अन्तर्राष्ट्रिय नारी दिवस

                                                             अन्तर्राष्ट्रिय नारी दिवस
– अयोध्याप्रसाद श्रीवास्तव

हुनत स्त्री र पुरुष एक रथका दुई पाँग्रा हुन् र दुईटैका अधिकार बराबर हुन्छन् । अझ हिन्दू धर्मशास्त्रलेत पुरुष भन्दा स्त्रीलाई अग्र,उच्च,रप्रतिष्ठित स्थानमा राखेको छ भन्ने कुरा सर्वविदितै छ तर नारी जातिमाथि दमन, शोषण र उत्पीडनका घटना, रीतिरिवाज र परिपाटीबाट समाज मुक्त हुन सकेको छैन । नारीको स्वतन्त्रता र अधिकारप्राप्तीको संस्थागत प्रयास यद्धपि विभिन्न देश र ठाउँहरुमा विभिन्न समयमा भएपनि प्रभावी संस्थापनको प्रयास भनेसोशलिष्ट पार्टी अफ अमेरीकाले फ्रेबुअरी २८, १९०९ मा अमेरिकाको न्ययोर्क शहरमा गार्मेन्ट वर्कर स्ट्राइक १९०८ को सम्मान र सम्झनामा आयोजना गरेको वृहद् महिला सभालाई मान्नु पर्दछ । यो सभालाई अन्तर्राष्ट्रिय नारी दिवसको पहिलो कार्यक्रम मानिन्छ ।
यद्धपि केही व्यक्तिहरुले अन्तर्राष्ट्रिय नारी वर्षलाई न्यूयोर्क शहरमा ८ मार्च, १८५७ मा गारमेन्ट उद्योगमा काम गर्ने महिलाहरुलेसमान पारिश्रमिक र अधिकारका कुरा उठाएर आन्दोलन गरेको दिनलाई नै अन्तर्राष्ट्रिय नारी वर्षको जग भनेर उल्लेख गरेको पाइएको छ तर स्वयं अमेरीकन अनुसन्धानकर्ताहरुले उक्त आन्दोलनलाई पौराणिक कथाजस्तै बताउंछन् र प्रथम दिवस २८ फेब्रुअरी १९०९ लाई नै मान्दछन् । सन् १९१० को.अगस्तमाडेनमार्कको कोपन हेगनमा सोशलिष्ट इन्टरनेशनलको मिटिङले अन्तर्राष्ट्रिय नारी दिवसको विधान बनायो जसमा नारी मताधिकार र समानताका कुराहरु उल्लेखभए । स्मरणीय के छ भने त्यस बेलासम्म महिलाहरुलाई निर्वाचनमा मत दिने अधिकार थिएन । यो सभामा १७ देशका१०० महिलाहरुको उपस्थिति थियो जसमा ३ जना महिला नेत्रीहरुको चयन गरेर आन्दोलन अघि बढाउने निधो भयो ।
१९, मार्च, १९११ मा अष्ट्रिया, डेनमार्क, जर्मनी, स्वीटजरल्याण्ड आदि देशका लाखौं महिलाहरुले ¥याली निकालेर ुच्ष्नजत तय धयचप, चष्नजत तय खयतभ बलम जयमि उगदष्अि यााष्अभु को मांग गरे । तत्कालीन रुसमा१९१३ मा फेब्रुअरीको अन्तिम शनिवार र सन् १९१४ मा फेब्रुअरीको आखिरी आइतवारलाई महिला दिवस मनाउने घोषणा गरे । यस समयमा प्रथम विश्वयुद्धलाई बन्द गर्नकोलागि ‘शान्ति आन्दोलनरभोजन’ को नाममा महिलाहरुद्वारा नाराजुलुसहुंदामहिलाअधिकारकोकुरापनिजोडिएकोथियो।
विभिन्न देशका अलग लग तिथि मितिका क्यालेण्डरले गर्दा यो दिवस मनाउने निश्चित दिन किटान गर्न कठिन भयो । तर १९१४ को सम्मेलनले ८ मार्चलाई अन्तर्राष्ट्रिय नारी दिवस किटान ग¥यो । रुसमा लेनिनका पालामा सन १९१७ मा नारी दिवस मनाउने कुराले मान्यता पायो त्यसपछि विश्वका अन्य कम्युनिस्टहरुर समाजवादीहरुले पनि यसलाई स्वीकार गरे । चीनको कम्युनिष्टहरुले सन् १९२२ देखि महिला दिवस मनाउन शुरु गरे र १९४९ को क्रान्तिपछि ूज्बाि मबथ यााू घोषणा भयो । रुसमा सन् १९६५ देखि महिला विदाको प्रारम्भ भयो ।
तर महिला अधिकारलाई आधिकारिक मान्यता सन् १९४५ मा संयुक्त राष्ट्रसंघको स्थापनाका साथमा भयो । सयुक्त राष्ट्र संघको चार्टर विश्वको त्यस्तो दस्तावेज हो जसमा पहिलो पटक समानताको कुरालाई बलियो बनाइयो ।
यो अन्तर्राष्ट्रिय दिवसमा सम्मिलित हुने महिलाहरुको ड्रेसको रंगकुनैसमयमासेतो,कुनैठाउंमाहरियोरधेरैठाउंमामेहरुनलेमान्यतापायोभने सन् १९४६ मा त्जभचभकबmबपिष्भ िपहेलो राख्ने सुझाव दिनुभएको थियो । कम्युनिस्ट नेत्री त्भचभकब ःबततिि लेूःक्ष्ःइक्ब्ू (पहेलो रंगको पूmल्ने छुइमुई या लज्जावती झार) लाई प्रतिक चिन्ह राख्ने सिफारिस गर्नुभयो ।
संयुक्त राष्ट्र संघको महासभाको निर्णय अनुसार सन् १९७५ लाई अन्तर्राष्ट्रिय नारी वर्षको रुपमा मनाइयो । यसमा ध्यmभलुक च्ष्नजत बलम धयचमि उभबअभ को आवाज विश्वभरी बुलन्द भयो र १९७७ को साधारण सभाले ८ मार्चलाई अन्तर्राष्ट्रिय नारी दिवस को रुपमा मनाउन वैधानिक प्रावधान ग¥यो । त्यसपछि विभिन्न देशहरुले यसलाई उच्च सम्मानका साथ ग्रहण गरे र आ–आफ्ना स्तरबाट यसआन्दोलनलाई समानताको अधिकारको मागको रुपमा स्वीकार गरेका छन् र महिला अधिकारलाई मूर्त रुप दिइरहेको देखिन्छ । अमेरीकाले राष्ट्र्र्यिस्तरमासन् १९२०देखि र ब्रिटेनले सन् १९१८ माघोषणागरेपनिसन्१९२८देखि महिलालाई मताधिकार दिएर महिला आन्दोलनलाई सम्मानदिएकोछ । विश्वमा अहिले एकातिर प्रविधिको विकास र विश्वीकरणले महिला अधिकार र सुविधा सहुलियतको बाटो फराकिलो हुँदै गएको छ तर अर्कोतिर श्रमको शोषण, पारिश्रमिकमा असमानता, असुरक्षा, महिलाप्रति पुरुषको हीन दृष्टिकोण , अपमानजनक ब्यवहाररघरेलूहिंसामा आमूल परिवर्तन आइसकेको छैन ।
महिलाहरुलाई लैंगिक विभेदबाट पूर्ण मुक्तिको वातावण, सामाजिक न्याय,स्वावलम्बीजीवन र सुरक्षाको प्रत्याभूति दिनु वर्तमान समाज र देशहरुका लागि चुनौतीका विषयहरु हुन् । यसका लािग ऋष्खष् िबधबचभलभकक मबथ, धयmभल बलम नष्चकि मबथ, ब्लतष्(क्भहष्कm मबथ, ब्लतष्(मष्कअचष्mष्लष्तष्यल मबथ भनेरकतिपय राज्यहरुमानारीहकअधिकारकोरक्षणका प्रयासहरु भइरहेका छन् भने हिन्दू समाजले ःयतजभचुकमबथ लाई प्रचलनमा ल्याएको छ तर ख्बभिलतष्लभुक मबथरसभ्यवेश्यावृत्ति जस्ता प्रचलनहरुले पुरुषहरुलाई गलत सन्देश प्रवाहित गरेका उदाहरणहरु भेटिन्छन् ।
संयुक्त राष्ट्रसंघ कोसन् २०१७ को नारा थियो ू ध्यmभल ष्ल तजभ अजबलनष्लन धयचमि धयचप स् एबिलभत छण्(छण् दथ द्दण्घण्।ूअहिले विश्वमा ४३ प्रतिशत महिला कृषि कामदार भएकोले तिनको समय र श्रमको सदुपयोग नभइरहेको र २० प्रतिशत भन्दा पनि कम महिला जग्गा धनी भएकोले समानताको बाटो फराकिलो हुन नसकेको सन्दर्भमा एचभकक ायच उचयनचभकक (उन्नतीको लागि दबाव) र द्यभ दयमि यच अजबलनभ को नाराले व्यापकता पाएको छ भने संयुक्त राष्ट्रसंघका महासचिव ब्लतयलष्य न्गतजभचचभक ले “महिला र केटीहरुका अधिकारहरु कमजोर छन्, सीमित र प्रतिवन्धित छन् र खोसिएका छन्, तसर्थसम्पूर्ण शक्ति लगाएर तिनको अधिकारको संरक्षण गरौं ।” भनी १९१७ को नारी दिवसको अवसरमा सबैलाई सचेत गराउँदै सदस्य राज्यहरुलाई पहल गर्न अपेक्षा गर्नुभएको थियो भने यस वर्ष २०१८ को लागि ूत्ष्mभ ष्क लयध स् च्गचब िबलम गचदबल बअतष्खष्तष्क त्चबलकायचmष्लन धयmभलुक ष्खिभकू भन्नेनारा तय भएको छ ।
नेपालको सन्दर्भमा महिला अधिकारको कुरा गर्ने हो भने नेपालको भौगोलिक अवस्था, कृषि प्रधानता तथा ठूला संयुक्त परिवारहरुकोपरिप्रेक्षमा नेपाली नारीले यद्धपि बढी काम गर्नु पर्ने, शोषित हुनुपर्ने र प्रताडित तथा घरेलु हिंसा र सामाजिक लैंगिक विभेद तथा छुवाछुतको प्रचलनले गर्दा दुखित र निम्नस्तरीय अवस्था भन्न सकिने आधार र प्रमाणहरु यद्धपि अझैपनि विद्यमान छन् तर कतिपय देश र समुदायका नारीहरुको अवस्थासंगतुलनागर्दानेपालीनारीकोअवस्थालाईनितान्तसोचनीयभन्नसकिदैन
।नेपालमामहिलाप्रतिकोराम्रोकानूनीव्यवस्थारप्रतेकक्षेत्रमामहिलाहरुकोउपस्थिति,तिनकोसक्रियता,मेहनत,लगनरसफलतालेगर्वगर्नसकनेठाउंदिएकोछ।राष्ट्र्पति,प्रधानन्यायधीशरसभामुखजस्तागरिमामयपददेखिसांसदरकर्मचारीतन्त्रमामहिलाकोसम्मानजनकनिर्भीकउपस्थितिलाईठूलोउपलव्धिमान्नैपर्दछ।तरछाउपडी र बहुपति विवाह, सभ्य वेश्यावृत्ति चेलीबेटीको बेचविखन, छुवाछुतरलैंगिकविभेद जस्ता रोगहरु समाजमा छन् र मधेशी समुदाय र विशेषतया मुश्लिम समुदायमा समानताका कुरा राख्न अझै पनि धेरै गाह«ो छ । सरकारी स्तरबाट २०२० सालदेखि थुप्रै उपक्रमहरु भएका छन्र नारी वर्ष मनाइएका छन् । समानता, स्वतन्त्रता र अधिकारका कुराहरु नियमित रुपमा गरिएकै छन्, संघसंस्थाहरु क्रियाशील छन्, राजनीतिकरसामाजिक कार्यकर्ता, लेखक विचारकरबुद्धिजीवीहरु अनवरत आ–आफ्ना स्तरबाट सहयोगी भूमिकामा देखिन्छन् ।
टेलिवीजन, इन्टरनेट र प्रेस जगत नारी अधिकारप्रति सचेतछन् तर विकृति विसंगतिहरुलाई शून्यमा झार्न अझै धेरै परिश्रम गर्नुपर्ने अवस्था देखिन्छ । हाम्रो देशमा शिक्षित महिलाहरु ४४.५ प्रतिशत भएपनि समान योग्यता, क्षमता र समानस्तरमा ५७ प्रतिशत महिलाले पुरुषभन्दा कम पारिश्रमिक पाईरहेकोभन्नेआंकडाछ। ४८ प्रतिशत महिला लैंगिक हिंसाका शिकार हुने गर्दछन,्घरेलूहिंसालेपनिकमव्यथितपारेकोछैन । पारिश्रमिक विभेद, लैंगिक विभेद, जातिय विभेद लैंगिकहिंसा, घरेलूहिंसा, र छुवाछुत, गुणस्तरीय शिक्षाको अभाव, भ्रूण हत्या, अस्मिताको असुरक्षा, छिमेकी देशबाट अनियन्त्रित रुपमा भित्रिइरहेकोकमसलमानिसहरुकोभावना,विचार,संस्कार र यहाँका समेत असभ्य, कुसंस्कारी अनियन्त्रित युवाहरुको कलुषित दृष्टिबाट रक्षा हुने स्वक्षरनैतिक वातावरणको अभाव हाम्रा मुख्य समस्या हुन् । यिनलाई निमूल पार्नु हाम्रो दायित्व हो ।
अन्तमा, विश्वका सम्पूर्ण नारीहरुमा २०७४ फाल्गुन २४ गते ८ मार्च २०१८ वृहस्पतिवारमा पर्ने १०९ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमासम्पूर्णविश्वकोनारीशक्तिमाभावपूर्णनमनर हार्दिक मंगलमय शुभकामना ।