शिक्षक र विद्यार्थीलाइ श्रीमद्भग्वद्गीताको महत्व

कसैले पढोस या न पढोस तर इसाई धर्मको प्रचारमा हातहातमा बाइबल पुगोस भन्ने अमेरिकन / युरोपियन रणनीतिले गर्दा विश्वमा आज सम्म सब भन्दा धेरै संख्यामा छापिएको पुस्तक बाइबल हो . तर सार्वदेशिक, सार्वकालिक र सार्वजनीन ज्ञान तथा कल्याणकारी विकासको सिद्धान्त समाविष्ट रहेको भन्ने बुझाइमा पुस्तक खरीद विक्रीकालागि विश्वमा सब भन्दा बढी संख्यामा छापिएको पुस्तक श्रीमद्भग्वद्गीता हो . कौरव र पाण्डव का बीचमा भएको पौराणिक कालको द्वित्तीय विश्व युद्धमा युद्धको मैदानमा लडाई शुरु हुन फौज आमुन्ने सामुन्ने उभिएको अवस्थामा पाण्डव पक्षको योद्धा अर्जुनको मनमा अचानक मोह जागेर आयो वैराग्यको जन्म भयो र  अर्जुनले म त युद्ध गर्दैन बरु हार स्वीकार गर्छु भने पछि अर्जुनको रथको सारथी भगवान कृष्णले अर्जुनलाई दिनुभएको उपदेश विश्वको सब भन्दा ठूलो महाकाव्य महाभारत ग्रन्थमा एक अंश को रुपमा रहेको छ र १८ अध्याय ७०० श्लोकको यही अंश श्रीमद्भाग्वाद्गीता नामले पुस्तक प्रकाशन हुने गरेको छ . यसलाई करीब ४५ मिनटमा पढ्न सकिन्छ . यसको दार्शनिक अध्ययन र व्याख्यामा कतिपय अद्ध्येताले पुरै जीवन लगाएका छन् . यो पुस्तक हिन्दु मुश्लिम, सिख, इसाई सबैकालागि समान उपयोगी  भएकोले जो कसैले पनि अध्ययन गरिरहेका छन् . यसलाई धर्म ग्रन्थ भन्दा कर्तव्य अकर्तव्य को मीमांसा,  जीवन दर्शन को ज्ञान पुञ्ज मानिन्छ .

गीताकारले कर्तव्यपालनलाइ मानिसको जीवन सफलता को सूत्र मानेका छन् तर कर्तव्य के हो र के गर्नु हुन्न भन्ने कुरा  ठम्म्याउन  देश काल परिस्थितिमा निर्भर हुन् सक्ने हुनाले एक समयमा एउटाले गर्ने कामलाइ कर्तव्य ,  तर अर्को ठाउमा त्यही कामलाइ अकर्तव्य भन्ने स्थिती आउँन  सक्दछ यस कारण कर्तव्यको सार्वभौम परिभाषा न हुन् सक्दछ . यो दुविधा र असहजता हटाउनकालागि गीताकारले सरल बाटो सुझाएका छन् . तर त्यहाँ पुग्नु भन्दा पहिले धर्म शव्दको अर्थ थाह पाउन जरूरी छ . सनातन  हिन्दु  धर्मावलम्बीहरुले प्रयोग गरिरहेको संस्कृत शव्द धर्म ध्री धातुबाट बनेको छ . धार्यात धर्मम इत्याहू धर्मम धार्यते धियाः . अर्थात धारण गर्ने योग्य विचार र व्यवहार . मानव जातिले जीव र जगत को सर्वोत्तम हितका लागि गर्नु पर्ने कर्तव्य को नाम धर्म हो . त्यस्तै सनातन दर्शनमा प्रयुक्त हुने दुइटा शव्द  मन र आत्माको भाव र अनुभूति पनि अन्यत्र भाषा र धर्म मा पाइदैन , इंगलिश मा धर्म लाइ Religionरिलिजन, मन लाइ Mind माइन्ड र आत्मा लाइ soul सोल भनिए पनि यी शव्दले संस्कृत शव्द को भावनाको अभिव्यक्ति दिन सक्दैनन् . यस कारण गीताको ज्ञान सम्म पुग्नकोलागि यी शव्दहरूको गहिराई मा प्रवेश गर्नै  पर्दछ .

नेपालमा माओवादीले जनसाधारणलाई ज्ञान विज्ञान देखि टाढा राख्ने नीति लिई संस्कृत भाषामा रहेको ज्ञानको अथाह भण्डार लाइ नष्ट पार्दै यसको अध्ययन अध्यापनमा अवरोध गरे देखी  नेपालीको बौद्धिक विकास, चिन्तन र सकारात्मक सोचको दिशा धारा दुष्प्रभावित भएको छ . यस कारण देशले आज बुद्धिजीवी वर्गसंग देश को उद्धारको आशा लिनु  स्वाभाविकै हो र जसको नेतृत्व शिक्षक र विद्यार्थीले लिनु पर्ने अवस्था छ . यो कुरालाई बुझेर कतिपय अन्य विषय का प्रोफेसरले समेत संस्कृत को अध्ययनमा लागि परेका छन् .

नेपालमा राजनीतिकर्मीहरुले २०३५ साल देखि शिक्षक र विद्द्यार्थी संगठनहरुलाई आफ्नो मनोरथ सिद्धिमा प्रयोग गरेको देखिन्छ . आश्चर्यको विषय यो छ कि आज  जहाँ  बुद्धिजीवीहरुले सम्पूर्ण संसारमा शासन सत्तालाई मर्यादित र निर्देशित गरिरहेका छन् , नेपालमा अधिकांश बुद्धिजीवि हरुले भ्रष्ट र अनैतिक चरित्र का राजनीतिक व्यवसायी हरुको पाउ मल्न लागि परेका छन् .अधिकांशको आत्मा मरी सकेको छ, र आफ्नो बुद्धिमत्तापूर्ण शक्तिको पहिचान गुमाउदै गएका अर्जुन जस्तै युद्धको मैदान छोड्ने तयारीमा रहेकाले इनलाई गीता को ज्ञानको आवश्यकता रहेको देखिन्छ .

हुन् त प्रतेक व्यक्तिलाइ गीताको ज्ञानाम्रितको आवश्यकता हुन्छ तर शिक्षक र विद्द्यार्थीहरुको संगठनिक प्रकृति र जुझारु प्रवृत्तिले गर्दा इनले चलाएका अभियान र कार्यक्रमहरुमा जनविश्वास रहने हुनाले अपेक्षाकृत बढी फलदाई हुने,र वृहत्तर राष्ट्रिय हितमा जनपरिचालन सरल हुने गर्दछ .  यद्दपि  जन्भूमि को सेवा प्रतेक नागरिकको दाइत्व हो तर शिक्षक ज्ञानको वितरक र पोषक तथा  विद्यार्थी ज्ञान र साहस को अभ्यासकर्ता साधक भएकोले, र नजान्ने या कम जान्ने भन्दा जान्नेको  दाइत्व बढी हुने भएकोले यो दुइ वर्ग राष्ट्र निर्माणको सवालमा पन्छिन पाउंदैन . उ  कर्तव्य विमुख भएमा पाप लाग्छ . चाणक्य तक्षशिला विश्वविद्यालयका प्राध्यापकै त थिए , तर राजा महाघन नन्दको कुशासनको विरुद्ध उत्रेर चन्द्रगुप्त मौर्यलाइ सघाउन पुगे र तत्कालीन विशाल भारतमा निष्कन्टक रामराज्य स्थापित गर्न सफल भए . युनानका प्लेटो र अरस्तु पनि प्राध्यापकै हुन् सुकरात पनि घुमन्ते शिक्षक नै थिए तर तिनिहरुको विचार र कामले अमर भएका हुन् . विदेशी  इतिहास शिक्षकहरुको योगदानले भरिएका छन् . नेपालका शिक्षकमा त्यस्तो कर्मठता को अभाव हुने कुनै कारण त छैन .

गीतामा भागवान ले  कर्तव्य माथी जोड दिनु हुन्छ र जुन प्रकृतिको पाप बढेको छ त्यही प्रकृतिको साधकलाई अगाडी सारेर पाप उन्मूलन मैले गर्छु त्यसैले अर्जुन यो जिम्मेवारी तिमीले निर्वाह गर्नै पर्दछ भन्नु भएको छ । नेपालमा बौधिक मानसिक प्रकृतिको पाप बढेकोले कुव्यवस्था उप्जेको हुनाले शिक्षक विद्यार्थिले पाप उन्मूलनको अगुवाइ गर्ने दाइत्व बन्न पुगेको छ । गीताको यो अन्श हेरौ ।

यदा यदाही धर्मस्य ग्लानिर्भवति भारत /

अभ्युत्थानमधर्मस्य तदात्मानम सृजाम्यहम ..  ४.७

परित्राणाय साधुनाम विनाशायच दुश्क्रिताम .

धर्म सन्स्थापनार्थाय सम्भवामी युगे युगे ..४.८

यदि मानिसहरु आफ्नो कर्तव्य विमुख हुन्छन , अर्थात धर्म को हानि र अधर्मको वृद्धि हुन्छ तब तब म प्रकट हुने गर्दछु र असल व्यक्तिहरुको उद्धार र पापिहरुको विनाश गरेर धर्म स्थापना गर्ने गर्दछु .

 

कर्तव्यमा तत्पर हुने र कर्तव्यदेखि भाग्ने तीन वटा  कारण मात्र हुन्छन  -१+_ लोभ -२_ मोह -३_ भय . यसमा पनि मृत्युको भय प्रधान हुन्छ . भय अर्थात जीवनको असुरक्षा को खतरा  . तर भगवान कृष्ण ले भन्नु हुन्छ –

नैनम छिन्दन्ति शस्त्रा णि  नैनम दहती पावकः .

नैनम्क्लेदयन्त्यापो न शोशयती  मारुतः . २.२२

आत्मालाई न हतियारले काटन सक्छ, न त आगोले जलाउन, पानीले गलाउन र हावाले सुकाउन नै सक्दछ . त्यसैले मृत्यु को भयको कुरै आउदैन . यसै अध्यायमा आत्मालाई अजर अमर बताइएको छ . इन्द्रिय र विषयको संयोगले सर्दी गर्मि र सुख दुखको अनुभूति हुन्छ तर धीर पुरुष यस बाट व्याकुल हुदैनन् तिनले सबै स्थितिलाई एक समान ठान्दछन . यो सिद्धान्तले मानिसलाई निडर, बहादुर र संयमि बनाउछ र कर्तव्य मार्ग मा डटी रहन सन्देश दिन्छ   .

यसमा लक्ष्य प्राप्तिका तीन वटा मार्ग बताइएको छ . ज्ञान मार्ग, कर्म मार्ग र भक्ति मार्ग . मानिसले आफ्नो  गुण धर्म र प्रकृति अनुसार  कुनै मार्ग को अवलम्बन गर्न सक्दछ . कुनै पनि व्यक्ति कर्म न गरि रहन सक्दैन, तर उसले कर्म गर्न मात्र सक्छ , फलको प्राप्तिमा उसलाई अधिकार छैन –

कर्मन्येवाधिकारस्ते माफलेशुकदाचना .

मा कर्मफल्हेतुर्भूमा तेसङ्गोष्त्वकर्मणी .. २.४७

कृष्ण ले उत्तम कर्म भनेको आफ्नो प्रकृती अनुसारको कर्म हो ।  जब कर्म नगरि हामी रहनै सक्दैनौ भने उत्तम कर्म किन न गर्ने, आफ्नो कर्म छोड्नु नै पाप हो भन्नु हुन्छ ।

श्रेयाँस्वधर्मो विगुणह पर्ध्र्मात्स्वनुश्ठितात .

स्वधर्मे निधनम श्रेयः पर्धमो भयावाहः ..

अर्काको धर्म भन्दा आफ्नो धर्म गुण रहित भए पनि आफ्नै धर्म उत्तम हुन्छ . अर्काको धर्म भयदाई हुन्छ . आफ्नो धर्ममा मर्नु परे पनि उत्तम नै हो .

गीता मा काम क्रोध र लोभलाई नरक को द्वार बताइएको छ . धर्म र अधर्म छुट्याउनु  परेमा शास्त्र कै प्रमाण मान्नु पर्दछ भनिएको छ .

सम्पूर्ण विश्वमा देखिएको कुव्यवस्थाको मूल कारण कर्तव्य र अकर्तव्य नै हो अर्थात धर्मसम्मत काम र अधर्मको काम .  गीता ले निष्काम कर्मयोग को सिद्धान्त प्रतिपादन गर्दछ जसले कर्तव्य पालनमा सरल बाटो बनाउछ . शिक्षक र विद्यार्थिकोलागी निष्काम कर्मको अभ्यास नितान्त आवश्यक छ यसबाट अरुलाई त्यो बाटो हिड्ने मार्ग प्रशस्त भएपछि  सुख र शान्तिको आगमन हुने कुरामा शंका छैन .

– यूनिकोड टाइपिङ्ले गर्दा कतिपय शव्द हरुमा अशुद्धी छ । लेखकको पुस्तक भगवान कहाँ छन र कस्ता छन www.ayodhyashrivastav.com मा पढन अनुरोध छ । लेखक पूर्व प्रशासनिक अधिकारी, प्राध्यापक र अधिवक्ता हुन )