बर्दिया को शैक्षिक विकास र गौरीशंकर विद्यालय

बर्दिया जिल्लाकोअवस्था :-

आज को यो बाँके बर्दिया कैलाली र कंचनपुर जिल्ला को भूभागभारत मा शासन गरि रहेको अंग्रेज सरकार ले ‘ब्रिटिश इन्डिया ‘ मा गाभेर जबर्जस्ती कब्जा गरि राखेको, सन् १८६० ( वि सं १९१६ ) माअंग्रेज सरकार ले जंगबहादुर राणालाई बखशीस भनेर नेपाल लाई फिर्ता दियो। त्यस बेला आज को नेपाली भारतीय सीमाना क्षेत्र नजीक नेपाल माकेही देशी गाउँ हरु र थोरै भित्र देशावर थारु हरु का केहीगाउँ बस्ती हरु मात्रथिए।दाङ्ग का थारु र पहाडी आइ सकेका थिएनन्। यस कारणबहुतैकम जनसंख्या थियो।सबैको रहन सहन जनजीवन भारतीय सामाजिक वातावरण अनुसार हुनु स्वाभाविकै थियो। बाँकी क्षेत्रवन जंगल झाडी ले ढाकेको थियो। राणा सरकार ले आवाद गुलजार गराउन का लागी आफ्ना भाई भतीज भारदार हरुलाई जिमिदार बनाई पठाउन थाले र वहाँ हरुले नेपाल गंज मा एक र महेन्द्रनगर मा एक हेडआफिस बनाए।त्यस लाई बाँके बर्दिया गोश्वारा र कैलाली कंचनपुर गोश्वारा नाम दिए। कालान्तर मा नेपालगंज मा माल अड्डा र बर्दिया को कुम्भर मा माल अड्डा खोले। धनगढी र महेन्द्र नगर मा पनि यस्तै भयो।यसको माध्यम बाट मानिस बोलाउने र गाउँ बसाल्ने काम शुरु भयो।


सामाजिक र आर्थिक जीवन ;-

चारै तिर जंगलझाडी उजाड बीच मा गाउँ हरु थिए।मलेरिया हैजा चेचक जस्ता बिमारी महामारी को रुप मा चली रहन्थे। आज को जस्तो औषधि थिएनन्,।जंगलीझार पात को औषधी र टुना, मुना झाडफूक को सहारा मा मानिस बाच्ने बाचथे मर्ने मर्थे। जनसंख्या बढाउन ठूलो समस्या थियो जन्मेका बाल बच्चाहरु मध्ये कोइ कोइ मात्र बाचथे।यस कारण बाल विवाह, बहु विवाह, अनमेल विवाह प्रचलन मा थिए।देवी, देवता ,मरी, गांवट,भूत, प्रेत जस्ता विश्वास र आस्था थियो।बोरिग नल को ग्यान र उपयोग जानी सकेका थिएनन्। कुला पानी खन्ने बनाउने जनशक्ति थिएन।दैव को भरोसा गरेर खेति लगाउन्थे तर दिन रात जंगली जनावर हरुबाट बचाउन कठिन थियो।धेरै जग्गा मा खेती लगाउन र बचाउन सक्यो भने बल्ल बल्ल खान लाई पुग्थ्यो।उद्योग कलकारखाना र बाहिर बाट नगद पैसा घर मा आउने कुनै श्रोत थिएन। मानिस नितान्त प्राकृतिक जीवन जिएको थियो। बिजुली बत्ती तार टेलीफोन को कल्पना थिएन। बयलगाडा, घोडा र पैदल यात्रा हुन्थ्यो। मानिस संग पैसा थिएन र पैसा खर्च गर्ने बजार दोकान पसल पनि थिएनन् यस कारण मानिस ले यात्रा को लागीखाने पिउने ओढने ओछयाउने चीज वस्तु बोकेर हिड्नु पर्दथ्यो। लुगा फाटो र नून तेल, मसला , खेती को उपज बेचेर किन्थ्यो, आवश्यकता नै सीमित थियो।


साना न ठूला सब को घर को छाना फूस कै हुन्थ्यो , कोइ कोइ ले भिता सम्म माटो को र कता कतै ठूलो मानिस कोठाटी घर हुन्थ्यो। प्रायदुइ जोर लुगा भए पुग्थ्यो।प्लास्टिक थिएन।अलि हुने खाने लेचमडा का जूता रकाठ का खराऊं लगाउन्थेअरुले प्राय लकडी का पउला लगाउँथे अधिकांश त नाङ्गै खुट्टा हिड्थे। टोपी भारतीय गान्धी टोपी लगाउँथे। भूमि जति आवाद गर्न सके त्यति आफनै हुने हुनाले चिन्ता को कुनै विषय थिएन।तर कसैले पनि जग्गाबनाउन यस कारण इच्छा गर्दैनथ्यो कि जंगली जनावर र सुखा खडेरी बाट बाली बचाउन कठिन थियो र मालपोततिर्न नसके कोर्रा लाग्ने पक्का थियो अनि जग्गा धनी हुनु भन्दा कमवैया ,बटैयादार या कसैको हलिया हुनु आनन्द को जीवन मानिन्थ्यो।


बिस्तारै धेरै कुराहरुमा सुधार र विकास हुँदै गए पनि सम्वत २०२० सम्म यस्तै मान्यता र परिस्थिति रहेका थिए। यो ग्रामीण समाज मा शिक्षा को आवश्यकता भए पनि यसको उपयोग र महत्व थिएन भन्न सकिन्छ। बाहुनहरुले पनडिताई गर्न र पुस्तक वाचन को अभ्यास, बनिया ले थोरै हिसाब लेखन जाने पुग्थ्यो।बडा बडा राणा, सेनापति त अशिक्षित थिए भने जनता लाई शिक्षा को के काम ? यो परिवेश ले जन्माएको मानसिकता थियो र समाज मा जब शिक्षित हरु थिएनन् तब शिक्षा को कुरा उठाउने कसले ? बले को दियो ले नै निभेको लाइ बाल्ने हो।


बर्दिया मा शिक्षा को किरण :-

समाज मा धनी र बाहिर आवत जावत गर्दा केही असल संगत भेटाउन सकेका मध्येकाकोई कोई मानिस ले बाल बच्चा लाई आल्हा, रामायण र चिठी पढन जान्ने बनाउन लाई पढाउन सके त राम्रै हो भन्ने सम्म को चेतनाको विकास भै रहेको अवस्था ले गर्दा शिक्षा मा रुचि लिने यदि कोइ हुन्थ्यो भने तेस मद्ध्ये बाट अघि सर्ने मुश्किल ले कोइ हुन्थ्यो । तेस्को न वातावरण थियो न त एक टुक्रा कागज कलम या शिक्षित मानिस भेटिने र शिक्षा भन्ने कुनै चीज हुन्छ भन्ने देखिने समाज नै थियो। सत प्रतिशत अनपढ गवार लाटा सीधा तर इमानदार र दैव र हाकिमसंग डराउने मान्छे को जमात थियो। कोइ कोइ जमीनदार हरुले भारतबाट मास्टर ( मुन्शीजी भन्थे ) ल्याएर घरमा राखेर निजी तलब दिएरआफ्ना सन्तानलाईसाक्षरगराउन्थे( कोइलेछोरालाई बहराइच पठाएर पढाएको इतिहास पनि छ। ( छोरी लाईबाहिर पठाइदैनथ्यो )

संवत १९९३ साल मा गुलरिया अड्डाको स्थापना भयो र गुलरिया बस्न शुरु भयो १९९४ मा स्कूल खुलेको भनेर स्व. शिव प्रसाद शर्मा ( भान्जा बाजे ) को कथन थियो। तर बगलामुखी विद्यालयले आफनो लेटर प्याड मा १९९० लेखेकोलेदुवै को स्थापना वर्ष मा दुविधा देखियो। अड्डा स्थापित भएरकर्मचारीको बसोबास प्रारम्भ भए पछि सिपाही हस्त बहादुर क्षेत्री को घर बन्यो र जुध्ध शम्सेरको शिक्षा अभियान मा खुलेको भाषा पाठशाला को पठन पाठन हस्त बहादुर को ( पत्रकार यादव आचार्य टोल )बरान्दा माप्रारम्भ भएको भन्ने छ।अझ पत्ता लगाउनु पर्दछ।जुद्ध शमशेरराणा सरकार ले देशव्यापी साक्षरता अभियान मा गुलरिया मा सरकारी भाषा पाठशाला खोले।यो पाठशाला नै यो जिल्ला को प्रथम औपचारिक सरकारी विद्यालय हो। हरिहर प्रसाद उपाध्याय ले भारत बभनान को मकोइया गाउँ बस्ने शिवबालक कायस्थ ( श्रीवास्तव ) लाई शिक्षक बनाए , उनी गए पछि उनका भाइ कामना ( कामता ? ) प्रसाद आए , उनी पछि १९९७ मा दुखी सिंह आए त्यस पछि मुक्ता प्रसाद श्रीवास्तव ले पढाए। २००७ सालमा महोत्तरी बथनहा का पद्मकान्त झा आए र यो विद्यालय हस्त बहादुर छेत्री को घरको बरण्डा बाट बगलामुखी मन्दिरको टीनलेछाएको धर्मशाला मा सर्यो।२०१२ साल मा सुभद्र झा र पछि क्रमशः राम किशोर पाण्डे, मुक्तिनाथ प्याकुरेल ( पछि न्यायधीश ), अव्सार अली सैयद, कुमारी मन शर्मा आदि ले पढाउन्दै अन्त मा स्वर्गीय राधाकृष्ण थारु का परिवार छोरा गोविन्द, मंगल र श्याम थारु हरुले जग्गा दान गरे पछिआज यही विद्यालय राधाकृष्ण थारु बगलामुखी मा. वि. को रुप मा कीर्तिमान बनाई रहेको छ। वि स २०४४ मा हाइस्कूल स्वीकृत भएर २०४५ मा एस. एल. सी. को पहिलो ब्याच निस्केको थियो।


म. क. दे. मा. वि. को जन्म :-

शुरुवात हुँदाको सरकारी नियम अनुसार संस्कृत मा आधारित शिक्षा ले उक्त भाषा पाठशालाबाट आधुनिक शिक्षा को अंग्रेजी जस्ता विषय समावेश हुन नसके पछि संवत २००५ मा गुलरिया को हाल को न्यायधीश क्वार्टर बनेको ठाउँमा सुरेशराज शर्मा को अगुवाई मा केही विद्यार्थी जम्मा गराएर, भारत नानपारा नजीक शिवपुर का मूलनिवासी, त्यस बेला हाल को इदरीसी इम्पोरियम भएको ठाउँमा झोपडी बनाई गाई पालेर बसेका, इन्गलिश्को पनि साधारण जानकारी भएका , अग्लोशरीर , सानो निधार र सानो आँखा भएकाले कसैले चम्गादड मुन्सी कसैले चुकन्दर त कसैले धनुश्धारी भन्ने गरेका वृजमोहन वैश्य लाई पढाउन लगाउनु भयो । (आज को म. क. दे. मा. वि. को जग हाल्ने शिक्षक वृजमोहनहुन् पुगे ) ।हरिहर उपाध्याय को वार्षिक भारु ३००/ अनुदानले चलेकोर भारतीय पाठ्यपुस्तक पढाइने यस लाई बर्दिया प्राइमरी स्कूल भनियो । केही समय पश्चातयोस्कूल धर्मबखारी( हाल को नगरपालिका कम्पाउण्ड मा थियो ) मा सर्यो ।एस्तै थारु कोठिया गाउँ मा राधाकृष्णथारु ले कोइ शिक्षक ल्याएर संवत २००० भन्दा पहिले देखि एउटा प्राइवेट स्कूल चलाएका थिए जसमा छिमेकी गाउँ का केटा हरु पनि पढ्थे ।


यसैसमयमा सुरेशराजशर्मा को नानपारा का जाहिदअली सैयद संग भेट भयो र वहाँले २००८ सालमाआफ्नो पारिवारिक शिक्षक को रुपमा वहाँ लाई राख्नु भयो।कालान्तरमा २०११सालमा बृजमोहनर जाहिद अली , दुवै विद्यालयको एकीकृत ‘ बर्दिया प्राइमरी विद्यालय ‘ बन्यो र बर्दिया माल का हाकिम कृष्ण ध्वज कार्की बाट २०१३/२ /२गते” बर्दिया मिडिलस्कूल ” को नाम ले स्वीकृति मिले पछि यो पूर्ण सरकारी मान्यता मा आयो र सुरेशराज शर्मा ले सोही दिन उद्घाटन गर्नु भयो । बर्दिया जिल्ला मा यो प्रथम मिडिल स्कूल भयो । त्यस पछि कोठिया स्कूल का छात्र राम प्रसाद श्रीवास्तवले भारत बाट हाई स्कूल पास गरेर आए पछि सुरेशराज शर्माले वृजमोहन को ठाउँ मा वहाँ लाई हेड मास्टर नियुक्त गर्नुभयो। वहांले थोरै समय पढाएर छोडे पछि स्थानेश्वर शर्मा हेड मास्टर,रामप्रसाद शर्मा सेकेन्ड मास्टर र जाहिद अली थर्ड मास्टर भएर यो स्कूल ले द्रूत्गतिलियो ।२०२२मा बर्दिया जिल्ला मा यो प्रथम हाईस्कूल स्वीकृत भयो ।


बर्दियामा प्रथम:-

२०२२ का ” बर्दिया हाई स्कूल ” का कक्षा १० का एक मात्र छात्र, नेपालगंज सेन्टर मा परीक्षा दिएर २०२२मा प्रथम पटक एस एल सी पास गर्ने छात्र केदार नाथ पोखरेल ( घनश्याम )हुनु भयो ।एस एल सी पास गर्ने प्रथम छात्रा शान्ता कुँवर २०२३, (२०२४ मा रेजेल्ट निल भयो) प्रथम मधेशी अयोध्या प्रसाद श्रीवास्तव २०२५, प्रथम थारु को सन्दर्भमा ,( यो जिल्ला मा थारु समुदाय बाट सर्वप्रथम २०२५ र २६ मा ९ र १० मा मकदेमावि मा पढे का मैनापोखरका काली चरण थारु र माखन लाल थारु हुन् तर नेपाल गंज गएर बसेर परीक्षा दिन नसकी माखन लाल थारु २०१६मा स्थापित शारदा प्रा वि का शिक्षकभएर शारदा प्रा वि लाई लक्ष्मी गुप्ता समेत का विद्यार्थी हरु कोआन्दोलन बाट२०३६मा मा वि बनाएर १०+ 2 सम्म पुर्याए भने कालीचरण ले राजनीतिमा स्थान बनाए । यस कारण थारु समुदाय बाट) जग्गु प्रसाद र विशम्भर प्रसाद थारु ले २०३३ मा एस एल सी पास गरी थारु समुदाय बाट प्रथम भएका हुन्।


यो विद्यालय २०२२ मा धर्म बखारी नजीक नापी गोश्वारा को फुसको घर मा, आगलागी पछि २०२३ मा बाजी कोठिया को पकड़िया रुख निर को धर्म बखारीको फुसैला घर र रूख मुनिर २०२४ मा आज को स्थान मा सरेको हो।यो लेखक ले स्थापना काल बाहेक, २०२० देखि बाकी चारै ठाउँमा पढने अवसर पाएको हो।


सर्वप्रथम हाईस्कूल पासगर्नेबर्दियाकामूलनिवासीहरु:-

बर्दिया को ज्ञातव्य शैक्षिक इतिहास मा भारत बहराइच बाट , बर्दिया जिल्लाका स्थानीय समुदाय का पदमपुर का मुक्ता प्रसाद श्रीवास्तव प्रथम ब्यक्ति सन १९३१ मा भारत गोरखपुरको बस्ती बाट हाई स्कूल पास गरेर आउनु भयो।राम प्रसाद श्रीवास्तव २०१३ साल मा हाइस्कूल पास । पछि भारत बाटसंवत २०१५ माकिशोरीलाल वैश्य (कविजी) र रत्नापुर का मेवालाल कुर्मी २०१९ मा हाई स्कूल सम्म पढेका हुन्, गुलरिया का म क दे मा वि का हाल रिटायर्ड साइन्स शिक्षककैलाश नाथगुप्ता र सरकारी रिटायर्ड अधिकारीसूरज कुमार गुप्ता , स्वामी दयाल श्रीवास्तव र लल्लन प्रसाद श्रीवास्तव सन् १९६४ मा बहराइच बाट हाईस्कूल पास गरेका हुन् । कैलाशनाथ यो जिल्ला को स्थानीय समुदाय को लखनउ बाट सन् १९६८ बि एस सी पास गर्ने प्रथम ग्रेजुयेट र सूरज कुमार दोश्रो ग्रेजुएटहुन्।

पहाडी समुदाय बाट माल का तत्कालीन खरदार ( पछि सुब्बा र हाकिम पनी भए ) का छोरा कृष्ण प्रसाद शर्मा गोरखपुर बाट सन् १९४८ मा मैट्रिक र १९५० मा इन्टर पास गर्ने पहिलो व्यक्ति हुन्। भने ग्रेजुएट क्रमशः कैलाश नाथ प्याकुरेल, विशम्भर प्याकुरेल र राम प्रसाद शर्मा हुन्’।

अंग्रेजी मा राम्रो पकड भएर कविता का पुस्तक रअन्य कतिपय लेखन गरेका , राजापुरका मिट्ठन लालगुप्ता ई दुवै भन्दा सिनियर ग्रेजुयेट भए पनि उनको नाम र निवास नेपालगंज संग जोडिएकोले यहाँ नाम सम्म उल्लेख गरियो, र मानपुर टपरा का भगवानदास चौधरी ले भारत बाट सम्भवतःकक्षा ७ ,८ उर्दु हिन्दी पढेको , यकीन हुन सकेको छैन । गुलरिया का किशोरी लाल वैश्य , कैलाश नाथ र सुरजकुमार गुप्ता, स्वामी दयाल र लल्लन श्रीवास्तव हरु पनि बर्दिया मिडिल स्कूलमा पढेर भारत गएका थिए ।

मुश्लिम समुदायबाट अब्दुल्ला बनजाचका छोरा नकछेद ठेकेदार भन्ने अली अहमद सिद्दीकी ( मनिहार) ले भारतबाट वि सं.२०२३ सालमा हाईस्कूल पास गरेका र शिक्षा उपनिरिक्षक मा जागिर खाएर ननगजेटेड सेकेन्ड क्लास खरदार सरह जागिर खाने पहिलो र तेस पछि भारतबाट हाईस्कूल पास गरेर हासिमअली र कासिम अली गाउंपंचायत सचिव भएका हुन् ।


देश कै हस्ती हरुको विद्यालय :-

बर्दिया मिडिल स्कूल माप्रारम्भ मा पढेर पछिभारतबाटउच्च शिक्षा पाएर नेपाल मा उच्च सम्मानित स्थान मा पुग्नु भएकात्रि वि का उपकुलपति डा गोविन्द शर्मा, कृषि विशेषज्ञ कैलाश नाथ प्याकुरेल, अर्थशास्त्री विशम्भर प्याकुरेल, येरोनेटिकइन्जिनियर विश्व प्रकाश शर्मा, अधिवक्ता रविन्द्र नाथ शर्मा, र अधिवक्ता लल्लन प्रसाद श्रीवास्तवप्रभा शर्मा हरु हुन्।


सबैको ध्यान अंग्रेजी स्कूल महाकवि देवकोटा माध्यमिक विद्यालय पट्टि भएकोले बगलामुखी मन्दिर को संस्कृत शिक्षा को प्रधानता भएको सरकारी पाठशाला घिसिरिदै अगाडी बढे को थियो तर कालान्तर मा गतिशील भएर म. क. दे. लाई पछार्ने सामर्थ्य विकसित गर्यो। बर्दिया जिल्ला को तेश्रो विद्यालय को रुप मा राजापुर मा अमर शहीद दशरथ चन्द प्रा वि २०२३ मा स्थापना भयो र २०३२ मा हाई स्कूल भयो । यस्तै २०३५ मा चुरे मा वि बगनहा, २०३६माशारदामा.वि.हाईस्कूलभयोर२०४४/५/१ मा बबई बहुमुखी क्याम्पस र तेस पछिक्रमशः अन्यविद्यालय महाविद्यालयहरू खुल्दै गएका हुन् ।

बर्दिया मा उच्चा शिक्षा :-

         हुनत यस सम्बन्ध मा यसै पुस्तकमा अन्यत्र  विस्तार  गरिएको छ  तर छोटो उल्लेख यहाँ पनि प्रासंगिक छ ।  बर्दिया मा उच्च शिक्षा को व्यवस्था को लागि   एकातिर २०४० साल देखि जनप्रतिनिधिहरुबाट आवाज उठी रहेको थियो भने अर्को तिर पोखरा बाट गुलरिया आएर बसेका  एक सामान्य अभिवक्ता भोजराज बराल ले पटक पटक दरबार मा बिन्तीपत्र पठाउने , क्याम्पस को आवश्यकता को कुरा गर्ने गरे बाट एक दबाव र जनचेतना विकसित हुदै थियो । यस्तै मा नवराज अन्चालाधीश र प्रमुख जिल्ला अधिकारी मन्जुल कुमार सिंह याक्थुम्वा को सहजीकरणमा नेताहरुले  सहज वातावरण पाए / २०४३ साल मा जिल्ला सभा मा सभापति सुरेन्द्र चन्द ठकुरी समक्ष  गुलरिया पंचायत का वासुदेव  शर्मा पौडेल,  खैरापुर का शम्भुशरन यादव , महम्मदपुर का नसिरुद्दीन शेख र अब्दुल्ला शेख आदि ४० जना को प्रस्ताव  पेश भयो र पदनहा का त्रिभु बहादुर भट्ट समेत को समर्थन मा सर्वसम्मतिबाट बबई क्याम्पस को स्थापना को प्रस्ताव पास भएर जिल्ला उपसभापति रमेश बहादुर शाह को संयोजकत्व मा उपसमिति गठन भयो।

        यो समितिले  सहयोग पाउन व्यापक अभियान चलायो।  अन्चालाधीश ले जग्गा किन्नेहरू संग १% कर लिने बनाए, क्याम्पस चिफ नेपालगंज बाट काज मा ल्याए र    तेसबेला बर्दिया मा प्राध्यापन गराउन कोइ आउँन नमान्ने र मास्टर डिग्री गरेका  को सर्टिफिकेट लगाउनु पर्ने भएकोले गुलरिया पंचायत का प्रधान राधेलाल यादव र सचिव मेघनाथ अधिकारी को प्रयास मा बृहद भेला भयो।  पन्च र प्रशासक हरु को आग्रह मा स्वयम् रमेश बहादुर शाह, र अयोध्या प्रसाद श्रीवास्तव , विष्णु प्रसाद ज्ञवाली, रमेश चन्द्र ज्ञवाली भावी क्याम्पस प्रमुख प्रेम कुमार आचार्य, ५ जना का  ५ वटा सर्टिफिकेट त्रिभुवन युनिवर्सिटी मा पेस गरे क्याम्पस स्वीकृत भयो / अर्को व्यवस्था नभए सम्म का लागि अयोध्या श्रीवास्तव र विष्णु ज्ञवाली ले निशुल्क र रमेश ज्ञवाली ले आंसिक खर्च लिएर पढाउने तय भयो। 

२०४४ भाद्र १५ गते अन्चालाधीश नवराज गुरुङ्ग ले महाकवि देवकोटा माध्यमिक विद्यालय मा बिहान को समय मा कक्षा संचालन हुने गरी बर्दिया जिल्ला मा  उच्च शिक्षा को पहिलो ज्योति को लागि पानस मा बत्ती बालेर क्याम्पस को उद्घाटन गर्नु भयो । २०४४ भाद्र  २६ गते  बबई बहुमुखी क्याम्पस को ,अयोध्या प्रसाद श्रीवास्तव ले पहिलो , विष्णु ज्ञवाली ले दोस्रो र रमेश ज्ञवाली ले तेस्रो कक्षा पढाएर बर्दिया मा उच्च शिक्षा को शुभारम्भ भयो र यो टीम ले २७ वर्ष  सम्म सेवा दियो  ।    


गौरीशंकर विद्यालय को जन्म :-

संवत २०१० -१५ ताका महम्मदपुर क्षेत्र मा त्रिलोक नाथ माल का मुखिया भने पछि स्कूली शिक्षा प्राप्त, पुजारी, राम मूर्तिर ननकउ ब्राम्हण पुरोहिताई गर्न सिकेका , अब्दुल कादिर पहिलो किताब पढे जस्तो रअब्दुल्ला, मोहॆउद्दॆन,नन्हे सेख साक्षरसम्म थिए। अरु कोइ स्थानीय मानिस पढेलेखेको थिएन।पढने न ठाउँ थियो न आवश्यकता नै । भारत मै बहराइच भन्दा यता खासै स्कूल थिएनन् । धनी र महत्व बुझ्ने आवश्यक ठान्ने लेभारत बाट शिक्षक बोलाएरप्राइवेट शिक्षा दिलाउन्थे र बढी आवश्यक भए बहराइच पठाउन्थे ।संवत२०१४मा मेरो विद्यारम्भ संस्कार मा भारत नानपारा अमरैया गाउँ का जनार्दन श्रीवास्तवलाई घरमा राखेर विद्यारम्भ शुरु भएको थियो जसमा हाम्रा गाउँ का केटा केटी पनि पढ्थे। चलन नैप्राइवेट शिक्षा थियो।मेरो घर को द्वारा मा र गाउँ का अरु हरु जसको गोठ खाली र फराकिलो देखे तेसैमा लगेर बसालेर पढाउन्थे।तिनी गए पछि अर्को पनि कोइ मुन्शीजी ( हिन्दू शिक्षक लाई मुन्शीजी र मुश्लिम लाई मास्टर साहेब भनिन्थ्यो ) आएका थिए।तेही ताका जिगीरिया मा स्कूल चल्ने भएको थियो।


राजा महेन्द्र लाई दुइ वटा घरेलु समस्या ले सार्है चिन्तित बनाएको थियो। पहिलो, नेपाल भने पछि काठमांडू उपत्यका को मात्र बोध हुन्थ्यो र बाकी नेपाल लाई गोरखाली भनिन्थ्यो । पुरै देशलाई नेपाल कसरी भनाउने ? दोश्रो, पैसा भारु चल्थ्यो। नेपाली कसरी चलाउने ? २०१६ जेष्ठ मा नेपाल मा पहिलो प्रजातान्त्रिक सरकार बन्यो र विशेश्वर प्रसाद कोइराला प्रधानमन्त्री भए । यस सरकार ले यो समस्या को समाधान मा शिक्षालाई देशव्यापी बनाउने सोच बनायो र महेन्द्र को परामर्श मा २०१६ साल मा नेपाल भर सम्भव भए का ठाउंहरुमा ‘ ‘नेपाल राष्ट्रिय प्रार्थमिक विद्यालय ‘ भनेर स्कूलहरु खोल्ने अभियान चल्यो। बर्दिया मा पनि यी शब्द मा स्थानीय गाउँ ठाउँ को नाम जोडेर कैयों विद्यालय खुले।त्यस बेला स्कूल भवन र शिक्षक पाउनु दुर्लभ थियो।यस कारण बगैचा, गोठ, जिमिदार का बैठक जहाँ ठाउँ मिल्यो त्यो विद्यालय, रअभिभावकहरुलाई भनसुन गरेर हात जोरेर दुइचार दस जति विद्यार्थी एकत्रित गर्न सकिए ती छात्र , रजसले इनलाईककहरा पढाउनसक्यो या भारत तिर बाट फकाएर कसैलाई ल्याउन सक्यो तेही शिक्षक हुने भयो ।


कांग्रेस को सरकार भएको र गुलरिया माल का तहबिल्दार सुरेशराज शर्मा, कर्मचारी का अतिरिक्त सामाजिक सेवा मा लागी पर्ने, इमानदार, कर्मठ र सन्त प्रकृति का मानिस कांग्रेस का कार्यकर्ता पनि भएका, जिल्ला का ठुला बडा जमीनदार र बड्घर, सम्भ्रान्त व्यक्तिहरुका परिचित भएको ले इनले सक्दो ठाउँ गाउँ मा गएर विद्यालय खोल्ने आग्रह गर्ने गरेका थिए।त्यस बेला को तप्पा पौडामा नितान्त सम्रिधशाली जमीनदार गोरखचौरा मा अव्दुल रहिमान सेख थिए भने दुधा मा अव्दुल नादिर, अव्दुल कादिर थिए । गणेशपुरका जमीनदार त्रिलोक नाथ माल का मुखिया साथी नै थिए । यस कारण सेन्टर पारेर जिगीरिया गाउँ, जसको स्रेस्ताको नाउँ महम्मदपुर थियो , तेहाँ विद्यालय खोल्न निधो भयो।


वृजमोहन बनिया ( वैश्य ) गुलरिया स्कूल छोडेर लालपुर का नन्दुसाह ( बनिया ) को आश्रय लिएरसंवत २०१३/१४ ताका लालपुर मा बस्न गएका थिए। इनी सुरेशराज शर्मा को नजीक रही सके का ले इनलाई पढाइ दिन भन्न सजिलै भयो ।भारत नानपारा भोपतपुर चौकी निवासी अली बहादर खान को जिगीरिया गाउँ मा जिमीदारी र कोठार थियो तेही कोठार मा २०१६ साल को सम्भवतःमगसीर महीना को शुरुमा पठन पाठन शुरु भयो.केही विद्यार्थी , जसमा हाल नाम सम्झेकोदुधा बाट नसीरुद्दीन सेख, भवनियापुर भन्ने गणेशपुर बाट अयोध्या श्रीवास्तव, सहजराम कुर्मी, तिलकराम कुर्मी, राम निवास कुर्मी, राधेस्वरी ब्राह्मण , बूंदी ब्राह्मण , र खुशीराम भुजवा, जिगीरिया का समसाद खान र गफ्फार खान ( हाजी ,हफ्ता दिन मात्र पढे होलान ), डल्लापुर का गोकुल महतौ ( अहिर) का नाती शालिकराम अहिर थिए। अरु को पहिचान हाल खुल्न सकेको छैन।

तेस बेला शिक्षक को नाम ठेगाना आदि सोध्ने बुझ्ने विद्यार्थी कोलागी सम्भव नभएकाले कसले पढायो ? थाह भएन। अहिले इतिहास बुझने क्रम मा प्रथम शिक्षक तिनै बृजमोहन बनिया रहेछन। ( नन्दु साह बनिया का छोरा रामलखन बानियाँ (गुप्ता ) पंचायत काल मा उपप्रधान पंच भएका थिए उनी साक्षर थिए , तिनै मुन्शी बृजमोहन ले घरमा प्राइवेट पढाए को हुनुपर्दछ )हामी जिगीरिया कोठार मा जाडो लाग्दा बगैचा को छेउ मा नजीकै खलियान मा ( आज को गा. वि. स. भवन कम्पाउण्ड को दखिन पश्चिम ) पराल बिछायेर पढन बस्थ्यों ।यस अर्थ मा मग्सीर महीना हुनु पर्दछ।हामीले मुन्शी जी भंथ्यों। सम्भवतः तेस बेला मुन्शीजी को लागी ८-१० रुपिया चन्दा उठदो हो। २०१७ साल पौष १ गते विद्यालयको विधिवत उद्घाटन भयो भन्ने आलेख पाइन्छ तर कसले गर्यो रेकर्ड भेटिएन ।तेस बेला दुधा का जमीनदार र सामाजिक नेतृत्व दिने अब्दुल कादिर अध्यक्ष बनाइनु भएको थियो भन्ने सम्म बुझिन्छ (पछि समसाद खान लामो समय सम्म अध्यक्ष रहे )


बृजमोहन लेछोडे पछि होला ,नानपारा बाट एक जनाशिक्षक’मास्टर साहेब’ आए। उनले नसिरुद्दीन सेख लाईनानपारा बाट हिन्दी र अंग्रेजी गरी दुइ किताब (वहाँ हामी भन्दा उमेर मा बढी जेठो हुनुहुन्थ्यो ) र हामीहरुको लागी एक एक किताब ल्याउनु भएको थियो। स्कूलउद्घाटन नहुदै २०१७ वर्षा को कुरा हो, गणेशपुर बाट जिगीरिया जानेआज को बाटो र हुलाकी बाटो नै तेहाँथिएन, हामी गणेशपुर बाट निकलेर, गुरुखेत हुँदै, खेत को आली आली पिपल रुख मुनी हुँदैडल्लापुर गाउँ मा पसेर पश्चिम ओरीपुरवा गाउँ मा पसेर आली आली मै जिगीरिया गाउँ मा सुर्जे भुजवा को घर पसल नजिक दखिन तिर बाट प्रवेश गर्दथ्यों।वास्तव मा ६/७/८ वर्ष का बच्चा हरुलाई घास उजाड मा हिड्न दिने लायक को मेढ को बाटो राम्रो थिएन।सर्प र कीरा फतेंग्रा को बिगबिगी हुन्थ्यो भने हिलो, पानी घास फूस मेढ मा हिड्दा भगवान ले बचाए बच्ने नत्र ज्यान जोखिम मै हुन्थ्यो। वर्षा मा हिड्न एक त तेसै जोखिम थियो भने वोरी पुरवा गाउँ मा प्रवेश गर्दा आली को एका पट्टी सुँगुर का खोर र हिलो को खाल्टो र अर्को पट्टि भैसी बाधनेहिलो का खाल्टाहरु , भैसी ज्यान हलाये या पुच्छर चलाई दिए समस्या।यस्तै वर्षा मा एक दिन हामी आली मा निस्कन नसकेर भैसीवालाकसैको घर को आँगनबाट निक्लियों । एक जना मान्छे खुब रिसायो।


४ बजे फर्कने बेला मा कता बाट जाने भन्ने समस्या भयो र हामी डल्लापुर को उत्तर को जबदा बाट हिड्यो तर तेहाँ त तलाउ रहेछ अनि कता कता आली आली हुँदै भचना ( गणेशपुर को अहिलेकोत्रिलोकी चोक ) मा पुग्यो।भचना हाल को पुलिश चौकी देखि रसीद अहमद को घर सम्म पानी भरिए को खाल्टो र खाली जग्गा मा खर घास झाडी थियो। येन तेन हामी छेउ छेउ निस्कन लाग्दा राधेश्वरी खाल्टो मा परिन र डुब्न लागिन।दुइ चार मिनेट मा मर्थिन होला तर तेही झाडी मा तरकारी टिप्न लागेका डल्लापुर का लोनिया र क कसले हो पानी बाट निकाले हामी घर गयों।भोली पल्ट देखि जिगीरिया को स्कूलसकियो र डल्लापुर मा साहेबदीन को व्यास गद्दीर गोकुल महतौ को गोठ मा स्कूल चल्यो।नसिरुद्दीन शेखवर्षा महिना माएक्लै दुधा बाट आउन गाह्रो थियो ,समसाद खान लाई पनि एकलै डाल्लापुर या गणेशपुर पुग्ने अवस्था थिएन र आउन छोडे।
गणेशपुर गाउँ मा वनजांच बस्न लाई मेरो जग्गा मा किनारा मा काठ कोघर “काठमानडौ = काष्ठमण्डप”थियो। वनजांच ले बुवासँग साइडमा जग्गा मागेर भान्साघर बनायेथे। कोई स्थायी रहे बसेमा भात पाक्थ्यो अन्यथा खाली थियो । पछि यसै मा स्कूल चल्यो । ( २०२१ को नापी मा यो वन चौकी कायम भयो र वन चौकी हटे पछि २०४७ मा सबैको सरसल्लाह र राम दुलारे कुर्मी ले ५ कट्ठा जग्गा दान गरेर करीब साढे सात कट्ठा कोयो ठाउँ ले अर्को विद्यालय जन्मायो जो आज गणेश प्रा वि को नाम ले चले को छ)।


२०१७उद्घाटन पछि जिगीरिया मै स्कूल संचालन हुँदै गयो ।नानपारा का नाम याद भएन, मास्टर हिडे पछियो लेखक २०१८ साल जेष्ट मा गोंडा पढन पठाइयो र यो स्कूल छुट्यो। तेस पछि एसमा गणेशपुर का राम मूर्तिशर्मा ले पढाउनु भयो।शिक्षक संगकम्तीमा ८ पास को स्कूलकोसर्टिफिकेट हुनु पर्ने र नर्मल तालीम गर्नु पर्ने प्रावधान आए पछि शम्सेर बहादुर श्रीवास्तव शिक्षक हुनु भयो। वहाँ गाउँ पंचायत कोसचिवहुनु भए पछि अरु हरु आउंदै जानु भयो । यसरी जिगीरिया को स्कूल गणेशपुर,तीन वटै लालपुर, दूधा र डल्लापुर को लागी पनितेस बेला को बाटो घाटो ले गर्दा अनुकूल थिएन र गणेशपुर को हामी ६/७ जना र दूधा बाट १ जना,जिगीरिया बाट २ जना ( एक जना त केही दिन मात्र ) बाहेक यसका छिमेकीओरिपुर्वा, गोरखचौरा डल्लापुर बाट पढन जाने कोई थिएन। तेस बेला को वातावरण र बाटोघाटो नभएको आली मा हिड्नु पर्ने आदि असुविधाले गर्दा आफ्नो गाउँ देखि बाहिर पढन जाने स्थिति नै थिएन। ई गाउँ हरु मा तेस बेला हुने खाने हरु आज का भन्दा ज्यादा थिए। वहाँहरु गुलरिया का १५/२० रुपिया तलब पाउने कर्मचारी भन्दा निकै धनी थिए ।यदि ई सामर्थ्यवान ग्रामीण हरुमा शैक्षिक चेतना भै दिएको भए र वहाँ हरु का सन्तान ले पनि शिक्षा प्राप्त गरेका भए गणेशपुरडल्लापुर लालपुर, दूधा , गोर्खाचौरा जिगीरिया का सेख, अहिर, बाहुन, कुर्मी , पठान, चमार, खटिक, भुजवा, बानिया आदि राज्यको उच्च शिखर मापुगी सकेका हुन्थेर बर्दिया कै इतिहास ,अवस्था र यो स्कूल को दशाआज को भन्दा धेरै फरक हुने थियो।तरशिक्षा को उपयोगिता र महत्व पहिचान गर्न न सकेकोले सबै को अवस्था तल खस्केको छ । स्कूल को पनि।


जिगीरिया गाउँ, स्कूल को लागी उपयुक्त ठाउँ नभएको र तहाँ को समुदाय ले बालबच्चा नपढाउने हुनाले स्कूल सार्नु पर्यो भनेर शिक्षक श्रीनारायण ठाकुर ले लालपुर को बगिया मा स्कूल लगे र ने रा प्रा वि महम्मदपुर नाम को स्कूल ने. रा. प्रा. वि. लालपुर भयो। अहिले समाज मा राम्रो स्थान बनाउन सफल ब्यक्ति जिगीरिया का मंत्री भन्ने महम्मद कर खान र मजीबुल्ला खान को प्रारम्भिक शिक्षा यहीं भयो। केही वर्ष पछि अब्दुल्ला सेख को पाला मा श्रीनारायण ठाकुर र वहाँ का बीच झगडा नै भयो र वहाँ लेस्कूल को बाकस उठाई लहडु मा राखी स्कूल फेरी जिगीरिया पुर्याउनु भयो तर पछि २०३३ मा त्यहाँ बाट सारेर अहिले भएको ठाउँ गोरखचौरा जिगीरिया को मोडमा डल्लापुर का जोगी अहिरले दिएको ६ कट्ठा जग्गा र अलि कति बाटो को छेउ छाउ मिलाएर पक्की भवन बनाएर संचालन मा रहेको छ। र अब यसको परिवर्तित नाउँ गौरीशंकर माध्यमिक विद्यालय डल्लापुर रहेको छ।यस्तो पिछडियेको समाज मा पनि स्कूल जीवित छ, यो सौभाग्य को कुरा हो, तर नितान्त प्राचीन गाउँ बस्ती भएको ठाउँ मा जहाँ ठुल्ठूला जमीनदार थिए , थुप्रै जग्गा जफत र फालाफाल भयो, कसैको नाउँ रहने गरी धेरै क्षेत्रफल प्राप्त हुन् सक्थ्यो , राम्रो फिल्ड हुन् सक्थ्यो र आज को जस्तो खुम्चिएर रहनु पर्ने थिएन। सरकार ले उपेक्षा गर्दै आउनु र स्थानीय ले उदासीनता देखाउनु दुर्भाग्य हो।


वर्तमान अवस्था :-

हाल विद्यालय २०७८ देखि कक्षा १० सम्म संचालित भएको छ। यसमा कुल विद्यार्थी४४७, शिक्षक१३ जना छन् । वार्ड न ११ का वार्ड अध्यक्ष राम नारायण प्रसाद केशरी नै स्कूल संचालक समिति का अध्यक्ष पनि हुन्। विद्यालय को सेवाक्षेत्र मा ९९% भन्दा पनि बढीसमुदाय स्थानीय मधेशी हरुको छ , जसमा दलित, अल्पसंख्यक र नितान्त गरीब, अशिक्षित र विकास प्रति को कमजोर सोंच भएका व्यक्तिहरुको बाहुल्यता रहेकोछ एस कारण बाल बच्चा हरुप्रायः शिक्षा देखि बन्चित छन् र येन तेन स्कूल जानेहरुले छिटै स्कूल छोडछन् । विद्यालय का प्र. अ.ललित चन्द थारु र अध्यक्ष केशरी दुवै जना पढे लेखेका मेहनती युवाहरु को नेतृत्वमा अभिभावक हरुले विद्यालय र विद्यार्थी को उन्नति प्रगति को आशा राख्नु अस्वाभाविक होइन।
यो स्कूल नेपाल भारत सीमा देखि २ कि मी फरक मा छ।पारी लौकाही , खम्हरिया, जस्ता ठुलाठूला र छगडहवा बर्थनवा आदि गाउँहरु छन तर तेहाँ स्कूल नहुनाले नेपाल को भन्दा पनि पिछडियेको अवस्था छ ।तसर्थयो क्षेत्र नै लगभग अशिक्षित र परम्परागत सोंच को प्रतिनिधि रही आएको छ।


सुधार का बिन्दु हरु :-

(१) भारतीय बार्डर र गाउँ हरु संग जोडिएकोले तेता को प्रभाव एता पर्नु स्वाभाविक हो। तेता का कतिपयविद्यार्थीनेपाल मा पढन चाहे पनि सवारी साधन छैन।नेपाली विद्यार्थी लाई पनि सवारी सुविधा दिन सकियो भने गाउँ का विद्यार्थी को सुविधा र आकर्षण बढने देखिन्छ। एस कारण स्कूल लाई एउटा मिनी बस को आवश्यकता छ।


(२) यो पुरै क्षेत्र नेपाल या भारत गरीब बस्ती अशिक्षित समुदाय परम्परागत समाज छ। चेतना को स्तर नै धेरै तल छ,विकास को सोंच न्यून छ। ससाना केटा केटीकि त ससाना घरकाजमा हुन्छन कि त गाउँ मा तेत्तिकै खेली रहन्छन। विद्यालयका बालबालिका लाई दिउँसो खाजा खुवाउने सन्दर्भ का थुप्रै विकृतिहरु का बावजूद साना विद्यार्थी हरुलाईखाजा को प्रबन्ध भै राखेकोले राम्रो मान्न सकिन्छ ।


(३) योविद्यालय लाई कम्प्यूटर शिक्षा, र अटोमोबाइल रिपेयर (मैकेनिकल) शिक्षा संग जोडन सक्यो र नेपाल भारत बाट समेत विद्यार्थी आउन सकेमा यो क्षेत्र को विकास मा महत्वपूर्ण योगदान हुन सक्दछ।


( ४) जुन सुकै विद्यालय माशिक्षक र संचालक समिति लाई कम्यूटर को न्यूनतमप्रारम्भिकग्यान रनेपाली भाषा शुद्ध लेखन तालीम दिनु आजको आवश्यकता हो।यो कुरा एस विद्यालय का लागि पनि आवश्यक हुन सक्दछ।


(५ ) विद्यालयको नितान्त थोरै क्षेत्रफल र त्यो पनि विद्यालय को नाउँमा पास भै नसकेकोले सर्वप्रथम जग्गा धनी को नाम विद्यालयमा जोडेर भएपनि जग्गा पास गराउनु पर्ने रक्षेत्राविस्तार को लागिअझै पनिपछाडी को जग्गा धनी संग कुरा गरेरजग्गा मागेर या किनेर भए पनि लिन सकियो भने भविष्य को लागी राम्रो आशालिन सकिने ठाउँ छ । विकासका चार आवश्यक शर्त हुन्छन। १, लगन, २, इमानदारी , परिश्रम, र(४) धन। विद्यालय परिवार ले संकल्प का साथ अगाडी बढ्न सक्नु पर्दछ ।


(६)नेपाल का प्राइवेट र आवासीय स्कूल हरुमा यद्दपिबार्डर पारी का विद्यार्थी पढन आउँछन्, तर सरकारी विद्यालयमा गैरनागरिक का सन्तान पढन नपाउने नियम भएको र मधेशी समुदाय मा थुप्रै नेपाली नागरिकहरुले नागरिकताको प्रमाणपत्र प्राप्त गर्न नसके बाट तिनका सन्तान पनि शिक्षा देखि नै वन्चित भै रहेकाछन् यो क्षेत्र को यो पनि ठूलो समस्या हो र यो देश को लागी घातक नियम हो।

(लेखक पूर्व प्रशासनिक अधिकारी, प्राध्यापक र अधिवक्ता हुन् )