तराईमा शिक्षा सुधार का चुनौती ः समस्या र समाधान

मनिसको जीवनमाशिक्षाको महत्व र उपादेयता यस्तो विषयहो जस्को व्याख्याजति गरे पनिकम हुुन्छ । औपचारिक र अनौपचारिक जस्तो सुकै शिक्षाहोस्, मानिसको जीवन भर निरंतरतापाई रहनु पर्ने विषयहो । शिक्षामासिकाई, सत्संग, धार्मिक अभ्यास, व्यवहारिक र प्रायोगिकविधि र विधाहरु सबै समेटिन्छन् । मानिसकोलागी दैनिकभोजनको आवश्यकता पर्ने गर्दछ । शरीर — मन, बुद्धि र आत्माको घोडा हो । जब शरीरलाई नित्यखाने कुरा नभै हुदैन भने, घोडाको सवार, उद्देश्यर लक्ष्यपहिलाउने, व्यवहारिकतामा लैजाने मार्गदर्शक सत्तालाई पनि त भोजन को आवश्यकता पर्दछ । गाँधीले शिक्षाआत्माको खुराकहो भनेका छन् र खुराकभन्ने चीजजीवन भर निरन्तर लीई रहनु पर्ने हुुन्छ । शिक्षायुगानुकूलहुनु पर्दछ र दक्षबाट अदक्षलाई, ज्ञानीबाट अज्ञानी र अल्पज्ञानीलाई वितरित हुनु पर्दछ । यस कारण शिक्षकयदि योग्य, विवेकशील, अनुशासित र प्रतिष्ठित छ भने उसले शिक्षाको साथ साथै विद्यापनिप्रदानगर्न सक्दछ र उ विद्यार्थीको अनुकरणीय र आदर्श बन्न सक्दछ तर यदि उ सुर्ती घोटदै, पानचपाउदै चीयर्स गर्दै हेलो हाई यार भन्दै विद्यार्थी बीच सरल र लोकप्रिय ( ? ) बनेर दिन काटछ भने उसले शिक्षा सम्म त दिन सक्ला तर अनुशासन र ज्ञान दिन सक्दैन । विद्याविहीनले अरुलाई विद्यावानबनाउनपनि त सक्दैन । जस संग जे छ त्यहीदिनेृ त हो ,उससंग हुंदै नभएको चीजअरुलाई दिन नै कसरी सक्दछ ? तर विशुद्धतथा समाज र राज्योपयोगीशिक्षा स्वक्ष राजनीतिक र सामाजिकवातावरणमा मात्र संभवहुन सक्दछ । यो कसीमा हेर्दा विगत केहीवर्ष देखि नेपालको सामाजिक, राजनीतिक, आर्थिक, शैक्षिक, नैतिकआदिप्रायः सबै क्षेत्र दूषितहुनपुगेकोले र यीप्रत्येक क्षेत्र एक अर्का संग जोडिएको हुंदा शैक्षिक क्षेत्रको मात्र विशुद्धताको कल्पनागर्न व्यर्थ छ । सबै क्षेत्रमा राजनीतिकदबाव र सरोकारवालाहरुको गैरजिम्मेवारीपनले नेपालको समग्र शैक्षिक जगत नै क्षतिग्रस्त रहेकोले तराई क्षेत्रमाशिक्षा सुधारकाचुनौतीलाई छुट्याउन कठिन छ तर केहीअवस्था यस्ता छन् जसले गर्दा तराईमाशिक्षा क्षेत्रमा सुधारले आशातीत सफलताप्राप्तगर्न सकीरहेको छैन । नेपालको पूर्वी तराईकामूलनिवासीहरुको यद्धपि शैक्षिकअवस्थाअपेक्षाकृत राम्रो छ भन््न सकिएपनि गुुणस्तरीयतामाभने प्रश्नचिन्हनभएको होइन। तर पश्चिमी तराईकामानिस र गाउंहरुआजपनि सरकारी तथ्यांकहरुले जे जस्तो देखाएपनि ग्रामीण भेगका तराईबासीहरुको शैक्षिकअवस्थाकहालीलागदो नै छ , उनीहरुको चेतनाको स्तर समेत उच्चहुन सकेको देखिदैन । यहांकानम्निलिखितमूलभूूत समस्या यस्ता छन् कितिनको समाधाननभए सम्म सरकारकाउपयोगीकार्यृक्रमहरु पनिप्रभावकारी र उपयोगीहुन सक्दैनन् । १) भाषिकसमस्या । स सानाबालबालिकाले नेपालीभाषाबुझदैनन् ।कौवा, कबूतर, खरगोश, गदहा, घर, चरखा, छाता बताएर अक्षर चिनाउन सजिलो हुन्छ । डांफे, मुनाल, खुरसानीबुझाउन कठिन हुन्छ ।भाषिककारणले गर्दाु तराईकाविद्यार्थी र अभिभावक भेट्टाए सम्मभारतीय स्कूलकलेजमाधाउने गरेका छन् । २) स्थानीय पाठ्यक्रमको अभाव छ । ४) स्थानीयभाषामापाठ्य पुस्तकको अभाव छ । ५) तालीमप्राप्तशिक्षकहरुको अभाव छ । ६) कक्षाअनुसार शिक्षकको अभाव छ । ७) प्रायः राजनीतिकपहुचको आधारमानियुक्तहुनपुगेकाअल्पशिक्षित र कतिपय त अयोग्य शिक्षकबाट तल्लो कक्षामा येनतेन अध्यापन गराइन्छ । ८)अनुभवी र परिपक्वशिक्षकको अभाव ।कमउमेरका भरखरका केटाकेटी जस्ता देखिने शिक्षक बाट प्रभावशाली र गुणस्तरीयतानहुने । ९) शिक्षित र विकसित समाजमा फिट हुननसकेकाशिक्षकहरुलाई गाउंमा पढाउन पठाउने गरेको । १०) मधेशीमहिलाको अशिक्षा र चेतनास्तरमाकमीकाकारण घरमाबच्चाबच्चीको पठनपाठनमा अभिरुचिनहुने । ११) मधेशीमहिलाशिक्षिकाको नितान्तअभाव । १२) मधेशीप्रधानाध्यापकको नितान्तअभाव । यदिकोई छ र निष्कंटक कामगर्न पाएको छ भने भाग्यमानीभन्नु पर्दछ । १३) तराईको मधेशी क्षेत्रको विद्यालयमा शैक्षिक निकायबाट प्रभावकारी अनुगमनहुंदैन । १४) अशिक्षितअभिभावकमा चेतनाको अभाव र शिक्षाप्रतिअरुचि । विद्यालयप्रतिउदासीनता । १५)दलित, अपांंग, मुश्लिमभनेर छात्रवृत्तिदिंदाअन्यविद्यार्थी र अभिभावकमानकारात्मक सोंचको विकास भैरहेकोले यसको वितरणबारे सोचनुपर्दछ । १६) प्राविधिकशिक्षा र आई सी टी माजोड दिएको देखिएन । १७) राजनीतिकअस्थिरता,द्वन्द, बन्द हडताल र शिक्षकतथाव्यवस्थापन समितिकाबीचमा राजनीतिकखिचोला र कचिंगल । १८) शिक्षक छनौटमा राजीतिकदलहरुको प्रत्यक्ष सहभागिता र खुल्लाआर्थिक लेनदेन । १९) तहअनुसार ( प्रा.वि, नि.मा.वि. र मा.वि स्तर का छुट्टा छुट्टै ) श्रोत व्यक्तिनभएकोले एउटै ले सबै तहको समस्याबुझदैन । २०) आर्थिक अवस्थाले गर्दा बालबालिका भेडा,बाख्रा, गाई गोरु चराउन, घांस दाउरा, काखे बच्चाको हेरचाहआदि घरेलुकाममाव्यस्त रहन्छन् र स्कूलजांदैनन्,गएपनि घरमा पढन पाउंदैनन् । २१) तराईकाविद्यालयकाकतिपयशिक्षकहरु त यतिकमजोर छन् कि नेपालीअंग्रेजीमानाम सम्म सही लेखदैनन् । त्यसैले लोकसेवामानामनिकाल्ननसकनेहरु येनतेन गरेर तराईमाशिक्षक ह्ुन्छन् भन्ने भनाई छ । शोभा, शुभकामना, शिवम् अध्यक्ष, समिक्षा, दिवाकर, प्रभाकर, शहर, किताब, फोटो लक्ष्मी, सीता, नीरा, जस्ता शव्द लेखन पठाएर अध्ययनगरिएको छ । २२)भौतिक संरचनाको अभाव रहेको छ । २३) तराईवासीहरुमाउच्च राजनीतिक पकड नभएको अवस्थामाजागिर नपाउने हुनाले पढन पढाउन माउदासीनताले घर बनाएकै थियो भने अहिले त झन् अशिक्षित वार्ड सदस्य सम्मकाले तलब पाउने हुनाले गुणस्तरीय र उच्चशिक्षाप्राप्तीलाई दुरुत्साहित गरेको छ । उपर्युक्त समस्याकाअतिरिक्त अरु समस्यापनिहोलान् । यस्को सूचीअझै लामो हुन सक्दछ । तरयी कुराहरु नयां होइनन्, विभिन्न भेला र सरोकारवालानिकाय र नीतिनिर्माता र निर्णायकतहकापदाधिकारीहरु संंग को छलफलमा अधिकांश कुराहरु पटक पटक उठदै आएका छन् र सरकारमा सबै जाहेर छ । हालै एक जनामुख्यमंत्रीले कोठामा बसेर लेखने लेखकलाई समस्याको के पहिचान हु’न्छ? म त लेख नै पढदैन भन्नुभएकोले पनि राज्यका संचालकहरुले कु’नै विज्ञ, विश्लेषक र अनु’भवीको कसैको सल्लाह सुझावलिन मन पराउंदा रहेनछन्, लेखकहरुले आत्मसंंतोषकोलागिमात्र लेखने गरेका छन् भन्ने कुराको पुष्टि भएको मान्नु पर्ने भैसकेको छ । यसको समाधानकाउपायउपर्युक्त २३ वटा बुंदाहरुमा सकारात्मकव्यवस्थाल्याउनुका साथै सामान्यतयानिम्नलिखितकामपनिहुनउपयुुक्त हुने छ । । १) शिक्षा के को लागि, कस्तो र कस्कोलागि भन्ने कुराको स्पष्टीकरणका साथशिक्षानीति स्पष्ट दूरदर्शी, देशोपयोगीर व्यवहारिक हुनु पर्दछ । कार्यान्वयन संयत्रबलवान हुुनुपर्दछ । २) तराई क्षेत्रको शैक्षिक समस्या समाधानकोलागी छुट्टै एकीकृत प्रभावकारी र परिणाम दिने किसिमको योजनाबनाई कार्यान्वयनमाल्याउनु पर्दछ । ३) अनौपचारिक शिक्षाकार्यक्रमको सरकारले सहीमूल्यांकनगर्न‘ू पर्दछ । प्रौढ शिक्षामा रामलाललाई रामलाल लेख्न सम्मसिकाईकोछ तर उसलाई अक्षर न चिनाइएकोले अन्यत्र लेखिएको रामलालभन्ने शव्दचिन्न सक्दैन । एउटै व्यक्तिलाई कइयौृं संस्थाले शिक्षितको सूचीमा राखेकाले शिक्षाको प्रतिशतह्वात्ते बढेको छ तर परिणाम शून्य नै छ । अशिक्षितलाई शिक्षितबनाउने काम यद्धपि कठिन नै हुन्छ तर उपर्युक्त समस्याहरुलाई सरोकारवालाहरुले चुनौती कै रुपमा स्वीकार गर्दा राम्रो हुने देखिन्छ साथै सरकारका सामुन्ने निम्नलिखितथप छुट्टै ठूलो चुुनौतीपनिहोलान्् । १) कार्यक्रमको सफलताकोलागि तराईबासीहरुलाई शासनप्रतिविश्वस्ततुल्याउने वातावरण दिने ।ु २) शासनबाट तराईको मूल्य, मान्यता र संस्कृतिअनुसारको शैक्षिक पाठ्यक्रम र पाठ्य पुस्तक उपलव्ध गराउने । ३)विद्यालयमा तराईवासी योग्यशिक्षक, शिक्षिका र प्र.अ.को बाहुल्यतागर्ने । ४) व्यवस्थापन समिति, शिक्षाकार्यालय र अन्य सरोकारवालालाई प्रत्यक्षउत्तरदायीबनाउने । ५) व्यवस्थापन समितिलाई भ्रष्ट हुननपाउने तरीकाखोजने । ६)राजनीतिक हस्तक्षेपको न्यूनीकरण गर्ने । ७)योग्य र अनुभवीहरुबाट शिक्षक छनौट र समय समयमातालीमचलाई गुणस्तरीय शिक्षाउपलव्ध गराउने र अरुहरु संग प्रतिस्पर्धा गर्न सकने क्षमताअभिवृद्धि गर्ने । ( लेखकनेपाल सरकारकापूर्व प्रशासकीयअधिकृत, प्राध्यापक र अधिवक्ताहुन् ) ( सम्पर्क ९८५८०२०४९४ )