नारी को व्रत : नारी को अधिकार

                     

                                                                           अयोध्या प्रसाद श्रीवास्तव

सृष्टि को उषा काल मा हाम्रा आदि पुर्खा जब परिवार, घरबार, भाषा, भेषभूषा विहीन अज्ञानी र पूर्ण जंगली अवस्था मा पशु जस्तै हाहु गर्दै एक्ला एक्लै घुमन्ते थिए त्यस बेला प्राकृतिक भावना ले स्त्री र पुरुष आज को जनावर झैँ सहवास गर्दथे, यसको परिणाम सन्तान हो भन्ने सम्म थाहा थिएन , तब सन्तान आमा बाट जन्मे पछि पालन पनि आमा बाटै हुन्थ्यो, पित्रत्व भन्ने कुरा थाहै थिएन।  प्राकृतिक रूप मा बच्चा हरू को माया ले ल्याउने सामीप्यता ले गर्दा शुरु मा मातृसत्तात्मक परिवार बनेको अनुमान गरिन्छ। ई  बच्चा हरु लाई आमा को आदेश लाभदायक लाग्यो  र आग्यापालन को  स्वभाव को विकास भयो ।

         लगत्तै पछि, स्त्री पुरुष को सम्बध ले  माया को  स्थिरता लिन थाल्यो , र पुरुष ले स्त्री लाई खाने कुरा खोजेर  ल्याई  दिन , घाम पानी हुरी बतास र शत्रु बाट रक्षा गर्न अघि बढन थाल्यो ।  यो स्थिति स्त्री को कोमल स्वभाव, मायालु र आकर्षक स्वरुप  ले गर्दा भयो तर जब पुरुष को रक्षात्मक अभिभावकीय भूमिका को विस्तार भयो , कर्तव्य को दायरा फराकिलो हुदै गयो, तब नारी मा बालबच्चा को सिहार सुसार र सेवा को तल्लीनता बढ्यो र कार्य निर्धारण र  कार्यविभाजन हुन पुग्यो तथा बढी जीम्मेवारी  बोक्ने पुरुष को आज्ञापालन ले प्रमुखता पायो, परिवार र घर बन्यो र पुरुष प्रधान समाज को विकास भयो। 

             ई  काम हरु स्त्री या पुरुष ले ज्ञान बुद्धि लगाएर गरेका होइनन ।  मानिस को प्राकृतिक स्वभाव, अवस्था र परिस्थिति ले गर्दा भएको थियो ।  ” कर्तव्य को आगन मा अधिकार को जन्म हुन्छ ” जसले जति धेरै  किसिम का काम गर्दछ , त्यसको त्यस क्षेत्र मा परायणता र अनुभव ले  आज्ञा लाई जन्म दिन्छ, जो प्रथा को रुप मा देखा पर्दछ र कालान्तर मा आदेश को रुप मा चिनिन्छ।  यसरी समय, अवस्था, स्थान, आवस्यकता, परिस्थिति आदि प्रधान  तत्व ले मातृ सत्ता को  हाम्रो समाज  पितृ सत्ता मा परिणत  भएको कुरा अध्ययन, अनुसन्धान र प्रयोग को निष्कर्ष हो, यद्दपी यस कुरा मा मतभिन्नता न भएको होइन।

      जुन बेला संगठन, सुरक्षा र नियम को अभाव थियो, त्यस बेला को परिस्थितिजन्य मनोविज्ञान नै व्यवहार निर्धारक तत्व थियो, यही व्यवहार  नै प्राकृत धर्म मा ‘ सनातन धर्म ” थियो।   जसलाई भौगोलिक नाम मा  ” हिन्दु ” नाम प्राप्त भयो। जसको विकास हुदै आएको छ ।  प्राकृतिक मनोविज्ञान को व्यवहार ” धर्म ” भएकोले  यसको निर्माण या घोषणा को तिथि मिति र निर्माता संसथापक कोइ छैन।  त्यो व्यवहार , प्रक्रिया, जीवनशैली जसले मानिस लाई सुरक्षा र समुन्नति दियो , जस्लाई मान्दा राम्रो हुने र नमान्दा हानि हुने भयो , उपयोगिता को आधार मा मान्य या अमान्य भयो , फलस्वरूप यसको प्रचारक, या विस्तारक या भय त्रास लोभ देखाएर यस बाटो मा लगाउने कोइ भएन आज सम्म छैन ।  जसले मान्यो,  मान्यो ।   मानेन, मानेन ।   या घटी बढी को कुरा पनि आएन। 

    काम को प्रकृति अनुसार काम का तरीका हुने नै भए ।  मौसम, स्थान र वातावरण अनुसार हावा, पानी, घाम, गर्मी , जाडो, भोक, प्यास, रोग, र शत्रु देखि रक्षा को लागि वलिष्ठ शरीर को आवश्यकता थियो। जसका लागि स्त्री पुरुष सबै ले केही तरीका र अभ्यास को विकास गरे , व्रत, उपवास , रोजा , फ़ास्टिङ्ग , कुनै महिना विशेष मा कुनै कुनै चीज नखाने परिपाटी आदि को विकास भयो ।  नारी जाति माथि कालान्तर मा प्रारम्भिक पाठशाला  ” परिवार ” की शिक्षिका, सैनिक, अभिभावक र व्यवस्थापिका को  बहुमुखी भूमिका बन्दै गएको थियो ।  यस कारण नारी ले आफ्नो लागी केही विशेष तरीका र अभ्यास को विकास गरिन ।  नारी को उपयोगिता र ममता, त्याग र बलिदानी व्यक्तित्व  ले  उन लाई दैवी गुण सम्पन्न मानियो र देवी को पूजनीय स्थान प्राप्त भयो ।  यस ” धर्म ” या  ” जीवन पद्धति ” मा नारी ले पुरुष लाई र पुरुष ले नारीलाई यो यो काम गर्नु पर्छ भनेर कुनै, दबाव, प्रभाव , तोक आदेश आदि गरेको होइन, वेद ले भन्दैन ।  जसले जे मान्यो र पालन गर्यो , आफ्नो, परिवार, र समुदाय को हित को लागी गर्यो ।  त्यसैले त समाजशास्त्री हरुले ” अधिकार भने को सामाजिक जीवन का ती परिस्थिति हुन् जसको अभाव मा मानिस को विकास हुन् सक्दैन ” भने का छन्।  अर्थात मानिस को इच्छा अधिकार होइन, आवश्यकता र सामाजिक स्वीकृति का साथै राज्य को मान्यता प्राप्त  सुविधा लाइ अधिकार भन्नु पर्दछ जो नियन्त्रित हुन्छ।  यो गम्भीर अर्थ मा प्रयुक्त हुन्छ। 

     एशिया माइनर बाट शिन्धु नदी को इलाका मा आएका मानिस हरु ले वेद लेखे।   सनातन धर्म मा सर्वमान्य र सर्वोच्च वेद हो।  वेद भन्दा प्राचीन हिन्दु धर्म मा मात्र होइन, विश्व मै कुनै ग्रन्थ  छैन ।   वेद मा तमाम नारीहरु मन्त्रद्रिश्टा  ऋषिका छन् ।   जसले वैदिक युग मा स्त्री पुरुष को बीच मा कुनै भेद भाव न रहेको कुरा को पुष्टि गर्दछ।  त्यस युग मा जाति भन्ने थिएन,वर्ण व्यवस्था थियो । जसको अर्थ योग्यता , क्षमता अनुसार काम गर्ने    स्वतन्त्रा थियो।  काम को वर्गीकरण गरिएको  थियो।  नीति निर्माण, रक्षा, उत्पादन र वितरण, तथा सेवा र श्रम ।  जो जुन काम मा  लाग्यो , चिकित्सक लाई डाक्टर , रक्षक लाई सैनिक , श्रमिक लाई मजदूर भने जस्तै ब्राहमण ,क्षत्री,वैश्य ,र शूद्र भनिए , काम को प्रकृति र जोखिम आदि का सन्दर्भ मा काम अनुसार स्तर त हुने नै भयो ,  तर  काम गर्ने लाई सानो, ठुलो, अछुत , आदि भनिएन ।  योग्यता, दक्षता, ग्यान, शीप, कला बाट सब को स्थान या वर्ण निर्धारित हुन्थ्यो जसमा जन्म को कुनै भूमिका थिएन ।  यस कारण त्रेता मा क्षत्रीय राजा विश्वामित्र महर्षि, सानो काम गर्ने महिला का पुत्र वशिष्ठ र व्यास, महर्षि भए , दासी पुत्र विदुर नीतिशास्त्री मन्त्री, दासी पुत्र चन्द्र गुप्त राजा  बनाइए का थिए ।  ऋषि पुत्र परशुराम क्षत्री भए ।  यस युग को कुरा गर्ने हो भने  बडही काम गर्ने सुकरात सन्त ऋषि भए,र युद्ध लडन जादा सैनिक भए ।  बनबासी शबरी को जुठो फल राज कुमार राम ले खाए । 

         सिन्धु घाटी का मानिस हरु को विस्तार पूर्व तर्फ बढदै गयो र उत्तर पूर्व बाट मंगोल हरु पश्चिम र दक्षिण बढे।   मानिस को जीवन पद्धति मा बदलाव आयो र  स्वयम्भू मनु द्वारा मनुस्मृति लेखियो।   जसो जसो सभ्यता को विकास भयो, धर्म को व्याख्या का रुप मा समकालीन सामन्जस्य गर्न एक एक गर्दै विभिन्न  पुराण उपनिषद हरु  विकसित भए इनका रचैता पनि कोइ भएन ।  पहिले को जुन कुरा ठिक थियो कायम रह्यो जुन सटीक भएन त्यो हट्यो । यसरी हिन्दु धर्म मा शास्वत मूल्य अपरिवर्तनीय रह्यो र विधि प्रक्रिया र नियम हरु परिवर्तनीय बन्न पुगे

पछि धर्म को अन्तिम व्याख्या गर्ने चार शंकराचार्य र कुम्भ को रुप मा १४ ,१४  वर्ष मा धर्म संसद को व्यवस्था छदैछ।   

        तर मध्ययुग ले अप्ठेरो ल्यायो । पश्चिम का मानिस हरु ले पूर्व को दुनिया को पत्ता लगाए , र  बाटो खोजे । शुरु मा त पश्चिम का सिकन्दर आदि आए र तमाम राजा हरु लाई जिते, मार काट, लूट पाट गरे दास दासी बनाएर लगे तिनलाई जनावर झैँ बजार मा बेचे।  दासदासी लाई मानिस भनिदैनथ्यो, ती वस्तु हुन्थे , तिनलाई मनोरंजन का लागी खेल मैदान मा नाङ्गै दौडाउने, नाक- कान, छाती काटेर कुद्न लगाउने, बाघ भालु संग लडाएर मृत्यु  को तमाशा हेर्ने आदि दुर्व्यवहार  हुने गर्दथ्यो  पछि  इरान र उज्वेकिस्तान बाट मानिस अफगानिस्तान पसे र त्यहा बाट सिन्धु हुदै आज को भारत मा पसे।  तिनीहरुले लुटपाट, घर  जलाउने , पानी को मुहान र इनार हरु मा विष हाल्ने , नरसंहार गर्ने ।  पुरुष त प्राय युद्ध मा मारिने तर नारी जाति लाइ बाधेर राख्ने, सैनिक हरु ले सामूहिक भोग गर्ने र अन्त मा  पश्चिम मा लगेर दास दासी भनेर बेच्न थाले त्यो  नारकीय  जीवन  भन्दा नारीहरु ले   मृत्यु  नै  रोजे पछि  नारि हरु ले , (१) आफ्नो राजा हार्ने सुनिश्चित खबर पाएपछि हजारौ नारीहरुले एक साथ् बले को आगो मा प्रवेश गर्ने ( जौहर व्रत गर्ने ।  (२) अवसर पाए सति जाने।  (३) अचानक पर्यो भने तलवार या छुरी ले आत्महत्या गर्ने ।  (४) काखे बालक या बृद्धा भएमा सृन्गार आभूषण आदि त्यागेर कुरूप देखिने ( भरसक कोई पुरुष आकर्षित नहुने ) गरि भेष बनाउने र कुनै शुभ कार्य उत्सव आदि मा जान न हुने, अशुभ हुने भन्ने  चलन बनाउने क्रिया  हरु  मान्य  भए  र  सामाजिक मान्यता  र  राज्य  को  स्वीकृति   नै  पाए  I मध्य  युग  को  जाति  व्यवस्था  ले  यस  लाइ  जातीयता  संग  जोड्यो  र  अनिवार्य  गरे   र  तमाम  विकृति  हरु  आए   I सतीप्रथा  लामो  समय  सम्म चल्यो  तर  अग्रेज को पहल मा भारत मा निषेध भयो पछि नेपाल मा पनि राणा सरकार ले रोक्यो  I  

         वैदिक नारी हरुले बनाएका केही व्रत हरु तीज पंचमी आदि शास्त्रीय बने भने केही व्रत स्त्री पुरुष दुवै का लागि र केही त सन्तान या धनलाभ या सुस्वास्थ्य को कामना ले स्थानीयता को आधार मा पनि बनेका छन् ।  केही त पण्डित पुजारी हरु को दर्शन या पाखण्ड मा , केही शासन प्रशासन को प्रशन्नता मा र अन्य विविध कारण र आडम्बर मा पनि व्रत, चाड पर्व हरु बने का छन् जसको मुख्य आधार स्रद्धा र विश्वास पनि हो।  फल्ने पनि विश्वास नै हो। 

      हिन्दु कै  सबै  समुदाय  ले  सबै  व्रत सबै  ठाउमा  गर्दैनन्  र गर्ने ले पनि एउटै तरिका ले गर्दैनन्अलग अलग तरीका ले गर्छन ।   व्रत हरु बस्नै पर्ने भनेर कहिले पनि अनिवार्य  गरिएको इतिहास छैन, र आज पनि  इच्छाधीन नै छ।  कुनै कर काप ले तीज पंचमी मनाउन लगाएको थाहा पाइए को छैन। सबै समुदाय मा अविवाहित ले यो व्रत बस्ने चलन थिएन र यो व्रत बस्नअविवाहित ले यति रहर गर्दथे कि कहिले विहे होला र व्रत बस्न पाइला भन्ने सम्म को व्यग्रता देखिन्थ्यो । तर रहरै रहर मा  अहिले को समय मा त झन् कन्या केटी हरु पनि व्रत बस्न थाले का छन्,   चलन यस्तै बन्ने त हो।  ।

    अब त रास्ट्रीय राज्य हरु छन् पहिले को जस्तो जीवन र स्वतन्त्रता को हरण को  खासै भय छैन ।  यस कारण अनुपयोगी प्रथा हरु निसन्देह हटाउनै पर्छ, हाम्रो मान्य  परम्परा पनि हो । नारीहरुले ग्यान, शौर्य, उन्नति प्रगति मा  अगाडी बढनै पर्छ ,  तर कोई दुइ  चार जना को लहड मा मात्र संस्कृति  मास्न  भने पाइदैन ।

      केहि समय पहिले विद्वान हरुले, सर्वमान्य वेद संग बाझिने गरि  मनुस्मृति र रामायण महाभारत मा व्यवस्था किन भयो ? स्त्री र  शुद्र को निन्दा र तल्लो स्तर तथा जाति व्यवस्था  र छुवाछुत कसरी राखियो भनेर अनुसन्धान गरे,  विदेशी विद्वान हरु संग पनि निकै छलफल  भयो ।  अन्त मा बडो विचित्र र घिन लाग्दोकाम कुरा भए को देखियो ।  मनुस्मृति आदि ग्रन्थ हरु मा कुनै एउटा प्रसङ्ग चली रहेको तर बीच मा अचानक कुनै अर्कै थोक उल्लेख भएको  श्लोक पाइएकोले  बीच बीच मा श्लोक हरु थप घट  भए को कुरा भाषा र प्रकृति को भिन्नता समेत को आधार मा  स्पष्ट भयो ।  भाषा  विशेषज्ञ  हरुले ती थप घट मुश्लिम शासक हरुले भारत मा आफ्नो शासन  सुगम बनाउन का लागि विद्वान हरु लाइ लगाएर शास्त्र मा संशोधन गराए का हुन्।  वेद मा किन संशोधन भएन त भन्दा त्यस बेला वैदिक संस्कृत हटेको र शास्त्र भाषा  लौकिक संस्कृत नै समाज मा प्रचलन मा भएकोले प्रचलित ग्रन्थ हरु मार मा परे का रहेछन । तसर्थ सौभाग्य ले सर्वमान्य र मुख्य ग्रन्थ वेद विग्रिन पाएन । 

      हिन्दु धर्म विशुद्ध वैज्ञानिक र मनोवैज्ञानिक छ तथा “ वशुधैव कुटुम्बकम र सर्वे भवन्तु सुखिन” को मूल्य बोकेको छ।  जसमा हिन्दु ले  सूर्य, चन्द्र, पृथ्वी, वायु आकाश, अग्नि, नदी, तलाउ , पर्वत , ढुङ्गा, वन, वनस्पति, मानिस, पशु, पंक्षी, सर्प र गोबर सम्म मा त भगवान देख्छ ,  विद्या, धन र युद्ध (  तीन वटै शक्ति ) की नारी को स्वरूप को पूजा हुन्छ, अझ नेपाल मा त जीवित कुमारी को राष्ट्रिय पूजन नै  हुन्छ , र दुनिया का प्रमूख बौद्ध , इश्लाम, र क्रिश्चियन  आदि  धर्म भन्दा  अलग र विशेष  प्रकार को ,  पूज्य स्थान पाएकी  हिन्दु नारी ले आफ्नो सौन्दर्य , लावण्य , सुस्वास्थ्य , प्रचलन , धर्म संसकृति आदि कुनै कारण ले या स्वेच्छा ले नाक कान  छेड्ने, वस्त्र, आभूषण, चूरा,  पोते, सिन्दूर,  क्रीम, पाउडर, लिपस्टिक, गाजल, टीका, द्वारा सजिएर, वर्ष मा एक दिन  आनन्दित भएर नाच गान मनोरंजन गर्न र गृह कार्य को जिम्मेदारी बाट फुर्सत पाउन , मस्त हुन  पाउन उनको  स्वतन्त्रता मा बाधा दिनु, वन्चित  गराउनु अपराध हो कि अधिकार हो ?

        नारी को ढाढ लाई खुल्ला प्रदर्शन गर्ने अधिकार बताउने ले माथि लेखिए को परिभाषा को कसी लगाउँदा के नारी को ढाढ अथवा अन्य ढाकिएका अंग  को खुल्लापन लाई सामाजिक, सार्वजनिक हित संग जोड्न मिल्छ ? के नारी  को लज्जा लाई नाङ्गो पारेर सार्वजनिक न गरे सम्म नारी विकास को परिस्थिति  बन्दैन , के व्रत उपवास र वस्त्र आभूषण ले स्वतन्त्रता मा बाधा दिन्छ, ? अधिकार को विकृत परिभाषा किन बोक्नु भएको छ ? के  आफ्नै पति लाई सर्वोपरी ठान्ने र पर  पुरुष का माझ अंग प्रदर्शन न गर्ने र वाहवाही  लुट्न न सक्ने नारी गँवार र उल्लु हुन्  ? के  देश विदेश का उच्च र सम्मानित स्थानका , राष्ट्रपति, प्रधान मन्त्री, मन्त्री, प्रधान न्यायधीश, न्यायाधीश , सभामुख , गवर्नर, सचिव , प्रशासक, उच्च पुलिश अफिसर ,  अन्तरिक्ष यात्री, पाइलट, डाक्टर , इन्जीनियर, र नेत्री हरुले अंग प्रदर्शन गरेर सफलता पाए का हुन् , कि ती पद मा पुगेर अंग हरुलाई झन् झन् छोपे का छन् ? कसै ले यसको विचार गरेको छ ?

     कोइ नारी ले नाक कान रित्तो राख्नु , गहना सिन्दूर, पोते चूरा नलगाउनु  , स्तन र लगभग पुरा पीठ देखाएर हिड्नु, “हाम्रो ढाढ –  हाम्रो अधिकार “ को नारा दिनु, रक्सी, चुरोट खानु, नाइट क्लब मा अरु हरु संग  रात भरी रमाउनु, र यस लाई   स्वतन्त्रता  भन्नु  , तिनको अधिकार हो भने पतिव्रत मा बस्नु, पति को चरण जल पिउनु,  ढोग्नु, अंग प्रदर्शन न गर्नु आदि, ती परम्परावादी र पिछडिएका  भनिएका नारीहरु को  अधिकार पनि त हो नि। सबै संसार एक नास त छैन, रहन सक्दैन र हुनु हुदैन पनि।  विविधता नै राम्रो हुन्छ।  कोइ नारी ले के त कोइ ले के चाहन्छन ।  अरु लाई आफ्नो विचार मा नचाउनु र उनीहरु को प्रचलन  मा बाधा पर्ने गरी उचाल्नु लज्जित पार्नु अर्का को अधिकार को हनन हो। 

     २०४६ साल देखि पुरुष समाज ले नै नारी जाति,( हिन्दु नारी लाई मात्र)  अधिकार को नाम मा उचालेको छ , संस्कृति , शृंगार , र लावन्यहीन, बनाएर  परिवार को विखण्डन  र अदालत मा छोडपत्र को लाइन लगाउन मा लागी परेका छन् समाज को ठूलो दाइत्व को  निर्वाह गर्ने  वस्त्र आभूषण ले सुसज्जित हिन्दु  देवी  लाई  किन नाङ्गो भएर  अर्को बाटो मा जान प्रेरित गर्दछन् ? 

  कति लाई त विदेश मा पुर्याएर वेश्या बनाइए को छ र पनि सीधा नारीहरु ले असामाजिक तत्व “स्वेतवसना अपराधी – अपराधिनी  ” हरु ले आफ्नो हित र स्वार्थ मा राजनीति  को नाम मा  हिन्दु धर्म संस्कृति  को उन्मूलन मा लागेको भन्ने कुरा बुझ्न नसकी बलि चढन किन उत्सुक छन् ? आफ्नो बुद्धि विवेक र शक्ति को किन उपयोग गर्दैनन् ? दैलो मा आई सके को तीज पंचमी मा माता गायत्रीले सबै नारी जाति लाई आनन्द सुस्वास्थ्य  र सद्बुद्धि देउन भन्ने शुभ कामना  छ ।