोले प्रायः “आफनो काम आफनो ठाम्” को प्रचलन छ, छिमेकी,साथी भाई इष्ट मित्र जस्ता कुरा बन्दै मिटदै रहन्छ, परिवार नाता पनि तफसीलको कुरा हो  ।

        यस्तो थरी थरीका मानिस बाट बनेको देश, कोई कसैसंग टाँसिएर रहने चलन नभएको, सरकारी, अर्धसरकारी सबै काम एक सुनिश्चित सिस्टम मा चलेकोले चिनजान, भनसुन, सिफारिस, नमस्ते, चापलुसी, घूस रिश्वत जस्ता कुरा र अड्डा बारे आम जनताको जानकारी र प्रत्यक्ष संपर्कमा छैन । – विवाह गर्न नगरपालिका र ड्रइविंग लाइसेन्स र नागरिक परिचयपत्र लिन  यातायात कार्यालय सम्म चिन्छन् _ यस तीनवटा विशेषताको वातावरण ले साधारण जनता र नेताका बीचमा प्रत्यक्ष सम्बन्ध बन्न पाउँदैन। जनताले राष्ट्र्पति को नाम त थाह पाउँछन् तर वार्ड देखि मंत्री सचिव कुनै नेतासंग चिनजानको आवश्यकता र अवसर नै छैन । तेहाँ को चुनावलाई बुझन यस पृष्ठभूमिलाई सम्झी रहनु पर्दछ ।

     निर्वाचन आयोग स्वतन्त्र छ । मतदान भंदा निकै पहिले देखि प्रक्रियागत तयारी भैराखेको हुन्छ । स्थानीय मेयर, वार्ड सुपरवाइजर, सरकारी वकील, जज जस्ता पद को निर्वाचन र संसदीय निर्वाचन का पद सम्बन्धी कुरा बाहेक अरु लगभग सबै सिद्धान्त प्रक्रिया उस्तै हो । संसदीय निर्वाचनमा संघीय सदन का सांसद, राज्यको विधानमंडलका विधायक, गवर्नर, सहायक गवर्नर ,राज्यका सेक्रेटरी, कन्ट्रेलर,ट्रेजरर,महान्यायाधिवक्ता, इन्स्योरेन्स कमिश्नर, सुपरिण्टेण्डेण्ट अफ पब्लिक इन्सट्र्क्शन, बोर्ड अफ एक्वालीजेशन डिस्ट्र्क्टि १,२,३,४, आदि पदहरुको निर्वाचन  क्रममा करीब ३ महीना पहिले नै अब कुन कुन पदको चुनाव हँुदैछ, उम्मेदवार को को छ, सबैको परिचय, सरकारले या कोई मानिस या संगठनले नयाँ कुनै कानून बनाउन या संशोधन ल्याउन खोजेको छ भने त्यस्को पूर्ण विवरण र पाठ, मतदाताको अधिकार के के छ ? मतदाता नामावलीमा नाम नदेखिए के गरेर मतदान गर्न पाइन्छ,  के के गर्न पाइंदैन, मतदान केन्द्रको विवरण, मतदानको प्रक्रिया, आदि उल्लेख भएको एक पुस्तक छापेर प्रतेक मतदाताको ठेगानामा पोस्ट गर्छ । यस पटक को पुस्तक १२८ पेजको छ ।

     कानून निर्माण या संशोधनको मांग गर्ने जनतालाई अधिकार छ । कुनै नया कानून या संशोधन को लागी एक नागरिक या संगनले, र  कुनै निर्वाचित सांसद या पदाधिकारी अयोग्य छ भने हटाउनकोलागी तोकिएको संख्यामा नागरिक समूह, या संगठन ले तोकिए बमोजिम प्रस्ताव पेश गरेमा त्यस्ता प्रस्तावहरुको विवरण पनि पुस्तकमा हुन्छ र मतपत्रमा पनि त्यो प्रश्न समावेश हुन्छ जसमा मतदाताले मत दिन्छ ।प्रस्तावकले विभिन्न तरीकाले प्रचार गर्दछ र मत दिन प्रेरित गर्दछ ।  यसरी कानून मा हमेशा जनमतसंग्रह भैरहन्छ । र निर्वाचित पदाधिकारीलाई जनताले हटाउन मत दिएमा रिकाल हुन्छ । रिकालको व्यवस्था नेपाल मा पंचायतकालमा थियो ।  

      मतदान भंदा महिना दिन अगाडी प्रतेक मतदाताको घर डेरामा हुलाक बाट मतपत्र पुगेको हुन्छ । त्यो किताब हेर्दै मतपत्र भर्दै जान सजिलो हुन्छ । मतपत्रमा ल्इ ख्यतभ को प्रावधान हुन्छ अर्थात कसैलाई मत दिन मन नलागेमा नो भोट भन्न पाइयो अथवा मतपत्रमा दीराखेको खाली ठाउंँमा आफनो मन को कोई मान्छे जो उम्मेदवार नै छैन, तेसको नाम पनि आफैले मतपत्रमा लेखेर उसलाई भोट हालेको मत संकेत गरे पनि भयो । 

 चुनाव प्रक्रियामा जान नचाहने योग्य र प्रख्यात ब्यक्तिलाई जनताले राज्यकार्यमा लगाएर सेवा दिन सुविधाजनक बनाएको यो व्यवस्थामा घरमा बसी राखेका नितान्त लोकप्रिय ब्यक्ति जितेको पनि उदाहरणहरु छन् । 

     घरमै बसेर मतदान गरेको भए आयोग ले मतपत्रका साथै पठाएको आयोगको ठेगाना लेखिएको खाममा मतपत्र बंद गरेर आफनो लेटरबक्स या तोकिएको अन्य टाउंमा राखि दिए पुग्यो । भरे को मतपत्र प्रयोग नगरी तोकिएको दिन बूथमा गएर मतदान गरे पनि भयो ।    

       चुनावी पर्चा, पोस्टर, बैनर, नारा, जुलूस, प्रचारक,छलफल,होटल,रेस्टोरेण्ट,बस,घरमा कुराकानी सभा, आदि दुर्लभ चीज हुन बाहिर केही देखिदैन  । प्रचार गरी दिने कम्पनी र सहयोगी समूह ले टीवी, पेपर र घर डेरामा प्रचार का पम्फलेट हुलाकबाट पठाएका हुन्छन् । ब्यक्तिगत सम्पर्क हुँदैन । चन्दा र सहयोग दिने पनि सीमा छ । आजको समयमा, एक जनाले संघीय सांसद पदको उम्मेदवारलाई २९००। अमेरिकी डलर सम्म मात्र चन्दा दिन पाउंछ । प्रत्यक्ष या अप्रत्यक्ष बढी चन्दा दिने लिने ठुलठूलाहरु जेल परेका छन् । वास्तवमा सिस्टममा देशलाई चलाउने सरकारी वकील र चुनाव आयोग हो । सरकारी वकील संग अचम्मको पावर र कार्यशैली को परम्परा छ ।  संघीय, प्रदेशीय या स्थानीय सबै स्तरमा सरकारी वकील र चुनाव आयोगको निस्पक्षता उदाहरणीय मानिन्छ, भारतको प्रमुख निर्वाचन आयुक्त टी एन सेसन ले कुनै समयमा नाम कमाएर रीतिथिति बसाले जस्तै ।      

चुनाव कसैको प्रभाव बिना निस्पक्ष र धांधलीरहित हुनु प्रजातन्त्रमा आवश्यक हुन्छ । तेसो नभएमा प्रजातन्त्रको कुनै अर्थ रहँदैन ।  हाम्रा चनाव पनि दबाव रहित, निस्पक्ष र स्वक्ष र प्रजातान्त्रिक नियम, कानून, ब्यवस्था , वातावरण र मतदाताको सुविधा र न्यायमा आधारित हुन लाई अमेरिकन चुनाव प्रणाली संग केही सिकनु पर्दछ । अमेरिकन चुनावी सरकारी पुस्तक को आवरण र भित्री केही पाना तथा प्रचार समूहले पठाउने पम्फलेट का केही उदाहरण पाठक समक्ष प्रस्तुत छन् ।