मनुस्मृतिमा शूद्रको स्थिति – डा. विवेक आर्य

  अमेरिकामा जार्ज फ्लायड सम्बन्धि बिबादमा केही स्वघोषित दलित विचारक हरुले केटाकेटीको जस्तो बयानबाजी गरि रहेका छन् । उनिहरुले जसरी अमेरिकाको ब्रिस्टोलमा प्रदर्शनकारीहरुले गुलामको ब्यापार गर्ने एडवर्ड कोर्लस्टोनको मुर्तिलाई ध्वस्त  गरेका छन् , त्यस्तै जयपुरको हाई कोर्ट मा   स्थापित महर्षि मनुको प्रतिमालाई पनि हटाउनु पर्ने भनिरहेका छन् ।

यस्ता बयानबाजीको उदेश्य उद्देश्य    समाज बिशेषको एउटा वर्गलाई भड्काएर  तिनलाई राजनीतिक हतियारको रुपमा प्रयोग गर्नु हो । अहिले सम्मको दलित राजनीतिलाई हेर्ने हो भने प्रत्येक दलित नेता आज ठूलठुला भवनमा बसेका र महगो गाडीमा हिडेका देखिन्छन । जबकी मनु वाद  र ब्राह्मण वाद को व्यवस्था     को नाममा उचालिएका भड्काईएका मतदाताहरु आजपनि जहाँका त्यहि छन् ।  प्रसिद्ध  वैदिक विद्वान  पुर्व उपकुलपति कांगडी बिश्व बिद्यालयका डा. सुरेन्द्र  कुमारले स्वामी दयानन्दको मान्यता अनुसार मनुस्मृतिमा मिलावटी श्लोकहरुलाई सप्रमाण पहिचान गरेर मनु स्मृति सम्बन्धी भ्रान्तिहरुको समाधान गर्नु भएको छ । त्यसलाई स्वीकार नगरेर सधैभरी मनु वाद   र ब्राह्मण वाद  भन्दै  हल्ला मच्चाउनु बितण्डा मात्र हो । यस लेखमा मनुस्मृतिमा शूद्र  को स्थितिलाई पाठक समक्ष यर्थाथ जानकारीको लागि प्रस्तुत गरिन्छ ।

मनु स्मृतिका सम्बन्धमा प्राप्त प्रमाणहरुका आधारमा हेर्दा हामीलाई केही अत्यन्त महत्वपुर्ण र आधारभूत तथ्य उपलब्ध हुन्छन् । जसबाट शूद्र का  बिषयमा मनुका भावनाहरुलाई स्पष्ट बुझ्न सकिन्छ । निम्न अनुसार हेरौँ

) मनुले दलित पिछडा वर्गलाई  शूद्र  भने का छैनन् आज भोली दलित, पिछडा वर्ग र जनजाति भनिने जातिहरुलाई मनु स्मृतिमा  शूद्र  भनिएको छैन । मनु  को व्यवस्था  वर्ण     छ । सबै मानिसको वर्णको निश्चय गुण कर्म र योग्यताको आधारमा गरिएको छ, जातिको आधारमा छैन । यस कारण  शूद्र  वर्गमा कुनै जातिको गणना गरिएको छैन र फलानो जाति को शूद्र  भनिएको छ्रैन । पछिका मानव समाजका अगुवाहरुले बिभिन्न समयमा कुनै वर्ग     लाई शुद्र वर्णमा सम्मिलित गरि दिएका छन् । र केही मानिसले भ्रममा परेर मनुलाई यसको    दोशी   ठहराएका छन्  तर यो  बिकृत  ब्यबस्थाका दोषि हुन्  परवर्ती   व्यवस्थाकार  ’ र यसको दण्ड मनुलाई मिली रहेको छ । न्यायको माग  गर्ने     दलित प्रतिनिधिहरुको यो कस्तो न्याय हो ।

)मनुकृत  शुद्रका परिभाषा वर्तमान कथित शुद्र माथि लागु हुदैन । मनु द्वारा ,गरिएको परिभाषा वर्तमान कथित आजका दलित र पिछडा वर्ग माथि लागु हुदैन । मनुकृत शूद्र   परिभाषा यस्तो छ — जसको ब्रह्म जन्म  विद्याजन्मको रुपमा दोश्रो पटक जन्म हुन्छ । तिनी हरु द्विजाती’ ब्राह्मण, क्षेत्रीय  र    वैश्य  हुन् । जसको ब्राह्मण जन्म हुदैन त्यो एकजातीय अर्थात शूद्र  हो । अर्थात जुन बालक निर्धारित समयमा गुरु सग गएर सस्कारपुर्वक  वेदाध्ययन विद्याध्ययन  र आफ्नो वर्णको शिक्षा दिक्षा प्राप्त गर्दछ  त्यो त्यस्को   बिद्याजन्म’ नामको अर्को जन्म हो । यसलाई शास्त्रमा ब्रह्मजन्म भनिएको छ । जसले मन्दबुद्धिले गर्दा अथवा अयोग्य भएकोले जाने बुझेर  विद्याध्ययन  र तीन वर्णलाई तो तोकिएको  शिक्षा मध्द्धेको कुनै पनि शिक्षादीक्षा प्राप्त गर्दैन त्यो अशिक्षित  व्यक्ती  एक जाति’ ः एकजन्मा अर्थात शूद्र   हुन्छ । यसका अतिरिक्त उच्च वर्णहरुमा दीक्षित भएर पनि जसले निर्धारित कर्म गर्दैन, त्यो पनि शूद्र   भैहाल्छ । (मनु . २.१२६, १६९, १७०,१७२, १०.४ आदी  थप निम्न प्रमाण पनि हेरौँ ः

() ब्राह्मण  क्षत्रियो वैश्य  त्रयो वर्णाः द्विजातयः चतुर्थ  एकजातिस्तु शुद्र नास्तितु पंचमः—(मनु.१०.)

ब्राह्मण, क्षत्रिय  वैश्यलाई द्विजाति भनिन्छ किनकी यिनीहरुको  विद्या  जन्म अर्थात दोश्रो  जन्म पनि हुने गर्दछ तर चौथो वर्ण एकजाति  केवल मातापिताबाट मात्र जन्म हुन्छ ।  बिद्याजन्म प्राप्त नगर्ने हुनाले शुद्र हुन्छ । यी चार वटा वर्ण बाहेक अन्य कुनै वर्ण हुदैन ।

() शुद्रण हि समस्तावद् यावत वेदेन जायत(.१७२)

अर्थात जब सम्म ब्यक्तिको ब्रह्मजन्म ः वेदाध्ययन रुपजन्म हुँदैन, तब सम्म त्यो शुद्र जस्तै हो ।

() नवेलि अभिवादस्य…….. यथ शुद्रस्तथैव सः . १२६

अर्थात जसले अभिवादन विधिको ज्ञान राख्दैन त्यो शूद्र   हो ।

() प्रत्यवायेन शुद्र नाम’ —( .२४५)

अर्थात ब्राह्मण हीन मानिसहरुका साथमा लागेर  उस्तै आचरण गर्न थालेपछि शूद्र  भैहाल्छ । धेरै पछि सम्म शूद्र    यो परिभाषा कायम थियो ।

() जन्मना जायते शूद्र    संस्काराद् द्विज उच्यते ÷— स्कन्द पुराण

अर्थात — प्रत्येक ब्यक्ति जन्मले शुद्र हुन्छ । र उपनयन संस्कारमा दीक्षित भएर द्विज बन्दछ । मनुको यो ब्यबस्था आज पनि बालिद्वीपमा प्रचलित छ । त्यर्हाँ द्विजाति’ र्र एकजाति’ शब्दको नै प्रयोग हुन्छ । शूद्र   लार्इृ अछुत पनि मानिदैन ।

३ शूद्र  अछुत हुँदैन

अनेक श्लोक छन् । जसबाट मनुको शूद्र   प्रति पनि समभाव रहेको शिद्ध हुन्छ  उनले  शूद्र  लाई अछुत निन्दिन अथवा  घृणित मन्दैनथे । मनुले शूद्र  को लागि उत्तम, उत्कृष्ट र शुचि जस्ता बिशेषणको प्रयोग गरेका छन् । यस्ता बिशेष ब्यक्ति कहिले पनि अछुत या घृणित  हुन सक्दैन ।

(९—३३५)। शूद्रलाई द्विजातिको घरमा पाचन र सेवा आदि श्रम कार्य गर्ने निर्देश दिन्छन् । (१—९१, ९—३३४—३३५) कुनै द्विजको घरमा यदि कुनै शूद्र   अतिथि रुपमा आँउछ भने उसलाई  भोजन गराउने आदेश दिन्छ । (३.११२) द्विजलाई आफ्नो नोकरहरुलाई जो की शूद्र   हुन्थे , पहिले भोजन गाएर आफूहरु पछि मात्र खाने भनिएको छ ।

 (३.११६) के आजको वर्ण रहित  सभ्य  समाजमा  नोकरहरुलाई पहिले भोजन गराईन्छ  तिनको त्यति हेरबिचार गरिन्छ ? कति मानवीय कृपापुर्ण र सम्मानित दृष्टिकोण मनुको थियो ।

बैदिक बर्ण ब्यबस्थामा ब्रह्माको मुख, बाहु, जंघा र खुट्टाबाट क्रमशः बाह्मण, क्षत्रिय, बैश्य र शूद्र   को  अलंकारिक उत्पत्ति बताईएको छ । (१.३१) यसबाट तीन वटा निष्कर्ष निस्कन्छन् । (१) चारै वटा वर्णका मानिस परमात्माका एक समान सन्तान हुन । (२) एक आपसका सन्तानमा कोई अछुत या घृणित हुनै सक्दैन । (३) एउटै  शरीर   को एक भाग हो खुट्टा , अनि खुट्टा अपवित्र कसरी हुन सक्छ ? यस्तो श्लोकहरु छँदा छँदै मनुले शुद्र संग विभेद गरेका हुन भनेर कसले भन्न सक्दछ ?

४ शूद्र लाई सम्मान ब्यबस्था

मनुले सम्मानको बिषयमा  शूद्र   लाई बिशेष छुट दिएका छन् । मनुले प्रथम तीन वर्णमा धेरै गुणको आधारमा धेरै सम्मान दिनु पर्दछ  भनेका छन् । जसमा बिद्यावान सर्वाधिक सम्मान्य हुन्छ । (२.१११,११२,१३०) तर शूद्र  प्रति बढी सद्भाव प्रदर्शित गर्दै  द्विज वर्णको ब्यक्तिले बृद्ध  शूद्र  लाई पहिले सम्मान गरुन’ भनेका छन् । जबकी मनुको शूद्र   अशिक्षित हुन्छ । यस्तो सम्मान अन्य तीन वर्णामा कसैलाई दिएको छैन । र्

मानार्हः शूद्रो s पि दशमी गतः’ (.१३७)

अर्थात बृद्ध शूद्र  लाई ई सबै द्विजले पहिलो सम्मान देउन । त्यस पछि तीन वर्णमा धेरै गुणवान सम्मानको पहिलो पात्र हो ।

) शूद्र लाई धर्मपालनको स्वतन्त्रता

नधर्मति प्रतिषेधनम’ (१०.१२६)

अर्थात शूद्र  लाई धार्मिक कार्य गर्न निषेध छैन । भनेर मनुले शूद्र  लाई धर्मपालनको स्वातन्त्रता    दिएका    दिएका   छन् ।  यस तथ्यको ज्ञान त्यस श्लोकबाट पनि  हुन्छ, जसमा मनुले शूद्र  सग पनि उत्तम धर्मलाई ग्रहण गर्नु पर्दछ, भनेका छन् । (२.२१३) वेदमा शूद्र  लाई स्पष्टतः यज्ञ आदि गर्न र वेद शास्त्र पढ्ने अधिकार दिएको छ ।

यथेमा वाचं कल्याणी मावदानि जनेभ्यः

ब्रह्मराजन्याम्यां शुद्रय चाययिच स्वयम चारणाय ।।(यजु.वे २६.)

अर्थात मैले यो कल्याणकारी वेदवाणीको उपदेश सम्पुर्ण मानिसहरु ब्राह्मण, क्षत्रिय , शूद्र   , वैश्य, स्वाश्रि, स्त्री,  भृत्य  र अतिशुद्र आदिको लागि गरेको छु  ।

मनुले आफ्नो मनुस्मृतिलाई वेद अनुकुल रहेको भनेर दृढ प्रतिज्ञ छन् । तसर्थ वेदमा आधारित भनिएकोले मनुका मान्यता पनि वेद सम्मत नै छन् । यही नै मुख्य करण हो की  उपनयन (यज्ञोपवीत ) प्रंसगमा कही पनि शूद्र  को उपनयनलाई निषेध गरेका छैनन् ।

)दण्ड ब्यवस्थामा शूद्र  लाई सबैभन्दा कम दण्ड  अब मनुको दण्ड ब्यबस्थालाई हेरौँ । मनुले  शूद्र लाई कठोर दण्ड विधान गरेर र ब्राह्मणलाई बिशेषधिकार दिएको भन्नु नितान्त गलत हो । मनुको दण्ड ब्यबस्थाको मापदण्ड हो गुण — दोष र आधारभूत  तत्व — बौद्धिक स्तर, सामाजिक स्तर, पद र अपराधको प्रभाबलाई मानेका छन् । मनुको दण्ड व्यवस्था  यथायोग्य दण्ड व्यवस्था  हो , जो मनोबैज्ञानिक छ । यदि मनुले गुण कर्म र योग्यताको आधारमा उच्च वर्णहरुलाई धेरै सम्मान र सामाजिक स्तर प्रदान गर्दछन् । यसरी मनुको दण्ड ब्यबस्थामा शूद्र   लाई सबभन्दा थोरै दण्ड छ । ब्राह्मणलाई सबै भन्दा धेरै छ तथा राजालाई त्यसभन्दा पनि बढी छ । मनुको यो सर्वमान्य दण्ड व्यवस्था सबै ठाँउमा लागु हुनु पर्दछ भनेका छन् ।

अषदाद्यंतु शुद्रस्य स्तेये भवती किल्विषम

षोडशैवतु बैश्यस्य द्वात्रिंशम् क्षत्रियस्त ।।

ब्राह्मणस्य चतुः पष्टि पर्ण वार्डाप शत भवेत

द्विगुणा वा चतुःषष्टि, द्दोष गुणविद्धिसः ।। (३३७,३३८)

अर्थात चोरी आदी अपराधमा  शूद्र  लाई आठ गुना दण्ड दिनु पर्दछ । वैश्यलाई सोलह गुण, क्षत्रियलाई बत्तिस  गुना, ब्राह्मणलाई चौसठ्ठी गुना अथवा सय गुना अथवा एक सय अठ्ठाईस गुना दण्ड दिनु पर्दछ । किनकि उत्तरोत्तर वर्णका ब्यक्ति अपराधका गुण दोष र त्यसको परिमाण र प्रभाव आदीका बारेमा राम्ररी थाह पाएका हुन्छन् ।

यसका साथै मनुले राजालाई आदेश दिएका छन् कि उक्त दण्डमा कसैलाई कुनै छुट दिनु हुदैन चाहे त्यो आचार्य , पुरोहित या राजाका आमा बाबु नै किन न होउन । राजाले बिना दण्ड मित्र लाई पनि छोड्नु हुदैन र कुनै समृद्ध ब्यक्ति शारीरिक दण्डको सट्टा विशाल धन दिएर उम्कन चाहेमा छोड्नु हुदैन । (८.३३५, ३४७) 

अब हेरौ त मनुको दण्ड ब्यबस्था कति मनोबैज्ञानिक, न्यायपुर्ण, ब्यबहारिक र श्रेष्ठ प्रभावी छ । आजको दण्ड ब्यबस्था संग यसको तुलना गर्ने हो भने स्पष्ट अन्तर देखा पर्दछ । मनुको दण्ड ब्यबस्था अपराधको प्रकृतिमा आधारित छ । उनले गम्भीर अपराधमा कठोर दण्डको विधान गरेका छन् भने सामान्य अपराधमा  गर्ने      चारै  वर्णलाई सामान्य दण्डको विधान गरेका छन् । शुद्र को लागि मनुस्मिृतिमा जुन कठोर दण्ड बिधान पाईन्छ ।    ती  श्लोकपछि मिलाईएका ईएका हुन् । ती मनु का रचना होईनन् , शूद्र  दास होईनन,  दास बनाउने अथवा तीनलाई जीविका नदिने भन्ने भनाई मनुका निर्देशन बिपरित छन् । मनुले सेवकहरुको पारिश्रमिक स्थान र पद अनुसार तोक्नु र तीनको पारिश्रमिक अनावश्यक कटौती नगर्नु भनि राजालाई निर्देशन दिएका छन् ।

शूद्र  सर्वण हुन ः वर्तमान मनुस्मिृतिलाई हेर्दा परवर्ती समाजले यसका       थुप्रै व्यवस्था हरुलाई आफ्नो सुबिधाअनुकुल बदलेको स्पष्ट देखिन्छ । । मनुले  शूद्र  सहित चारै वर्णलाई सवर्ण मानेका  छन् र चारै भन्दा भिन्नलाई असवर्ण (१०.४.४५) तर प्ररवर्ती समाजले शूद्र   लाई असवर्ण भन्न थाल्यो । मनुले शिल्प र कारीगरी आदि गर्नेलाई वैश्य  भनेका छन् । ( ३.६४, ९.३२९, १०.१९, १०.१२०) तर परवर्ती समाजले तिनलाई पनि  शूद्र  बनाएका हुन् । यस्तै मनुले कृषि र पशुपालन पनि वैश्यको काम भनेका छन् । (१.९०)तर शताब्दियो देखि ब्राह्मण र क्षत्रिय पनि कृषि  पशुपालनमा लागेपनि तिनलाई वैश्य भनेन् । तब यसलाई  मनुको ब्यबस्था कसरी भन्न सकिन्छ ? मनुको ब्यबस्था न्यायपुर्ण छ तिनले कुनै वर्ण  संग अन्याय र पक्षपात गरेका छैनन् ।

साभार — मनुका बिरोध क्यो ? पुस्तकबाट लेखक डा. सुरेन्द्र कुमार

                                            लेख अनुवादक अयोध्या प्रसाद श्रीवास्तव